पछिल्लो समयमा स्मार्ट फोन चलाउनेहरुमाझ ह्वाट्सएप निक्कै लोकप्रिय बनिरहेको छ । तर प्रयोगकर्ताहरुलाई समेत ह्वाट्सएमा भएका खास फिचर जानकारी नहुन पनि सक्छ । यहाँ ह्वाट्सएप सम्बन्धि यस्ता जानकारी प्रस्तुत गरिएको छ जसले तपाँइको ह्वाट्सएप प्रयोगलाई प्रभावकारी बनाउँछ ।
whats app 1
१ WhatsApp Desktop
तपाइँलाई मोबाइलमा नभएर डेस्कटपमा ह्वाट्सएप चलाउन चाहनु हुन्छ भन् गुगलक्रोमको ब्राउजर https://web.whatsapp.com खोलनु पर्छ । यो खोलना साथ तपाइँको डेस्कटप स्क्रिनमा एक QR कोड देखिन्छ जुन तपाइँको मोबाइल स्क्यान गर्न काम लाग्छ । यस्तो गर्न ह्वाट्सएपको लेटेस्ट भर्सन चाहिन्छ । मोबाइलमा ह्वाट्सएपको मेनुमा गएर ह्वाट्सएप वेब अप्शनमा गएर कोड स्क्यान गर्नु पर्छ त्यसपछि डेस्कटपमा प्रयोग गर्न सकिन्छ ।
२ WhatsApp Mute
WhatsApp मा Mute गरेर ग्रुप म्यासेज नआउने बनाउन पनि सकिन्छ । तपाइँलाई ग्रुप म्यासेज मन परिरहेको छैन भने सेटिङमा गएर ग्रुपलाई म्यूट गरिदिनुस् ।
३ Email your chats
तपाइँले आफूले गरेको च्याट इमेल गर्ने सुविधा पनि छ । यसो गर्नका लागि मेनुमा गएर MORE अप्सन क्लिक गर्नुस् र Email chat अप्सन क्लिक गर्नुस् ।

उनको मनले सोध्यो?
न म डाक्टर, न म हट्टाकट्टा लोग्ने मान्छे न मसँग पैसाको बिटो नै छ।
न म घाइतेको उपचार गर्न सक्छु। न म पुरिएको थुप्रोबाट लाश निकाल्न सक्छु। न अब राहत बाँडन गाँउ गाँउ चर्हान सक्छु।
त्यसमाथि ५ वर्षको छोरो छ नि! मनले फेरि जिस्क्यायो उनलाई।
एकछिन घोत्लिन् अनि गतिलो जवाफ भेटेपछि जवाफ दिइन्। ए मन, सबै भन्छन् मलाई मिठो चिया पकाउन आउँछ। के म त्यही गरौ त । वैशाख १२ गते उनको मनसँग कुरा गर्दागर्दै बित्यो।
भोलिपल्ट बिहान सबेरै उठिन्। एउटा ठूलो भाडामा चिया पकाइन्, फटाफट।
चार वटा थर्मसमा चिया बोकेर उनी जोरपाटीको मेडिकल कलेज हानिइन्। अस्पताल अस्तब्यस्त थियो। उपचार गर्दागर्दै बचाउन नसकेका लाशहरू आर्यघाट लगिँदै थिए। कसैका लोग्ने कसैका छोराछोरी परेका छन्। मान्छे घण्टौदेखि रोइरहेका छन्। डाक्टरहरू उपचारमा दौडादौड गर्दैछन्।
कहाँबाट शुरु गर्ने भेउ पाइनन्, अलमल्ल परिन्।
एक्कासी परबाट आवाज सुनिन्। मसिनो स्वरमा एक जना घाइते कसैलाई गुनासो सुनाउँदै थिए, ‘हाम्लाई दबाई खाने पानीसमेत ल्याइदिने मान्छे छैन हजुर।’
उनी हत्तपत्त घाइते छेउ पुगेर भनिन् दाई यो चियासँग औषधी खानुस्। अन्जान महिलाको बोलीले घाइतेको चोट लागेको अनुहारमा मुस्कान देखियो।
तातो चियाले उसको घाउँमा मलम लगायो। अनि रेबु गुरूङको मनमा सहयोग गर्ने आँट।
अलि पर एक लस्कार घाइते, आफन्तहरू अनि स्वास्थ्यकर्मीहरू उपचारमा ब्यस्त थिए। उनले सबैलाई चिया बाँडिन्। चिन्दै नचिनेको हातले बाँडेको चिया ५ मिनेटमा सकियो। सबैले उनलाई धन्यबाद दिए। उनी धन्यबादको खुसी बोकेर घर फर्किइन्।
तीन दिन लगातार त्यही प्रकिया दोहोरियो। उनको चिया अपर्याप्त थियो अस्पतालमा अहोरात्र खटिने डाक्टरदेखि बिरामीका लागि।
बैँकबाट ४० हजार झिकिन्।
