के तपाईंको मुख गन्हाउने समस्या छ ? छ भने यसो गर्नोस्...
Advertisement

मुख गन्हाउने कारणहरु धेरै हुन सक्छ । धुम्रपान तथा सुर्ती सेवन गर्नेहरुको पनि मुख गन्हाउँछ । दाँत किराले खाएको छ भने पनि मुख गन्हाउँछ ।

मुखमा घाउ भएका ब्यक्तिको सास गन्हाउनु स्वभाविकै हो । मुखको घाउलाई बेवास्ता गर्नुहुँदैन । समयमै चिकित्सकको सल्लाह लिइएनभने भयानक रोग क्यान्सरै पनि हुनसक्छ। माथी उल्लेखित कारण वा अन्य केही कारणले मुख गन्हाउँछ भने तल उल्लेखित सुझावको पालना गर्नुहोस् ।

१. कागती मिलाएको पानीले कुल्ला गर्नाले मुखमा सुगन्ध फैसलन्छ ।

२. सुकुमेलयुक्त मनतातो पानीले कुल्ला गर्ने, सुकमेल मुखमा राखेर चुस्नाले मुखको नराम्रो गन्ध हट्दछ ।

३. एक कप पानीमा एकएक चम्चा सुप र अलैंची राखी उमाल्ने र पिउने गर्नाले वा अलैंची र सुपलाई मुखमा राखी चुसिरहनाले मुख गन्हाउाँदैन ।

४. पुदिनाको कमलो पात छायाँमा सुकाई पिँधेर बनाइएको पाउडरमा थोरै नुन मिलाएर दिनमा तीनचोटी कुल्ला गर्नाले मुख गन्हाउँदैन ।

५. एक चम्चा दाल चिनीलाई मसिनो टुक्रा पारि पानीमा भिजाएर उमाल्ने र उक्त पानीले बारम्बार कुल्ला गर्नुको साथै मुखमा दालचिनी र सुपलाई राखेर चुसिरहनाले मुखको दुगन्ध हट्दछ । source tajakhabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.