भारतीय सेनाको एक लडाकु विमान इलाहाबादमा दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
सेनाको जगुआर ट्रेनर नामक लडाकु विमान बिहान इलाहाबाद देखि १३ किलो मिटर दक्षिणपूर्वी क्षेत्रमा दुर्घटनाग्रस्त भएको समाचारमा जनाइएको छ ।
विमानका चालकले भने आफ्नो ज्यान जोगाएको बताइएको छ । source nepaliheadlines.

नेपाली सेना र नेपाल प्रहरीका उच्च तहका प्रहरी अधिकारीहरुको मासिक तलव सुविधा कति होला ? नेपाल सरकारले उनीहरुको दर्जा अनुसार तलवसुविधा निर्धारण गरेको हुन्छ र अर्थ मन्त्रालयले त्यही अनुसार रकम निकाशा गरिदिन्छ ।
नेपाली सेनाका अधिकारीहरुको मासिक तलव
प्रधानसेनापति ३९हजार ७००
रथी ३८ हजार ५४०
उपरथी ३७ हजार ३९०
सहायक रथी ३३हजार २५९
महासेनानी ३१ हजार ०४०
प्रमुख सेनानी २८ हजार ८३५
नेपाल प्रहरीका अधिकारीको मासिक तलवसुविधा
प्रहरी महानिरिक्षक आइजीपी ३७हजार ३९०
प्रहरी अतिरिक्त महानिरिक्षक एआइजी ३७ हजार ३९०
डिआइजी ३२ हजार ३४०
एसएसपी ३०हजार ५८०
एसपी २८ हजार ५३५
प्रहरी जवान ११हजार ८००
मासिक तलवमा विभिन्न अन्य सेवा सुविधाहरु पनि जोडिएको हुन्छ । माथिल्लो दर्जाका अधिकारीहरुलाई गाडी, पेट्रोल, डिजेल र दर्जा हेरी सहयोगी पनि खटाइएको हुन्छ । source a2z khabar

अन्तराष्ट्रिय श्रमिक दिवस डिसेम्बर १८ को अवसर पारेर प्रवासी श्रमीकको पक्षमा आवाज उठाँउदै आएको संस्था विडब्लु आइले दैनिक नेपालमा दुईचार वटा लास भित्रिने गरेको बताउँदै यसवारेमा सरकार गम्भिर हुनुपर्नेमा जोड दिएको छ ।
बिहिबार पत्रकार सम्मेलन गर्दे अन्तराष्ट्रिय श्रमिकको हक हितका लागि काम गर्दे आएको संस्था विडब्लु आईका संयोजक जे.बी गुरूङले श्रमको सिलसिलामा विदेशिन बाध्य भएका नेपालीहरुको अवस्था अत्यन्त दयनीय भएकाले त्यसप्रति सरकार गम्भिर बन्नुपर्ने बताएका छन् ।
बेलायतबाट प्रकाशन हुने अन्तराष्ट्रिय पत्रिका द गार्जियनमा प्रकाशित पछिल्ला रिपोर्टअनुसार सन् २०२२ मा कतारमा हुने विश्वकप फुटवलको रंगशाला निर्माणमा २०१० देखि २०१३ सम्म ४०० नेपालीले समेत ज्यान गुमाएको उल्लेख गरे । उनले भने—‘यहि अनुपातमा मृत्युदर जाने हो भने निर्माण संकिदाँसम्म चार हजार श्रमिकले ज्यान गुमाउने प्रायः निश्चित छ ।’
पछिल्लो समयमा नेपाली महिलाहरू समेत विदेशीने दर अत्याधिक वृद्धि भैरहेको बताउँदै उनीहरु विदेशमा यौन हिंशा, दुव्र्यवहार र उत्पीडनमा परेकोले तत्कालिन सन्दर्भमा राज्यस्तरबाटै तत्काल ध्यान दिन आवश्यक रहेको गुरुङ्ले तर्क गरे ।
यस्तै उक्त अवशरमा विडब्लु आईले देशभरी श्रमिकको हक हितका लागि पूर्वअभिमूखिकरण, तालिम, र्याली लगायतका कार्यक्रम गर्दे आएको पनि उनले जानकारी दिए ।
नेपालमा पनि यसकोवारेमा जनचेतना फैलाउने अभिप्रायले आफूहरुले गत बैशाख १४ गते प्रवासी श्रमिकका हक अधिकारकालागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको समेत उनले बताए ।
समितिले आफूहरुले श्रमको सिलसिलामा खाँडी मुलुक विदेशिन बाध्य भएका सम्पूर्ण नेपाली श्रमिक युवाहरुको पक्षमा आवाज बुलन्द पार्न विभिन्न सरोकारवालाहरुसँग छलफल गर्ने, प्रचारात्मक सामाग्रीहरुको प्रकाशन गरी वितरण गर्ने लगायतका कार्यक्रमहरु अघि सारेको छ । source: nepaliheadlines