उनले क्याटरिङबाट ३० लिटर चिया अट्ने ठूलो भाडा मगाइन्। ३० लिटर चिया पकाउन उनलाई ३ घण्टा लाग्थ्यो। त्यो काम सबेरै उठेर गर्नुपर्थ्यो। अनि चियाका बडा बडा थरमस बोकेर उनी एक्लै अस्पताल चहार्थिइन्। एक कप चियाबाट सुरू भएको उनको दैनिकी १५ सय नाघिसकेको थियो।
बिहान ७ बजे र साँझ ५ बजे अस्पतालका घाइतेहरु रेबु दिदीका चिया कुरेर बस्थे।
एक जना घाइतेका आफन्तले रेबुलाई भने, ‘दिदी भूईचाँलो पछि चिया होटल खोल्नुपर्छ। तपाईँले बनाको चिया साह्रै मिठो। होटल मज्जैले चल्छ।’ रेबु 'हुन्छ हुन्छ' भाई भनेर ठट्टा गर्थिन्।
रेबुले ९ दिनसम्म भुईचाँलो प्रभावितका लागि चिया ख्वाएर सहयोग गरिन। त्यसपछि बिस्तारै पसलहरू खोलिन थाले। रेबु अब भूकम्प प्रभावित विद्यार्थीहरूको लागि सहयोग गर्ने अभियानमा छिन्।
***
रेबु विदेशिएको लोग्नेको श्रीमती। ५ बर्षको सानो चकचके छोरो छ उनको। मनमा धेरै विचार आयो। म एउटी आमा। बच्चा हेर्नुपर्छ सहयोग गर्न कहाँ धाउन सक्छु र? रेबु मात्रै हैन हामी सबैको मनमा त्यही प्रश्न उठ्दो हो ।
म आफैं नेदरल्याण्डको तीन महिने बसाई सकेर वैशाख १३ गते नेपाल फर्किएकी हुँ। घर पुग्ने बित्तिकै ममीले हाँस्तै ‘वेलकुम टु होम’ भनेर मलाई बारिभित्रको त्रिपाल इसाराले देखाउनुभएको थियो।
म भारी लगेज बोक्दै ठूस्स परेर छिरेकी थिएँ। त्यो रात निद्रै परेन। बिबिसी, अलजजिरा अनलाइनमा देखाएका मान्छेका कथाहरुले मन भारी भएको थियो। भोलिपल्ट बिहान निस्किएँ। पशुपति आर्यघाटतिर।
त्यहाँ लाशको ओइरो थियो। नरूने कोही देखिनँ। रुदाँरुदाँ थाकेको एउटा कलिलो अनुहार देखेँ। उनको छेउ एक हुल चिम्सा आँखाहरु गुनगुन गर्दे थिए। तिनीहरू मलामी रहेछन् त्यो कलिलो अनुहारको रङ हराएको थियो। किनकि छेउको चितामा सुताइएको मान्छे उसको लोग्ने रहेछ।
पछि थाहा भयो उनी बालाजुकी १८ वर्षीया सरिता तामाङ रैछिन्। उनीहरू दुबै जना घरले पुरिएका थिए। आठ घण्टापछि उनलाई आर्मीले निकाले तर उनकै उमेरको लोग्नलाई भूईचाँलोले लगेछ।
लोग्नेको लाशमा आगो हाल्दा उनी चिच्याएर रोइन। छातिको देब्रे पाटोमा मुड्कीले हान्दै मेरो मुटु दुख्यो मेरो मुटु दुख्यो भनेर भक्कानिइन्। मैले उसलाई च्याप्प अँगालो हालेर भने, ‘दिदी नरूनु न म छु नि तपाईसँग।’ त्यहाँ भएका हामी सबै रोयौ।
नचिनेका धेरै अनुहारले सरितालाई अँगालो हाले। सरितालाई राहतको खाँचो थिएन। उसको दुःख सुन्ने साथको खाँचो थियो। हामीले सबैले यति सहयोग त गर्न सकिहाल्छौं नि।
***
अहिले मिडियामा खाली राहतका कुरा सुन्छु। फलानोले यति राहत दिए फलानोले राहत दिएनन्। सोसियल मिडिया फेसबुक र ट्विटरमा एउटा बहस छ। नालायक सरकार, फलानोको भष्ट्राचार अनि विदेशीले गरेको सहयोगको वाह वाही!
हामी दिनभर फेसबुकमा अरूलाई गाली गरेर स्टाटस अपडेट गर्छौं। तर, आफूले चैं के गरे भनेर आफैंलाई सोध्न बिर्सन्छौं। मैले फेसबुकमै पढेको थिएँ। कसैले लेखेको थियो काठमाडौमा यत्रो बिपत्ति हुदाँ तिमीहरु भाग्यौ होइन? मतलबीहरू। एकजना काठमाडौंबासीको हुँडार थियो त्यो स्टाटस।
हामी सोसियल मिडियाका विद्धानहरू अरूलाई गाली गर्न कहाँ छोड्छौं र!
