आँखा पाक्ने रोग फैलियो
Advertisement

मुगु, असार ५– जिल्ला सदरमुकाम गमगढीदेखि दुई दिन टाढा उत्तर पश्चिममा रहेको धैनकोट गाविसमा एक हप्तादेखि फैलिएको आँखा पाक्ने रोगबाट ३०० भन्दा बढी बालबालिका प्रभावित भएका छन् । सुरुमा आँखा चिलाउने, पिप आउने र आँखा सुनिने गरेको धैनकोट–५ का धर्मबहादुर मल्लले बताए । प्रभावित बालकबाट आफ्ना छोराछोरीलाई सर्छ भनेर अविभावकहरुले विद्यार्थीलाई विद्यालयमा नपठाउँदा गाविसमा रहेका प्राथमिक विद्यालयहरुमा एक हप्तायता राम्रोसँग पढाइ हुन नसकेको जगतमाला उच्चमाध्यमिक विद्यालय धैनकोटका प्रार्चाय एकराज शर्माले बताए।


गाविसमा इलाका स्वास्थ्यचौकी भए पनि वैशाखयता दरबन्दीमा रहेका चारजना कर्मचारी चौकीमा नआउँदा सर्वसाधारणले औषधोपचार पाउन सकेका छैनन् । कार्यालय खोल्ने र बन्द गर्ने काम गर्दै आएका कार्यालय सहायक अङ्गत मल्ल पनि चौकीमा आँखाको औषधि गर्न र औषधि माग्नेको भीड लाग्न थालेपछि आजभोलि चौकीमा आउन नै छोडेका छन् । # रासस




Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.