काठमाडौं, जेठ ३२ – हाल अमेरिकामा रहेकी नायिका रेखा थापाले सिरियामा बेचिएकी रेष्मी थापा मगरलाई तत्काल उद्धार गर्न अपिल गरेकी छन् । बुटवल शंकनगर–३ घर भएकी रेसमी थापा मगरले सामाजिक सञ्जालमार्फत ‘म बाँच्न चाहन्छु सरकार’ भन्दै थापा मगरको अपिल सामाजिक सञ्जालमा सेयर भएपछि अभिनेत्री थापाले उनको उद्धार गर्न अपिल गरेकी हुन् । अभिनेत्री थापाले आफ्नो फेसबुक पेजमार्फत लामो स्ट्टस लेख्दै बेचीएकी थापा मगरलाई बचाउन अपिल गरेकी हुन् ।
आफ्नो नागरिकलाई सरकारले संकटको समयमा पनि साथ दिन नसकेको भन्दै थापाले आक्रोश समेत पोखेकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘‘दोषी किटानी गरेर विदेशबाट सोसियल मिडियामार्फत ज्यान बचाउन आह्रवान गर्दा पनि , आफ्ना जनतालार्इ बिपत अनि आपतको समयमा अलि कति पनि भरोशा दिन नसक्ने सरकार किन चाहियो ? सरकार, जनताको लागि हो या जनता, सरकार को लागि नेपालमा बुझ्न सकिएन ।
अभिनेत्री थापाले चेलीबेटी बेचविखन विरुद्व अभियना चलाउने समेत फेसबुकमार्फत आह्वान गरेकी छन् । ‘हामीले धेरै सुन्यौं, चेलीबेटी बेचविखनका कुरा, अब यसको अन्त्यको लागि आउनुस् । आजैबाछ एक भएर सडकबाट हुन्छ कि कहाँबाछ हुँछ, राष्ट्रिय अभियान सुरु गरौं ।’ भन्दै फेसबुकमा लेखेकी छन् । source tajasamachar

काठमाडौं, जेठ ३२ । वैदेशिक रोजगार विभागले तयार पारेको एक तथ्यांकले दुई दशकमा सबैभन्दा बढी नेपाली मलेसिया पुगेको देखाएको छ ।
आइतबार घोराहीमा प्रस्तुत तथ्यांक अनुसार यो अवधिमा साढे आठ लाख नेपाली मलेसियमा पुगेका छन् । तथ्यांकअनुसार आर्थिक वर्ष २०५१–०५२ देखि गत चैतसम्म कानुनी प्रक्रिया पूरा गरी काम गर्न मलेसिया जानेको संख्या ८ लाख ५० हजार २ सय ६९ पुगेको छ । यसमा ८ लाख ३२ हजार ९ सय पुरुष रहेका छन् भने १७ हजार तीन सय २२ महिला छन् ।
बढी नेपाली जाने दोस्रो मुलुक कतार हो । कतारमा अहिलेसम्म ७ लाख १८ हजार २ सय ६९ जना पुगेका छन् । तेस्रो नम्बरको साउदी अरेबियामा ५ लाख २९ हजार २ सय ६४ नेपाली पुगेको तथ्यांक छ । दुई दशकको अवधिमा युएईमा ३ लाख ४७ हजार ७ सय ४८, कुवेतमा ९१ हजार ३ सय ४२, बहराइनमा ३५ हजार ८ सय ८ जना पुगेका छन् ।
ओमनमा २३ हजार ६ सय ८०, दक्षिण कोरिया २२ हजार २ सय ७२, लेबनान ११ हजार ८ सय ३०, जापान ८ हजार ७ सय २२ पुगेको सरकारी तथ्यांक छ ।
वैदेशिक रोजगारमा जाने दश जिल्लामा धनुषा, झापा, मोरङ, महोत्तरी,सिरहा, नवलपरासी, सप्तरी, सुनसरी, रुपन्देही र सर्लाही रहेका छन् । आजको नागरिक दैनिकमा खबर छ । source dainik online khabar

बलिउडकी सुन्दरी अभिनेत्री प्रती जिन्टामाथि मुद्धा परेको छ । प्रितीले दादागिरी गरेको भन्दै उनीमाथि मुद्धा परेको हो । प्रितीले देखाउने दादागिरीले दिक्क भएको भन्दै प्रतिविरुद्ध छिमेकीले मुद्धा हालेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
छिमेकीहरुले प्रितीका बाउन्सरहरुले आफूहरुलाई आजित पारेको भन्दै उजुरी हालेका हुन् ।
उनी घुम्न जाँदा देखि स्वीमिङ पुलमा जाँदा सम्म प्रितिका बाउन्सरले अरुलाई त्यहाँबाट हटाउने गरेको र आफूहरुलाई दादागिरी देखाइने गरेको छिमेकीको गुनासो छ । source rochak khabar