साँच्चिकै एउटा कुरा सोध्नै मन लाग्यो? ‘काठमाडौं कसैको पेवा हो कि अधिकार हो? काठमाडौं त हामी सबै नेपालीको राजधानी हो क्यारे। घरबास भत्किएपछि उनीहरु गाउँमा आफ्ना दुःख साट्न हिँडेका थिए। त्यसरी बाहिरिएकाले ठूलो गुन लगाए। एक काठमाडौंमा पानीको हाहाकार हुन पाएन। राहत वितरणमा राजधानीको बाटो खुला भए। फोहरले महामारी फैलिन पाएन। त्यसैले धन्यबाद जो गाँउ फर्के अनि काठमाडौंलाई अर्को बिपत ल्याउनबाट सहयोग गरे।
***
केही दिन अघि म नुवाकोटका केही गाविसहरू पुगेँ। नुवाकोटको नौतले दरबार नजिकैको ५६ वर्षीय भैरव परियारलाई भेटेँ। २०५६ सालमा बनाएको उनको घर ढलेछ। गाँउका जान्ने सुन्नेहरुले घर चर्किएकाहरुलाई त्रिपाल, ब्ल्याङ्केट र चामलका बोरा बाँडे। हामिलाई पानी छेक्ने प्लास्टिक पनि दिएनन् भनेर गुनासो पोख्दै थिए। मैले उनलाई जसले त्यस्तो अन्याय गर्छन् चुप लागेर नबस्नुस् कराउनुस् भनेँ।
भैरवले खेतमा खाजा पकाउन आगो फुक्दै गरेकी बुहारीलाई डाँके। बुहारी हतारहतार अनुहारभरिका पसिना पुछ्दै आइपुगिन्। भैरवले भने, ‘देवकी अब बाँस खोज्न हिडेस् मसँग।’
बुहारीले ‘बाँस, किन र बुवा’ भनिन्। भैरबले कस्सिएर भने, ‘हाम्रो घर भत्कियो। हाम्रो घर हाम्लेनै बनाउनपर्छ।’
भैरव आफनो परिवारका लागि सानो टहरा बनाउन हौसिए। सरकारको मुख नताकी उनले आफ्नै परिवारको लागि गरेको सहयोग थियो। सायद राहत यही हो। सबैजना सबैका लागि राहत बन्न सक्ने गतिलो उदाहरण पनि।
***
मेरो एकजना डेनिस साथी छ। ऊ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्छ। नेपाल आउनुअघि उसले आफ्नो देशमा इन्जिनियरिङको काम गरेको लामो अनुभव भोगेको छ। अब ऊ केही महिना बेतलबी बिदा बसेर नेपालका गाँउ गाँउ डुलेर स्थानीयलाई घर बनाउने सोंचमा छ। एउटा विदेशी आफूले जानेको सहयोग गर्न तत्पर छ। हामी चैँ किन विद्धता हाँक्न र विश्लेषण गर्न मात्रै जान्दछौ। यो प्रश्न पनि सोधौं न है एकचोटी आफ्नै मनलाई। हो सरकारले भनेजत्तिको काम गर्न सकेन। तर, हामीले चैं के गर्यौं? झुट बोले पाप लाग्ला है। सोचम् त।
कसैले सोच्दै नसोचेको भूकम्पले हाम्रै घरगाउँ, मन्दिर, शहर गर्ल्यामगुर्लुम लड्यो। हामी सप्पैका हजारौं सपनाहरु लडे। धेरै मान्छे भूकम्पको कम्पन सहन नसकेर थाकेका छन्। अब पनि त्यसले यो गरेन त्यो गरेन हैन मेले चाँहि के गर्ने भनेर सोचम न है।
नत्र हामी जतिका तन्नेरीले फेसबुक र ट्विटरमा विचार मात्रै लेख्दा कुरी कुरी भन्छन् है सबैले।source setopati.com/

१ अर्ब ३० करोड प्रयोगकर्ता रहेको सामाजिक संजाल फेसबुकमा दिनहुँ करोडौँ प्रयोगकर्ताले आफ्नो स्टाटस अपडेट गरिरहेका हुन्छन् । मानिसले फेसबुकमा पोष्ट गर्ने स्टाटस केवल उसको नयाँ हालचाल तथा भावनाका विषयमा अरुलाई जानकारी दिने माध्यम होला भन्ने हामीले ठान्दछौँ । तर एक नयाँ अध्ययनले फेसबुक स्टाटसको गहिरो अर्थ रहेको देखाएको छ । अध्ययन अनुसार फेसबुक स्टाटसबाट मानिसको व्यक्तित्वको पहिचान गर्न सकिन्छ ।
बेलायतको ब्रनेल विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार फेसबुकका स्टाटसको माध्यमबाट कुनैपनि व्यक्ति अहंकारी छ की, विक्षुब्ध वा आकुल व्याकुल छ, ? तथा व्यक्तिमा आत्मगौरव कत्तिको छ ? भन्ने कुरा थाहा पाउन सकिन्छ ।
