युवतीसँग होटलमा बसेको युवकको रहस्यमय मृत्यु
Advertisement

गौशाला, २३ जेठ । आफ्ना दुई केटी साथीसँग महोत्तरीको सदरमुकाम जलेश्वरको आरएस होटल एन्ड लाजमा बसेको एक युवकको आज बिहान रहस्यमय मृत्यु भएको छ ।


मृत्यु हुनेमा मोरङको दुलारी–६ का सञ्जीव क्षेत्री चौहान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
तीन दिनदेखि जलेश्वर नगरपालिका–५ स्थित उक्त होटलमा पोखराको मधेरी पाठक गाउँकी कल्पना तामाङ र सर्लाही जिल्ला धनकौल–९ की सुभद्रा सिंहसँग बस्दै आएका युवक क्षेत्रीको आज बिहान ४ बजे सो होटलमा रहस्यमय मृत्यु भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।
लजको कोठा नम्बर १०२ मा बसेका क्षेत्रीलाई आज बिहान ४ बजे श्वासप्रश्वासमा समस्या भएको र जीउ टर्रो पर्न थालेपछि उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको कल्पनाले बताएकी छिन् ।
यता युवक क्षेत्रीको मुख कुल्चिएको र रगत निस्केको खुट्टाको औंलाहरु र पैतालाबाट पनि रगत निस्केको तथा शरीर पहेलो परेको र पहिले नै मृत्यु भएको अवस्थामा अस्पतालमा ल्याइएको अस्पताल स्रोतले जनाएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान गर्न मृतकसँग आएको दुवै केटीलाई नियन्त्रणमा लिएको छ भने होटलमा पनि सिलबन्दी गरेको छ ।  source online khabar pati

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.