सबै ब्यक्तिमा फरक फरक गुण दोष हुन्छन् । गुणले मानिसलाई समृद्ध बनाउँछ भने दोषले मानिसलाई दुख र झन्झट दिन्छ । हिन्दु धर्मग्रन्थ श्रीरामचरित मानसमा तीन कामको उल्लेख गरिएको छ जुन गर्दा पुरुषको जीवन बरवाद हुन्छ ।
के हुन् पुरुषको जीवन बरवाद गर्ने ३ काम ?
तात तीनि अति प्रबल खल काम क्रोध अरु लोभ।
मुनि बिग्यान धाम मन करहिं निमिष महुँ छोभ।।
यो श्लोकमा भनिएको छ कि काम, क्रोध र लोभ- यी तीन कुरा कुनै पनि पुरुषका प्रमुख शत्रु हुन् । कुनै पनि पुरुष स्त्रीलाई देखेर मन चन्चल पार्न सक्छ किन भने कामदेवले यस्तो शक्ति महिलालाई दिएका छन् । काम बासनाले प्रसिद्ध र ठूला ठूला विद्वान समेत भ्रष्ट भएका छन् । स्त्रीको सुन्दरताकै कारण ठूला ठूला तपस्वीले समेत तपस्या छोडेका छन् । काम बासनामै नियन्त्रण गर्न नसक्दा धेरै मानिसले जीवनमा दुःख पाएका छन् ।
लोभ कें इच्छा दंभ बल काम कें केवल नारि।
क्रोध कें परुष बचन बल मुनिबर कहहिं बिचारि।।
अर्थात लोभ यानी लालच, इच्छा तथा घमण्डको कारण बन्न पुग्छ । हरेक पुरुषमा असिमित इच्छा हुन्छन् । मनमा यस्ता इच्छा हजारौं हुने हुँदा कहिले पनि सन्तुष्टी मिल्दैन । जव धन सम्पति जम्मा हुन्छ तव यसले मानिसलाई घमण्ड र अहंकार पनि दिन थाल्छ । अनि थप सम्पति जोड्ने लालसा बढ्न थाल्छ । लोभले कुनै पनि पुरुषलाई बरवाद पार्न सक्छ ।
क्रोध मनोज लोभ मद माया। छूटहिं सकल राम की दाया।।
सो नर इंद्रजाल नहिं भूला। जा पर होइ सो नट अनुकूला।।
अर्थात रिस वा क्रोध मानिसको जीवनमा सबै भन्दा ठूलो शत्रु हो । कुनै पनि मानिसले क्रोधमा नियन्त्रण गर्न नसक्दा अनेक समस्यामा पर्छन् । रिसाएको मानिसले अपशब्द प्रयोग गर्छ भने यस्ता अपशब्दले अरुको मन दुख्छ । source online khabar

३१ जेठ, काठमाडौं । ऋतु महासेठको हत्यामा संलग्न विमलेशप्रसाद यादवलाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।
आइतबार न्यायाधीश कुलप्रसाद शर्माको इजलासले ऋतुको हत्या महासेठको छुरा प्रहारबाटै भएको ठहर सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो ।
जनकपुरस्थित ऋतुकै घरमा ट्याक्टर ड्राइभरका रुपमा काम गर्ने यादवले गत मंसिरमा काठमाडौंको मैतिदेवीमा छुरा प्रहार गरी ऋतुको हत्या गरेका थिए ।
उनले ऋतुले आफूहरुबीचको प्रेम सम्बन्ध एकतर्फीरुपमा तोडेकाले हत्या गरेको बयान प्रहरीलाई दिएका छन् । source onlinekhabar
टोकियो । जापान पुगेकी एक महिला अब आफू बाँच्न नसक्ने भन्दै चक्कु लिएर वेपत्ता भएकी छन् ।
शनिबार बिहान करिब ७ बजेतिर सेन्दाई आवबाकुमा बस्ने रेवत राईकी श्रीमती देवमायाँ राई चक्कु लिएर बेपत्ता भएकी हुन् ।
उनको परिवारका सदस्यले अब आफू बाँच्न नसक्ने किसिमको चिठ्ठी लेखेर घरमा भएको चक्कुसमेत नभेटिएकोले आफूहरु चिन्तित भएको भन्दै खोजी कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।
परिवारका सदस्यले उनी हराएको थाहा पाउनेवित्तिकै देखि खोजी कार्य सुरु गरिएपनि अहिलेसम्म फेला पार्न नसकेको जनाउँदै खोजी कार्यमा सहयोग गर्न आग्रह गरेका हुन् ।
राईका बारेमा जानकारी भएमा उनका श्रीमान् रेवत राईको फोन नं.०९०९४२५२४६४ वा तेज अर्यालको ०८० ३५५७ ८२३३ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।
उनले लेखेको पत्रमा आफू जापानमा विगत महिनौदिनदेखि बेरोजगार रुपमा कोठामा बस्दा आफूलाई समस्या भएको उल्लेख गरेकी छन् । राईले आफूलाई नेपालमा रहेका घरपरिवारको धेरै याद आइरहेको भन्दै ऋण तिरेर नेपालमै घरपरिवारसँगै खुसीसाथ बस्ने इच्छा व्यक्त गरेकी छन् ।
वेपत्ता हुनुअघि उनले लेखेको चिठ्ठी यस्तो छ ।
आदरणीय दाजु तपाईलाई धेरै दुःख दिदैछु । अब म पनि काम गर्न थालेपछि तपाईलाई पनि सहज हुन्छ होला भन्ने आश लिएको छु । दाजु मेरो लागि सायद अब त ५–६ लाख जति चाँडै चुक्ता गर्नुपर्छ है ।
त्यसपछि हाम्रो प्यारो बाबा–आमा अनी नानाहरुलाई पनि कहिले कमाएर पठाउने अनि हाम्रो प्राणभन्दा प्यारो छोरीको लागि पढाइ खर्च कमाउनुपर्छ । त्यसपश्चात हामी घरमा नै सपरिवार बस्नुपर्छ ल ।
घरमा आमा बाबालाई पनि कति टेन्सन मात्र दिनु । त्यसमाथि हाम्रो मायाको चिनोलाई पनि आमाबाबाको साथ चाहिन्छ अनी माया चाहिन्छ ।
म अब जाने पनि नजाने पनि जस्तो पनि काम गर्छु, चाहे कराओस–कुटोस सब सहेर काम गर्छु । यसरी तपाईलाई रात दिन नभनी कमाएको खाँदै बसेको पनि अब त महिना दिन भयो ।
अरुको नजरमा पनि अब मलाई के नै भन्दैहोला जस्तो लाग्छ भन्छु । यसरी कोठामा बसेर म कहिले पनि हुँदैन एउटा अशक्त मान्छे त आफ्नो पेटेको लागि काम गरेर खान्छ ।
तर म तपाईको सहारामा आजसम्म बाँचिरहेको छु । हाम्रो रञ्जना भान्जी पनि अब त सायद हामीलाई के सोच्दैहोला । हाम्रो छोरीले एक छिन पनि टाढा जान दिँदैनरे । हामीले गर्दा उसको भविष्य पनि बिग्रिन सक्छ जस्तो लाग्छ के गर्नु ।
मैले सोचेको छु अब हाम्रो ऋणहरु चुक्ता भएपनि घर गएर हाम्रो आमा–बाबा, घरपरिवार सँग खुसी भएर बस्नुपर्छ ।
मलाई त घरपरिवारको याद मात्र आइरहन्छ ।
कहिले घर जाउँजस्तो हुन्छ के गर्ने ?
हुनत तपाईले यति धेरै माया गरेर मलाई यहाँसम्म पुर्याउनुभयो । मलाई खुसी लाग्छ । तपाई पढेकोले गर्दा जापान हेर्ने अवसर पाए । यो नै मेरा लागि खुसीको कुरा हो ।
तपाईलाई धेरै धेरै धन्यवाद हैत दादा हजुर ।
देवमाया राई
latter
letter 3
letter 1
letter 2
source nepalsandesh

भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा एउटा विभत्स घटना बाहिर आएको छ । बहराइच जिल्लाको मोतिपुर इलाकामा एक तान्त्रिकले प्रेतशक्ति प्राप्त गर्नका लागि आफ्नी भतिजीलार्इ बलि दिएका छन् ।
भतिजीलार्इ बलि दिएको प्रमाण भेटिएपछि ती तान्त्रिकलार्इ प्रहरीले पक्राउ गरी मुद्धा दर्ता गरेको छ ।
युपी प्रहरीका एसपी नेहा पाण्डेले शनिबार बताएअनुसार मोतिपुर प्रहरी चौकी क्षेत्रमा रहेको सर्रा मुन्दरी गाउँ निवासी तान्त्रिक राकेश कुमारले प्रेत शक्ति पाउनका लागि यस्तो विभत्स प्रयोग गरेका हुन् ।
शुक्रबार राति उनले आफ्नी आमासँगै रहेकी डेढ वर्षकी भतिजी नितुलार्इ चोरेर खेतमा लगेर बलि दिएको एसपी पाण्डेले बताए ।
एसपी पाण्डेका अनुसार बलि दिएपछि ती तान्त्रिकले भतिजीको पेटबाट कलेजो निकालेका थिए ।
बालिकाका पिता चन्द्रिका प्रसाद हराएकी छोरीका खोजी गर्दै जाँदा तान्त्रिकले बालिकाको शव र निकालिएका अंग अगाडि राखेर तन्त्र साधना गर्दै गरेको अवस्थामा भेट्टिएका थिए ।
पुलिसका अनुसार चन्द्रिकाको बयानका आधारमा राकेशले यो अपराध स्वीकारेका छन् । यो जघन्य अपराधमा उनलार्इ सघाउने तान्त्रिककी पत्नी फुलउलार्इ पनि पक्राउ गरी हिरासतमा राखिएको छ । source taja khabar

काठमाडौं : सरकारले विनाशकारी भूकम्प र निरन्तरको परकम्पबाट उच्च जोखिममा परेको काठमाडौं उपत्यकालाई संकटग्रस्त क्षेत्रको रुपमा घोषणा गरेको छ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले काठमाडौं, भक्तपुर तथा ललितपुरलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। भूकम्पबाट उच्च जोखिममा रहेका घर, भवन, सार्वजिनक संरचना तथा सांस्कृतिक सम्पदा तथा धरोहरलाई सुरक्षित रुपमा भत्काउन तथा दैवी प्रकोप व्यवस्थापनका लागि उच्च सतर्कतासहित कार्यविधि लागु गर्न गराउन लागि यस्तो व्यवस्था गरिएको सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले बताए।
राष्ट्रिय पुनर्निर्माण कोषमा सहायता जुटाउन एनआरएनका अध्यक्ष शेख घलेलाई विशेष दूतको रुपमा नियुक्त गरेको छ। source a2z khabar