शोधकर्ताहरुले फेसबुक प्रयोगकर्ताद्वारा गरिएको ५ सय ५५ वटा अनलाइन सर्भेका नतिजा विश्लेषण गरेका हुन् ।
उक्त सर्भे मानिसका मुख्य ५ वटा व्यक्तित्वजन्य स्वभावहरुमा केन्दि्रत थियो । जसमा बहिर्मुखी प्रवृत्ति, खुलापन, सहमतिजन्यता, अहंकार, इमानदारीका साथै आत्मगौरव र विक्षुब्धता अर्थात् आकुलता लाई मध्यनजर गरिएको थियो ।
शोधकर्ताहरुका अनुसार मानिसको वैयक्तिक स्वभाव जस्तो छ उस्तै स्टाटस फेसबुकमा पोष्ट गर्दछ ।
शोधकर्ताहरुका अनुसार मनोविक्षुब्धता अर्थात् आकुलताजन्य मनोवृत्ति भएकेा मानिस फेसबुकमा अन्यबाट समर्थन तथा स्विकारोक्ति बटुल्न चाहन्छ । आफ्ना स्टाटस तथा पोष्टहरुमा बढि लाइक प्राप्त भएमा सामाजिक रुपमा समावेशीकृति भएको अनुभुति गर्दछ र लाइक प्राप्त हुन नसकेमा आफुलाई बहिस्कृत ठान्दछ ।
बहिमूर्खी मान्छेहरुले फेसबुकलाई आफ्नो सामाजिक आबद्धताको माध्यमको रुपमा सदुपयोग गर्दछन् र आफ्नो सामाजिक कार्यकै विषयमा फेसबुकमा स्टाटस लेखिरहन्छन् । उनीहरु लाइकबाट खासै प्रभाव हुँदैनन् तर फेसबुकमा च्याट तथा सम्वादबाट बढि उत्साहि बन्दछन् ।
अहंकारी मनोवृत्ति भएको मानिसले फेसबुकमा आफ्ना उपलब्धी, खानपान तथा व्यायामको विषयमा बढि स्टाटस लेख्ने गर्दछ । उनीहरु पनि आफ्ना फेसबुके साथीहरुबाट आफ्ना स्टाटसमा बढि लाइक तथा सकारात्मक टिप्पणीको औधि अपेक्षा गर्दछन्।
खुल्लापन, उत्साही तथा सिर्जनात्मकता भएका मानिसहरुले फेसबुकमा खासगरी बौद्धिक विषय तथा राजनीतिक दर्शनका विषयमा स्टाटस लेख्दछन् । उनीहरुले फेसबुकमा अन्तरक्रिया भन्दा पनि पछिल्ला गतिविधि तथा अनुसन्धानका विषयमा जानकारी शेयर होस् भन्ने अपेक्षा राख्दछन् र लाइकका भोका हुँदैनन् ।
इमान्दार मानिसहरुले फेसबुकमा आफ्नो पार्टनरका विषयमा बढि स्टाटस लेख्ने गर्छन् । त्यसका साथै बालबच्चा तथा परिवारजनका उपलब्धी तथा सफलताका विषयमा पनि फेसबुक मार्फत बखान गर्ने गर्दछन् ।
आत्मगौरव कम भएको मानिसहरु पनि आफ्नो यौन पार्टनरका विषयमा फेसबुकमा धेरै पोष्ट गर्ने गर्दछन् । असुरक्षाको भाव हटाउन तथा अरुलाई आफ्नो सम्बन्ध राम्रोसँग चलिरहेको छ भन्ने पार्नका लागि उनीहरुले पार्टनरका विषयमा फेसबुकमा बखान गर्ने गरेको अध्ययनले देखाएको छ । यस्ता व्यक्तिका फेसबुक स्टाटसले कम लाइक पाउने गरेको पनि देखिएको छ ।source onlinekhabar

भूकम्पका कारण ठूला-ठूला घर भत्केपछि सरकारले तत्कालका लागि २ तलाभन्दा माथि घर बनाउन रोक लगाएको छ। स्थानीय विकास मन्त्रालयले सोमबार सबै नगरपालिका र जिल्ला विकास समितिलाई परिपत्र जारी गर्दै २ तलाभन्दा माथि घर बनाउन रोक लगाएको हो।
