तपाई किन बुझ्नुहुन्न? हजारौ मधेशी युवाको चाहना ।
Advertisement

डा.सिके राउतलाई खुल्लापत्र…..
तपाई किन बुझ्नुहुन्न? हजारौ मधेशी युवाको चाहना ।


हामीलाई मधेशी हुनुमा धेरै गर्ब छ तर त्यो भन्दा पनि बढी नेपाली हुनुमा र हुनु पनि पर्यो । तर तपाई कहिले नेपाल आमालाई रण्डी भन्नु हुन्छ त कहिले पहाडी दिदि बहिनीहरुलाई आखिर किन त ?

के उनीहरु जस्ता हाम्रा दिदि बहिनी छैनन् त ? के पहाडीहरु संग लेख्ने र बोल्ने आँट छैन त ? पक्कै पनि छ तर तपाईको जस्तो संकीर्ण सोच छैन वहाहरु को ।

नेपालमा संघीयता जरुरी छ र हुनुपर्छ । देश बिकाश एबम सम्पुर्ण उत्पीडीतहरुको अधिकारको सुनिश्चितताको लागी संघीयता जरुरी छ । स्व। गजेन्द्र नारायण सिंहले सुरु गर्नु भएको संघीयताको मुद्धा आज देशको मुद्धा बनेको छ र हामी धेरै आगाडी पनि बढिसकेका छौ । तपाईको स्वतन्त्र मधेशको मागले गर्दा संघीयता लाई पनि धेरै असर परेको छ ।

मलाई एउटा कुरा जान्ने ईच्छा छ धेरै दिन देखी कि तपाई को हुनुहुन्छ रु तपाईको राजनीतीक ईतिहास के छ तरु तपाईको राजनीतीक अनुभव के छ त ?
मैले थाहा पाए अनुसार तपाई पि।एच।डी गर्नुभएको छ र बिदेशमा बैज्ञानिक हुनुहुन्थ्यो । हामीलाई तपाईको शैक्षिक बौद्धिकतामा पनि धेरै गर्ब लाग्छ कि हाम्रो मधेशमा यस्ता पनि बौद्धिकता भएका ब्यक्तिहरु छन भनेर तर घृणा छ तपाईको स्वतन्त्र मधेशको संकिर्ण सोचले गर्दा ।

अर्को कुरा के तपाईलाई कसैले अझक्कै हेर्दा मधेशी भन्न छन त  के तपाईको हुलिया छ त मधेशी जस्तोरु पक्कै भन्दैन किनकी तपाई मधेशी हुनु नै हुन्न । नामको पछाडी राउत जोडिएर मात्र मधेशी हुन्नरु हामी मधेशीको बेग्लै पहिचान छ तर त्यो पहिचान तपाईमा झल्कदैन ।

२र३ बर्ष पहिला बिदेशबाट आएर स्वतन्त्र मधेशको मागलाई आगाडी बढाएर नेपाल वा मधेशको राजनीतीक बृतमा आफुलाई चर्चित बनाउन सफल हुनुभयो र मधेशका कर्णाधारहरु ९मेडिकल, ईन्जिनियरिङ र राजनीती क्षेत्रमा रहेकालाई आफुतिर आकर्षित गर्नुभयो । आफु चाही नेता हुने बिशेष शक्तिको ईशारामा बिभिन्न राजनीतीक अराजक गतिबिधिहरु गर्न ती युवाहरुलाई प्रयोग गर्नाले के ती युवाहरुको भबिश्य उज्जवल छन त ?

अहिलेको अबस्थामा मधेश स्वतन्त्र भई नै हाल्यो भन्ने कहा पढछन त्यहाका बालबालिकाहरु, कहा उपचार हुन्छ हाम्रा मधेशी जनताहरुको, कुन सडक भएर हामी छिटो भन्दा गण्तब्यमा पुग्छौ ।

के छन त हामी संग राम्रा बिधालय, अस्पताल, सडक पक्कै छैन । के तपाईलाई मधेशको मसीहा बनाउन मात्रै स्वतन्त्र मधेश हुनुपर्यो ?
तपाई याद गर्नुस त कि जुन बेला तपाई स्वतन्त्र मधेशको कुरा गर्नु भो, जुन बेला तपाई जेलमा जानु भो, त्यो समयको जनसमर्थन र आजको मा कति फरक छ । आखिर किन घटयो तरु बिचार गर्नुुस् ।

के तपाई वा तपाईको परिवार एबम् स्वतन्त्र मधेश गठबन्धनका सदस्यहरु नेपाली नागरिकता त्याग्नु भएको छ वा जलाउनु भएको छ । यदि छैन भने जलाउने वा त्याग्ने हिम्मत छ त ?

स्वतन्त्र मधेशको कुरा गरेर नेपाली भनेर पहाडी समुदायलाई गाली गर्नु हुन्छ यसको असर के हुन्छ भन्ने थाहा छ तरु तपाईको यो संकीर्ण सोचले गर्दा काठमाँडौमा बसेर दैनिक जीबनजीबीका चलाई रहेका मधेशीहरु, बिभिन्न काँलेजमा पढिरहेका भाईबहिनीहरु के असर पर्छ भनेर सोच्नु भएको छ ?
डा.सिके राउत
हाम्रो तर्फबाट हजुरलाई बिनम्र अनुरोध छ कि यो स्वतन्त्र मधेशको आन्दोलनलाई रोकेर त्यस आन्दोलनमा भइरहेको खर्च मधेश बिकाशमा लगाउनुस । मधेशमा सडक, बिधालय, अस्पताल बनाउनुस तपाई आपरुपी मधेशको नेता बन्न सक्नु हुन्छ, मधेशको मसीहा बन्न सक्नु हुन्छ ।
काम गर्नुस, अराजकता न फैलाउनुस, बिकाशमा केन्द्रित हुनुुस् ।source tajakhabae

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.