हंसराज वाग्ले, अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ
काठमाडौं, ३१ जेठ । श्रम तथा रोजगार मन्त्रालयले लागू गर्ने भनिएको शून्य लागतको मेनपावर व्यवसायीहरूले विरोध गरेका छन् ।
मन्त्रालयले ६ वटा खाडीमुलुक र मलेसियामा लागू गर्ने भनिएको शून्य लागतले रोजगारीका लागि विदेश जाने कामदार व्यवसायीलाई असर पर्ने भएकाले त्यसको विरोध गरेको सौर्य दैनिकमा सोभित बस्नेत समाचार लेखेका छन् ।
मन्त्रालयले शून्य लागत लागू गर्दा सम्बन्धित देश र मेनपावर व्यवसायीहरूसँग छलफल नै नगरी लागू गरेका कारण यसको विरोध गरिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष तिलक रानाभाटले बताए ।
‘मन्त्रालयले लागू गर्नुअघि व्यवसायी र सम्बन्धित देशका अधिकारीसँग छलफल गर्नुपर्ने हो त्यो हुन सकेन’, रानाभाटले भने, ‘यो कानुन मात्र बन्ने हो भने, ठीकै छ । होइन भने यस विषयमा छलफल गर्नु पर्दथ्यो ।’ सरकारले नै कामदार पठाउँदा लगभग एक लाख रुपैयाँ लिने गरेको उनले बताए ।
यता नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंसराज वाग्लेले शून्य लागतले कामदार र व्यवसायी दुवैलाई फाइदा हुने बताए । शून्य लागतको माग व्यवसायीले ल्याउन सक्ने उनको भनाइ छ ।
मन्त्रालयले गरेको निर्णयमा व्यवसायीले कामदारसँग एक महिनाको सेवा शुल्क लिने वा १० हजार रुपैयाँ लिने भन्ने विषयमा स्पष्ट उल्लेख हुनुपर्ने वाग्लेले बताए ।
मन्त्रीले व्यवसायीसँग छलफल गर्नुपर्नेमा छलफल नगरेको प्रति वाग्लेले असन्तुष्टि जनाउँदै गरिब कामदार निःशुल्क जान पाउनु पर्ने संघको माग भएकाले तत्काल सम्बन्धित देशका प्रतिनिधि राखेर छलफल गर्न समेत आग्रह गरे ।
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष प्रज्ञान न्यौपानेले मन्त्रीको निर्णयप्रति फोरमले घोर भत्सना गर्ने बताए ।
‘शून्य लागत आफैँमा नराम्रो होइन तर यसका लागि सरकारले सम्बन्धित देशसँग श्रम सम्झौता र पूर्वाधार निर्माण गर्नुपर्ने हुन्छ’, न्यौपानेले भने, ‘आफ्नैं देशका नागरिकलाई पाँच हजारमा राहदानी बेच्ने देशले शून्य लागतमा अरूको देशमा कामदार पठाउँछु भन्न कत्तिको सुहाउँछ ?’ ‘सरकारको बायोमेस्ट्रिक लागू गर्न चाहेको हो । यदि, होइन भने राज्यमन्त्री टेकबहादुर गुरुङले किन आफैँले कामदार पठाउने देश पोर्चुगलमा शून्य लागत लगाउन सक्दैनन् ?’ उनले प्रश्न गरे ।
‘शून्य लागत आफैँमा नराम्रो होइन तर यसका लागि सरकारले सम्बन्धित देशसँग श्रम सम्झौता र पूर्वाधार निर्माण गर्नुपर्ने हुन्छ’, न्यौपानेले भने
नेपाली कामदार खाडीमुलुक, मलेसिया मात्र नजाने भएकाले पहिला दक्षिण कोरिया, पोर्चुगल, युरोपलगायतका देशबाट शून्य लागत लगाउनुपर्ने उनको भनाइ छ । मन्त्रालयका कर्मचारीको लहैलहैमा लागेर राज्यमन्त्रीले शून्य लागत लागू गरेको न्यौपानेको दाबी छ ।
‘सबै मेनपावर व्यवसायी इमानदार हुन्छन् भन्ने छैन । यसअघि व्यवसायीले मलेसिया जानेलाई अधिकतम ८० हजार, कतार २० हजार र अन्य खाडीमुलुक कतार, बहराइन, ओमान, युएई, कुवेत पठाउँदा ७० हजारको बिल भौचर दिने गरेका थिए । अब त्यो पनि नदिने भएपछि कामदार ठगिने क्रम बढछ ।’
उनले भने, ‘विभागका कर्मचारीले पीडितको मौखिक बयानका आधारमा मेनपावरलाई कारबाही गर्ने बहानामा आम्दानी गर्नेछन् ।’
कतारमा जाने अदक्ष कामदारबाहेक अन्य कामदार पठाउँदा शून्य लागत सम्भव नभएको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका वरिष्ठ उपाध्यक्ष हरि पाण्डे क्षत्रीको भनाइ छ ।
‘शून्य लागत लगाउने हो भने हामी यसको विरोध गर्छौं’, उनले भने, ‘यो निर्णयले अब पैसा हुनेले मात्र व्यवसाय गर्ने समय आयो । source online khabar

सामान्य विवादमा काठमाडौंमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार काठमाडौं मनमैजुमा श्रीमान श्रीमतीबीचको अविश्वासका कारण श्रीमानले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका हुन् ।
परपुरुषसँग हिँडेको भन्ने विषयमा श्रीमानसँग सामान्य विवाद हुँदा काठमाडौं मनमैजु डेरा गरी वस्ने धादिङ छत्रेदेउराली–६ की ३२ वर्षीया राधिका कार्कीको चक्कु प्रहारबाट मृत्यु भएको हो ।
उनकै श्रीमान ४२ वर्षीय हरिहर कार्कीले शुक्रबार तरकारी काट्ने चक्कु पेटमा प्रहार गर्दा गम्भीर घाइते भएकी राधिकाको शिक्षण अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो । हरिहरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।
प्रारम्भिक अनुसन्धानमा सामान्य विवादका कारण रिसलाई थाम्न नसकेर राधिकालाई चक्कु प्रहार गरेको हरिहरले बताएका छन् । घटनाको थप अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ ।
सोत - दैनिक नेपाल