असार मसान्तसम्मका लागि रोक लगाइएको र त्यसबेलासम्म भवन निमार्णको स्वीकृति पनि नदिइने मन्त्रालयले जनाएको छ। भूकम्पअघि निवेदन दिएर नक्सा पास भइसकेकालाई पनि काममा रोक्न उसले परिपत्र गरेको हो। भूकम्प प्रतिरोधात्मक र वातावरणमैत्री घर बनाउन भने २ तलासम्मको अनुमति दिइने मन्त्रालयले जनाएको छ। साथै मन्त्रालयले मापदण्ड मिचेर बनाइएका र जोखिम युक्त पर्खाल यथासक्य चाडो भत्काउन पनि मातहतका निकायलाई निर्दैशन दिएको छ। आगामी वर्षदेखि जग्गा प्लटिङ गर्दा ओपेन स्पेस राख्नुपर्ने प्रावधान पनि मन्त्रालयले अघि सारेको छ। मापदण्ड विपरित नक्सापास गर्ने कर्मचारीलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ। भत्केका र असुरक्षित घर साउनपछि भत्काउने र माटो परीक्षणपछि कत्ति तलाको घर बनाउन दिने भन्ने विषयमा अनुमति त्यत्ति बेला नै दिइने मन्त्रालयले जनाएको छ।
काठमाडौं, असार ६ – टेलिभिजन निर्माता कम्पनी टिसिएलको ६५ इन्चको अल्ट्रा हाई डेफिनेशन ‘यूएचडी थ्रिडी स्मार्ट टेलिभिजन नेपाली बजारमा भित्रिएको छ । सिजी इलेक्ट्रोनिक्सको सिष्टर कम्पनी इओएल प्रालिले उक्त टेलिभिजन नेपाल भित्र्याएको हो । कम्पनीले बुधबार राजधानीको लाजिम्पाटस्थित शोरुममा पत्रकार सम्मेलन गरि टेलिभिजन सार्वजनिक गरेको छ ।
नेपालमा यसको मूल्य ३ लाख ५० हजार रुपैंयाँ पर्ने बताइएको छ । नेपाली टेलिभिजन बजारमा ६५ इन्च क्याटगरिमा यो पहिलो यूएचडी थ्रिडी टेलिभिजन भएको कम्पनीका सेल्स एक्नेक्युटिभ चन्दन कुमार बगरियाले बताए । आकर्षक फिचरहरु रहेको यस टेलिभिजनमा अल्ट्रा हाई डेफिनेशन फोर (के) टेक्नोलोजी प्रयोग गरिएको हुँदा फुल हाई डेफिनेशन टेलिभिजनको तुलनामा यस टेलिभिजनको रेजुलेशन ४ गुना उच्चस्तरको रहेको छ ।
जसले गर्दा उच्च गुणस्तरको दृश्य हेर्न पाइन्छ । यो सेन्सरबाट चल्ने टिभी हो । मानिसको अनुहार र हातको इसाराले यसलाई सजिलै चलाउन सकिने कम्पनीले जनाएको छ । यसका लागि टेलिभिजनको होम पेजमा रहेको सेटिङ एप्समा गएर आफ्नो अनुहार वा हातलाई स्क्यान गरि सेटिङ गर्नुपर्ने हुन्छ । ‘यसमा रहेको सेन्सरले अनुहार वा हातलाई स्क्यान गरेर टेलिभिजनमा रहेको कम्प्यूटर सिष्टममा पठाइदिन्छ’ बगरियाले भने ‘पहिला सेटिङ गरेको अनुहार वा हातसँग मेल खाएमा टिभी सेन्सरबाट चल्न थाल्छ ।’
‘अगाडी बस्दा टिभी चल्छ भने कुनै कारणले निस्कँदा आफै बन्द हुन्छ, फेरी टिभी अगाडी आउँदा पुनः खुल्छ’ बगरियाले भने । सेन्सरका कारण हातले यस टिभीका अधिकांश फिचरहरु चलाउन सकिने पनि कम्पनीले जानकारी दिएको छ । सेन्सरलाई अफ र अन दुबै मोडमा राख्न सकिन्छ । टिभीमा कम्प्यूटरमा जस्तै इन्टरनेट चलाउन सकिन्छ । यसैबाट भाइबर कल गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै, ट्वीटर, फेसबुक, युट्यूव लगायतका एप्सहरु पनि सहज रुप्मा चलाउन सकिन्छ । अन्य एप्सहरु पनि एप्स स्टोरबाट डाउनलोड गरेर चलाउन सकिने छ । एन्ड्रोइड मोबाइल र ल्यापटपलाई टिभीमा कनेक्ट गरेर त्यसमा रहेका भिडियो, गितहरु, फोटोहरु हेर्न र सुन्न सकिन्छ । एन्ड्रोइड मोबाइलमा रहेको भ्वाइस कन्ट्रोलबाट पनि यो टिभीमा रहेका फिचरहरु चलाउन सकिने बताइएको छ । यसमा रहेको होम क्लाउड मेमोरीबाट अफुले सेभ गरेर राखेका फाइलहरु समेत हेर्न सकिने छ । यसमा सेन्सर टच रिमोट समेत रहेको छ । टिभीमै थ्रिडी गेमहरु रहेका छन् ।
आवश्यकताअनुसार यस टेलिभिजनमा फोर(के) रेजुलेशनलाई टु(के)मा बदल्न पनि सकिन्छ । यस टिभीमा एन्ड्रोइड ४।२ जेलीबिन अपरेटिङ सिष्टम रहेको छ भने क्वार्ड कोर प्रोसेसर रहेको छ । जसले गर्दा टिभी छिटो चल्छ । यस टिभीमा २ वटा एचडीएमएल पोर्ट, २ वटा यूएसबी २।० पोर्टस्, यूएसबी ३।० पोर्टस्, एडी कार्ड स्लट, एभी पोर्ट, भिजिए पोर्ट, आरएफ, एसपीडीआईएफ र एलएएन पोर्ट रहेको कम्पनीले जानकारी दिएको छ । # रातो पाटी
त्रिशूली नदी किनारामा घाम बढी लाग्ने र अरू जग्गा खोज्नु नपर्ने भएकाले उक्त ठाउँ रोजिएको हो । सोलार प्लान्ट बनाउन प्रतिमेगावाट २० करोड रुपैयाँ खर्च हुने अनुमान प्राधिकरणको छ । प्राधिकरणले सोलार प्लान्ट एक वर्षभित्रै बनाइसक्ने योजना बनाएको छ । राष्ट्रिय प्रसारण लाइनमा जोड्न सबस्टेसन बनाउनु नपर्ने भएकाले सोलार प्लान्ट एक वर्षभित्रै बनेर विद्युत् उत्पादन हुन थाल्नेछ । सोलार प्लान्टबाट निस्कने बिजुली चालू त्रिशूली जलविद्युत् आयोजनाको सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारणको ग्रिडमा जोडिनेछ । विश्व बैंकले सोलार प्लान्ट निर्माणका लागि टेन्डर डकुमेन्ट तयार गरिरहेको छ । टेन्डर डकुमेन्ट तयार हुनासाथ सोलार प्लान्ट निर्माणका लागि ठेक्का आह्वान हुने र आगामी आर्थिक वर्षभित्र पूरा गरिने जानकारी प्राधिकरणका अधिकारीले दिए ।
सोलारबाट विद्युत् उत्पादन गर्दा प्रतियुनिट लागत १५/१६ रुपैयाँ लागत पर्ने अनुमान प्राधिकरणको छ । यो सालार प्लान्ट राष्ट्रिय प्रसारण लाइनमा जोडिने दोस्रो आयोजना हुनेछ । यसअघि काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डद्वारा राजधानीको सुन्दरीघाटमा निर्मित सौर्य प्लान्टबाट उत्पादित ऊर्जालाई प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ । ६८० दशमलव ४० किलोवाट क्षमताको सुन्दरीघाटको प्लान्टबाट बर्सेनि उत्पादन हुने ८ लाख ३० हजार युनिट बिजुलीमध्ये ६ लाख युनिट किन्दै आएको छ । त्रिशूलीमा बन्ने सोलारबाट घाम लागेको दिनमा बिहान ९/१० बजेदेखि बेलुका ४ देखि ५ बजेसम्म मात्र २० मेगावाट बिजुली उत्पादन हुनेछ । नेपालमा सालाखाला ९ महिना मात्र घाम लाग्ने गर्छ ।
अफ पिक आवर (विद्युत्को माग कम हुने समय) मा उक्त सोलारबाट निस्कने बिजुलीले दिउँसोको मात्र लोडसेडिङ घटाउन मद्दत पुर्याउनेछ । तर बढी विद्युत् खपत हुने साँझको समयमा सोलारबाट विद्युत् उत्पादन नहुने भएकाले यो आयोजनाले मुलुकको लोडसेडिङ घटाउन खासै भूमिका निर्वाह गर्ने छैन । प्राधिकरणले विश्व बैंकबाट अनुदान र सहुलियतपूर्ण ऋण प्राप्त भएकाले मात्र सोलार प्लान्ट जडान गर्न लागिएको हो । प्राधिकरण आफैं लगानी गर्न या निजी क्षेत्रबाट बन्ने सोलार प्लान्टबाट उत्पादित बिजुली महँगो हुने भएकाले किन्ने पक्षमा छैन । स्रोत # ई-कान्तिपुर
पछिल्लो अनुसन्धानले विश्वमा साइबर आक्रमणको दर चुलिँदै गएको र यसले विश्वको अर्थतन्त्रलाई नै ठूलो नोक्सान पूराएको तथ्य सार्वजनिक गरेको छ । अमेरिकाको क्यालिफोर्नियामा रहेको म्याक पि|m ले गरेको अनुसन्धान अनुसार साइबर आक्रमणका कारण विश्व अर्थतन्त्रमा वर्षेनी ४ अर्ब डलर नोक्सान पुग्ने गरेको छ । रिपोर्ट अनुसार साइबर अपराध अहिले यस्तो ठूलो व्यवसाय बनेको छ की यसबाट आर्जन हुने धन विश्वका धेरै देशको कुल सम्पत्ति भन्दा पनि धेरै छ । आम्दानी हुने व्यवसायमा यदि गणना गर्ने हो भने साइबर अपराध बढि राजश्व आम्दानी गर्नेमा २७ औँ स्थानमा पर्छ ।