काठमाडौं । गाउँ भन्ने वित्तिकै तपाई हाम्रो दिमागमा सानो बाटो अथवा टुटफुट भएको सडक, फुसले आएको घर, रोजीरोटीका लागि खेलमा बिहानदेखि बेलुकासम्म पसिना बगाउने किसानको चित्र झट्ट आउने गर्छ ।
गाउँमा बस्ने मानिसहरुका लागि आलीशान बंगला, महंगो कार, राम्रो शिक्षा र हरेक किसिमको सुविधा जो शहरमा बस्ने मानिसहरुले उपभोग गर्ने गर्छन्, यस्तो एक सपना नै हुनेगर्छ ।
तर चीनको हुआझी नामको गाउँमा बस्ने मानिसहरुका लागि यो सपना होइन । चीनको जियांगयिन शहरको नजिकै रहेको यो गाउँ सबैभन्दा धनी गाउँको रुपमा परिचित छ ।
यो गाउँमा बस्ने करिब २ हजार मानिसहरु छन् र उनीहरुले बर्षेनी १ लाख युरो अर्थात एक करोड भन्दा बढी रकम कमाउने गर्छन । त्यस गाउँमा बस्ने करोडपतिहरुको संख्या चीनका हरेक गाउँको तुलनामा सबैभन्दा बढी छन् ।
१९६१ अघि उक्त गाउँको अवस्था अत्यन्तै दयनीय थियो तर, गाउँको साम्यवादी पार्टी समितिका पूर्व अध्यक्ष रहेका वु रेनवाओले यस गाउँको परिचय बदलेर करोडपतिको गाउँमा परिणत गर्न सफल भएका हुन् ।
उनले कृषि प्रणाली र औद्योगिक सुधारको ठोस योजना ल्याए भने १९९० मा मल्टी सेक्टर इन्डस्ट्री कम्पनी बनाएर शेयर बजारमा सामेल गराए ।
उक्त कम्पनीले सन् २०१२ मा मात्रै ९.६ अर्ब डलर कमाएको थियो । कम्पनीको नाफा हरेक मानिसहरुको भागमा बाडिन्छ भने त्यहाँका ५० बर्ष भन्दा बढी उमेरका महिला र ५५ वर्षभन्दा बढी उमेरका हरेक पुरुषले पेन्सनसँगै चामल र तरकारी पाउने गर्छन । source rochak-kura

काठमाडौं : सुनका गहना बनाउन दिएका कपन मिलनचोकका बासिन्दाको ८६ तोला सुन लिएर भारतीय कालीगढ फरार भएका छन्।
मिलनचोकमा सुनको गरगहना बनाउने काम गर्दै आएका उनीहरूले स्थानीय सुरेन्द्र दिवालीसहित १० जनाबाट उक्त परिमाणको सुन लिएर फरार भएको उजुरी प्रहरीमा परेको छ। भारत पश्चिम बंगाल घर भएका समिर हजारा, गोपाल भनियासहित १० जना भारतीय कालिगढ फरार छन्।
फरार कालिगढ बारा हुँदै भारत प्रवेश गरिसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। बौद्ध प्रहरी वृत्तले घटनाबारे अनुसन्धान थालेको छ। बिहीबार भागेका कालीगढका बारेमा शुक्रबारमात्रै प्रहरीसमक्ष उजुरी परेको थियो।
कालीगढ पीडितसँग बिहीबार १२ बजेसम्म सम्पर्कमा रहे पनि साँझदेखि उनीहरू सम्पर्कविहीन भएको पाइएको छ। प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक ऋषि ढुंगानाले घटनाबारे थप अनुसन्धान भइरहेको बताए। source taja khabar

अखिल नेपाल फुटबल संघ एन्फाका कार्यभाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएको छ ।
आज आफ्नै घरमा रहेका बेला करेण्ट लागेर मृत्यु भएको बताइएको छ । थ्रीस्टार क्लबका अध्यक्ष समेत रहेका श्रेष्ठको शुक्रबार राती १० बजे घरमै रहेका बेला करेण्ट लागेर ज्यान गएको एन्फाका कार्यक्रम निर्देशक सञ्जीव मिश्रले जानकारी दिए ।
उनको शबलाई अहिले जावालाखेलमा रहेको अल्का अस्पतालमा राखिएको छ । एन्फाका अध्यक्ष गणेश थापामाथी भ्रष्टाचार काण्डमा छानबिन हुने भएपछि श्रेष्ठ कार्यवाहक अध्यक्ष भएका थिए । source dcnepal.