साइबर अपराधबाट हुने क्षति विश्वको कुल गाहर््रस्थ उत्पादनको ०.५ प्रतिशत छ । साइबर अपराधले विश्वको अर्थतन्त्रमा पूराएको क्षति अवैध लागु औषध, पाइरेसी जस्ता अवैध धन्दाले पूराएको क्षति सरह भएको ग्लोबल कष्ट अफ साइबर क्राइम नामको उक्त अनुसन्धान रिपोर्टमा उल्लेख छ । म्याक प|mीको यो रिपोर्टको अहिले विश्वव्यापी विश्लेषण भैरहेको छ । साइबर सुरक्षा विज्ञहरु, तथा युरोपेली युनियन सम्बद्ध एजेन्सीका साथै नेटोले पनि यस विषयमा गहन अध्ययन थालेको र साइबर हमला रोक्नका लागि चाल्नुपर्ने कदमका विषयमा विचार विमर्श गहन रुपमा सुरु गरेको बताइएको छ । साइबर हमलाका विषयमा सर्वसाधारणमा चेतना तथा ज्ञानको कमी सबैभन्दा ठूलो चुनौति भएको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टमा साइबर अपराध उद्योगकै तहमा स्थापित भैसकेको र पेसेवर साइबर अपराधीहरुले विभिन्न संजाल मार्फत यसको धन्दा चलाइरहेको बताइएको छ । प्रतिवेदनका अनुसार साइबर अपराधकै कारण विश्वमा वर्षेनी २ लाख जनाले आफ्नो जागिर गुमाउनु परेको छ । साइबर अपराधीले प्रतिष्ठामा आँच पूराउने तथाआर्थिक क्षति जस्ता कारणले गर्दा मानिसहरुले जागिर गुमाउनु परिरहेको छ ।
आइपड तथा आइफोनपछि तहल्का मच्चाउने खालको नयाँ डिभाइस ल्याउन नसकेको एप्पलका लागि स्मार्टवाचको निर्माणले शेयर बजारमा समेत भारी वृद्धि हुने अपेक्षा गरिएको छ । एप्पलका प्रमुख कार्यकारी टिम कुकुले यसअघि यो वर्षभित्रमा नयाँ डिभाइस ल्याउने प्रतिबद्धता गरेका थिए । यद्यपि स्मार्टवाचको निर्माण गर्ने विषयमा एप्पलले आधिकारिक रुपमा भने कुनै प्रतिक्रिया जनाएको छैन
२४ जेठ, काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्जमा कारोबार रकम निकै बढेको छ । गत साताको तुलनामा यो साता नेप्सेमा एक अर्ब रुपैयाँ बढीको कारोबार भयो । साताभरमा एक सय ७२ कम्पनीका ५४ लाख ८६ हजार कित्ता सेयर दुई अर्ब ३० करोड रुपैयाँमा किनबेच भयो । गत साता एक सय ५८ कम्पनीका ३६ लाख कित्ता सेयर एक अर्ब ३० करोड रुपैयाँमा कारोबार भएको थियो । गत साताको तुलनामा यो साता कारोबार रकम ७६.७३ प्रतिशतले बढेको छ । कूल कारोबार मध्ये ‘क’ वर्गका कम्पनीहरुको मात्र एक अर्ब १४ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो कूल कारोबारका ४९.४५ प्रतिशत हो ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि ५ दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।
यो रोबोटको विक्रि अर्को वर्षदेखि सुरु हुने र यसको मूल्य १९ सय ३० डलर हुने बताइउको छ ।
‘संवेदनहीन मानिसप्रति टिप्पणी गर्दा कस्तो रोबोट जस्तो Û भन्ने चलन छ’ कम्पनीका मुख्य कार्यकारी मसायोशीले पत्रकार सम्मेलनमा भने ‘रोबोटमा मुटु र संवेदना नहुने भएकाले यस्तो भनिएको हो । तर हामीले पहिलोपटक मुटु र संवेदना भएको रोबोट बनाएका छौँ ।’ जापान विश्वको सबैभन्दा ठूलो रोबोट बजार हो । सन् २०१२ मा जापानमा झण्डै साढे ८ अर्ब डलर बराबरको रोबोट निर्माण गरिएको थियो ।
जापानमा जन्मदरमा भइरहेको गिरावट र बुढाबुढीको संख्यामा भएको वृद्धिले संवेदनायुक्त रोबोटको मागमा निकै वृद्धि हुने अपेक्षा गरिएको छ । खासगरी बुढापाकाको सेवा सुश्रुषामा यो रोबोटको प्रयोग हुने विश्वास गरिएको छ । स्मरण रहोस् जापानी कार निर्माता कम्पनी होण्डाले पनि एक घरायासी रोबोट निर्माण गरेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले हालैको जापान भ्रमणमा होण्डाको रोबोटसँग फुटबल खेलेको समाचारले निकै चर्चा पाएको थियो ।
काठमाडौं । हरेक चार/चार वर्षमा आयोजना हुने विश्वकप फुटवल प्रतियोगिता टेलिभिजन निर्माता कम्पनीहरुका लागि महान पर्व हुने गरेको छ । यस अवसरमा विश्वभर टेलिभिजनको खपत हृवात्तै बढ्ने गरेको पाइन्छ । फुटवलका पारखीहरुले विश्वकपको बेलामा महंगा/महंगा टेलिभिजन किन्ने गरेको व्यवसायीहरु बताउँछन् । यस पटक पनि ब्राजिलमा आयोजना हुन लागेको विश्वकप फुटवलले विश्वभरको टेलिभिजन बजार तताएको छ । नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन् । फुटवल पारखीको ठूलो जमात रहेको नेपालमा पनि टेलिभिजनको बिक्री हृवात्तै बढेको सोनीको कान्तीपथ शो-रुमका म्यानेजर रोमन अवालेले बताए ।
‘अन्य समयमा भन्दा अहिले सोनी टेलिभिजनको बिक्री तीन गुनाले बढेको छ’ अवालेले अनलाइनखबरसँग भने- ‘विश्वकप सुरु भएपछि यसमा थप ५० प्रतिशत बिक्री बढ्ने अनुमान गरेका छौं ।’ सामन्यतया दैनिक ३/४ वटा टेलिभिजन बिक्री हुने उक्त शो-रुमबाट अहिले दैनिक १२/१५ वटा टेलिभिजन बिक्री हुने गरेका छन् । दशैंमा नयाँ लुगा किनेर लगाएजस्तै वल्र्डकपको बेलामा नयाँ टिभी घरमा भित्राउने प्रचलन बढ्दै गएको अवालेले सुनाए । आफुलाई मन परेको टिभी किन्न वल्र्डकप बाहना बन्ने गरेको छ ।

वल्र्डकपको बेलामा कम्पनीहरुले पनि टेलिभिजनमा आकर्षक छुट तथा उपहारहरु प्रदान गर्ने गर्छन, त्यसैले पनि उपभोक्ताको आकर्षण बढेको हुन सक्छ । विश्कपको अफिसियल स्पोन्सर सोनीले पनि वल्र्डकपको अवसर पारेर २० देखि ३० प्रतिशतसम्म मूल्य घटाएको अवालले जानकारी दिए । यसको साथै सोनीले टेलिभिजन खरिदकर्तालाई विभिन्न आकर्षक उपहार समेत उपलब्ध गराएको छ ।
पुराना टेलिभिजनको तुलनामा नयाँ टेलिभिजनको पिक्चर क्वालिटी राम्रो हुनुका साथै विद्युत खपत समेत कम गर्ने हुँदा नयाँ टेलिभिजनमा उपभोक्ताको नजर जाने गरेको व्यवसायीहरु बताउँछन् । लोडसेडिङका बेलामा समेत नयाँ टेलिभिजन सानो ब्याटि्रबाट मज्जाले चल्ने हुँदा वल्र्डकप हेर्न पाइन्छ ।
यस्ता छन सोनी टेलिभिजन
सोनीले वल्र्डकपको लागि भनेर विभिन्न मोडलका टेलिभिजन बजारमा ल्याएको छ । अवालेका अनुसार अहिले नेपाली बजारमा सोनीको ३४ हजार २ सय पर्ने साधारण टेलिभिजनदेखि १० लाख २५ हजार रुपैयाँ पर्ने फोरके, थि्रडी स्मार्ट टेलिभिजन उपलब्ध रहेका छन् । पछिल्लो समय बजारमा भित्रिएको स्मार्ट टिभीमा ग्राहकहरुको आकर्षण बढ्दो छ । विभिन्न सुविधाहरु खोज्नेहरुले स्मार्ट टिभी रोज्ने गरेको अवाले बताउँछन् । स्मार्ट टिभीमा इन्टरनेट समेत चलाउन मिल्छ । अहिले बजारमा सोनीका ४ वटा बेसिक मोडल र ५ वटा स्मार्ट थ्रिडी मोडलका टेलिभिजन उपलब्ध रहेका छन् ।