काठमाडौं । खाडीका छ मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा जाने कामदारले अब हवाई टिकट, प्रवेशाज्ञाबापत लाग्ने रकम तिर्नु नपर्ने भएको छ । साथै कामदारको तलबबाट कुनै अन्य खर्च नकटाउने शर्तमा मात्रै कामदार पठाउन पाइने भएको छ ।
श्रम तथा रोजगार मन्त्रालयले कतार, बहराइन, साउदीअरब, संयुक्त अरब इमिरेट्स(दुबई), ओमन, कुबेत र मलेसियाका लागि निःशुल्क टिकट र प्रवेशाज्ञामा लाग्ने रकम लाग्ने व्यवस्था खारेज गरेको छ । अब यो शूल्क रोजगारदाता कम्पनीले नै ब्यहोर्नुपर्नेछ ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री टेकबहादुर गुरुङले प्रस्ताव कानुन मन्त्रालयबाट एक हप्ताभित्रै स्वीकृत भएर आउने र नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको पाँच दिनपछि लागू हुने जानकारी दिएका छन् ।
अब वैदेशिक रोजगारीमा जाने कामदारले आवधिक जीवन बिमा, अभिुमखीकरण तालिम, स्वास्थ्य परीक्षण शुल्क र कल्याणकारी कोषको शुल्कमात्रै बुझाउनुपर्नेछ । जुन रकम अन्दाजी २० देखि ३० हजारको बीचमा हुने अनुमान गरिएको छ ।
नयाँ व्यवस्थाले व्यवसायी,कामदार सबैको हित गर्ने बताउँदै राज्यमन्त्री गुरूङले अहिले घोषणा गरिएका सात मुलुकबाहेक अन्य मुलुकमा पनि निःशुल्क गर्दै लैजान सरकारको तयारी रहेको बताए ।
यसअघि नेपाली कामदार एक लाख रुपैयाँ भन्दा बढी तिरेर रोजगारीमा जाँदा गएको लागत खर्च उठाउनै वर्षदिन लाग्ने अवस्थाले कामदार मारमा पर्दै आएका थिए । नयाँ नियम लागू भए वैदेशिक रोजगारीमा जानेहरूलार्इ ठूलो राहत हुनेछ ।
त्यस्तै कामदार आपूर्ति गरेबापत विदेशको संस्थाले सेवा शुल्क नदिएको अवस्थामा मात्रै यहाँका म्यानपावर कम्पनीले १० हजारसम्म कामदारबाट सेवा शुल्क लिन पाउने छन् ।
गन्तव्य मुलुकको रोजगारदाताले कामदार आपूर्ति गर्न नेपालस्थित अनुमति पाएको संस्थालाई हवाई टिकट, सेवा शुल्कलगायतका लागि उपलब्ध गराउने रकम सम्बन्धित संस्थाको नाममा नेपालस्थित बैंक खातामा जम्मा गरी तद्अनुरुप आम्दानी तथा खर्चको विवरण राख्नुपर्ने छ ।
कतिपय म्यानपावर कम्पनीले निःशुल्क टिकट र प्रवेशाज्ञा ल्याएपनि कामदारमार्फत अवैधानिक रुकम असुली रहेका थिए ।
यसअघि मलेसियामा ८० हजार, खाडीमुलुकमा ७० हजारसम्म अधिकतम लागत सरकारले तोकेकामा अब नयाँ व्यवस्थासँगै बढीमा लागत ३० हजारमा खुम्चने अनुमान गरिएको छ ।
नयाँ व्यवस्थाअनुरुप रकम लिए नलिएको अध्ययन गर्न मन्त्रालयको वैदेशिक रोजगार तथा अन्तर्राष्ट्रिय श्रम सम्बन्ध महाशाखाको संयोजकत्वमा अनुगमन समिति गठन गरिने भएको छ । source naulo-khabar

प्रकृतिले हरेक मानिसलाई फरक फरक बनाएको छ । सबैको कद र अनुहारको बनौट फरक छ । कसैको अग्लो कद छ त कसैको होँचो । कसैको अनुहार गोरो छ भने कसैको कालो ।
समुन्द्र शास्त्र अनुसार मानिसको अनुहार हेरेकै भरमा पनि उसको विषयमा धेरै कुरा बताउन सकिन्छ । आनी बानी मात्र होइन अनुहारबाटै आयुको विषयमा समेत अनुमान लगाउन सम्भव रहेको समुन्द्र शास्त्रको दावी छ ।
यसै कारण शरीर लक्षण विजानले निधारमा देखिने साना साना रेखालाई पनि महत्वपूर्ण मानेको छ । निधारमा देखिने रेखाका आधारमा मानिसको उमेर र आयु अनुमान गर्न सकिन्छ ।
कुनै पनि ब्यक्तिको निधारमा रहेको शुभ रेखाले २५ प्रतिशत आयु वृद्धी गर्छ । अशुभ रेखाले त्यति नै आयु कम गर्ने बताइन्छ । तपाइँको निधारमा हेरेर आफै आफ्नो अनुहार अनुमान गर्न सक्नु हुन्छ ।
ज्योतिषका अनुसार जुन ब्यक्तिको निधारमा २ पूर्ण रेखा हुन्छ त्यस्तो ब्यक्तिको आयु ६० वर्ष हुन्छ । यदि रेखा एकदम स्पष्ट छ भने यस्ता ब्यक्तिले जीवनमा धन र सुख प्राप्त गर्छन् ।
तर रेखा काटिएको छ भने चाँहि यस्ता ब्यक्तिको जीवनमा दुःख आइ लाग्छ । आर्थिकरुपमा पनि यिनीहरुको जीवन कठिन नै हुन्छ ।
यदि कुनै ब्यक्तिको निधारमा ३ रेखा छन् भने यस्ता ब्यक्तिको आयु ७५ वर्ष जति हुन्छ । यदी निधार उस्केको छ भने यस्ता ब्यक्तिले नाती पनाती समेत देख्छन् । यस्ता ब्यक्तिको जीवन सुखमय हुन्छ ।
निधारमा ४ रेखा हुने ब्यक्तिको आयु पनि ७५ वर्ष जति नै हुन्छ र ५ रेखा हुने ब्यक्ति भने १०० वर्ष सम्म जिउँछन् ।
यदि कुनै ब्यक्तिको निधारमा ५ भन्दा पनि बढी रेखा हुन्छ भने त्यस्ता ब्यक्तिको आयु मध्यम हुन्छ । रेखा नै नहुने ब्यक्तिको अल्पायु हुन्छ ।
source nepaliheadlines.

सुनसरी, जेष्ठ २९ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र एक किशोरीलाई नियन्त्रणमा लिएर सामूहिक बलत्कार गर्ने ६ जना अभियुक्तलाई ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।
पक्राउ परेका ६ जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो । गत सोमबार राति बीपी प्रतिष्ठानदेखि पश्चिमको जंगलमा प्रेमीसँग बसिरहेकी १५ वर्षीया किशोरीलाई नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरिएको थियो ।
घटनापछि प्रहरीले एक दर्जन व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गर्दा ६ जनाले सामूहिक बलात्कार गरेको स्वीकार गरेको प्रहरीले दाबी गरेको छ ।
पक्राउ पर्नेहरुमा धरान–१७ का समिर राई, प्रितेश लिम्बु, आकाश लिम्बु, धनकुटा बेलहरा गाविसका विटु राई, धनकुटाकै भेडेटार गाविसका विकेश राई र भोजपुर नगरपालिकाका विपिन राई छन् ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ । source rochak khabar

ओएस नेपाल, चितवन, २९ जेठ – एसियाको नमुना अस्पतालका रुपमा चिनियाँ सहयोगमा चितवनको भरतपुरमा सञ्चालित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक सङ्कटमा फसेको छ ।
बर्सेनि खर्च बढ्दै जाने र बजेट घट्दै गएपछि अस्पतालका चिकित्सक र कर्मचारीका तलब एवम् सामान्य खर्चबाहेक अन्य कुनै काम अस्पतालमा हुन सकेको छैन । जसका कारण उपकरण मर्मत सम्भार हुन नसक्दा बिरामीले सास्ती व्यहोर्नुपरेको छ भने बाहिर निजी अस्पतालले महँगो शुल्क असुलिरहेका छन् ।
स्वास्थ्य कर कोष नियमावली २०५१ अन्तर्गत रकम सङ्कलन गरी त्यही रकमबाट अन्य अस्पतालसँगै यस अस्पताल सञ्चालन गर्ने सरकारी योजनाको तालमेल हुन नसक्दा अस्पताल आर्थिक सङ्कटमा फसेको हो ।
आर्थिक वर्ष २०६७/०६८ मा कोषबाट अस्पतालमा रु ३३ करोड १३ लाख बजेट निकासा भएकोमा ०६८/६९ मा रु ३३ करोड ४६ लाख, ०६९/७० मा रु २९ करोड ४२ लाख, ०७०/७१ मा रु २४ करोड ५० लाख र चालु आर्थिक वर्षमा रु २४ करोड ६० लाख मात्रै बजेट निकासा भएको जानकारी अस्पतालका उपनिर्देशक देजकुमार गौतमले दिनुभयो ।
अस्पतालले आन्तरिकतर्फ शुल्कवृद्धि नगरेपछि आम्दानी बढाउन सकेको छैन । गत आर्थिक वर्षमा रु १० करोड १६ लाख आन्तरिकतर्फ आम्दानी भएको थियो भने त्यसअघिका वर्षमा पनि सोही हाराहारीमा मात्र आम्दानी भएको उहाँले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा अस्पतालमा रु ४९ करोड खर्च भएको थियो भने त्यसअघिका दुई वर्ष वार्षिकरुपमा रु ४६ करोड खर्च भएको थियो ।
कोषको रकम र आन्तरिक आम्दानीले नधानेपछि अघिल्ला दुई वर्षदेखि नै कर्मचारी कल्याण कोष, उपदानकोष, स्वास्थ्य उपचार कोषलगायत सङ्कलित रु २८ करोड सञ्चालनमा खर्च भएको जानकारी उपनिर्देशक गौतमले दिनुभयो । ती सबै कोषका रकमसमेत सकिएपछि यस वर्षको जेठ असारमा कर्मचारी तलब र वर्षभरि खरिद गरिएका सामग्रीको भुक्तानीसमेत नभएको उहाँले बताउनुभयो ।
गतवर्ष खरिद गरिएका विभिन्न सामग्रीको रु १४ करोड यस आर्थिक वर्षमा भुक्तानी गरिएको अस्पतालले जनाएको छ । नियमितरुपमा भुक्तानी दिन नसकेपछि सामग्री खरिद गर्नसमेत नसकिएको अस्पतालका कार्यकारी निर्देशक डा चिनबहादुर पुनले बताउनुभयो । बजेट अभावका कारण गत चैत महिनाबाट सिटिस्क्यान मेसिन बिग्रिएपनि मर्मत हुन सकेको छैन । त्यसैगरी स्तनक्यान्सर पत्ता लगाउने मेमोग्राम पाँच वर्षदेखि बिग्रिएर थन्किँदा सबै बिरामी निजी अस्पतालमा भर पर्नुपरेको छ ।
अस्पतालको शल्यक्रिया टेबलदेखि ल्याब परीक्षणका उपकरण, रेडियो थेरापीका उपकरण थन्किने अवस्थामा पुगेको कार्यकारी निर्देशक पुनले बताउनुभयो । उपकरण उपलब्ध नहुँदा अस्पतालको शुल्कभन्दा चार गुणाभन्दा बढी शुल्क तिरेर बिरामी निजीमा भर पर्नुपर्ने अवस्था सिर्जना भएको अस्पताल सञ्चालक समितिका सदस्य राम न्यौपानेको भनाइ छ ।
आर्थिक अभावकै कारण आउँदो भदौमा सम्पन्न गर्ने गरी ठेक्का दिइएको अस्पताल भवन अलपत्र परेको छ । रु ६० करोडमा ठेक्का दिइएको भवनको हालसम्म रु ३० करोड मात्रै बजेट निकासा भएको उपनिर्देशक गौतमले बताउनुभयो । हाल १०० शय्या स्वीकृत भएर पनि १९४ शय्या सञ्चालनमा आएको सो अस्पतालमा थप दुई सय शय्याका लागि दुई वर्षअघिबाट भवन निर्माण थालिएको हो ।
बजेट समयमा नआउँदा खर्च बढेर रु एक अर्ब पुग्ने अवस्थामा पुगेको र थप बजेटका लागि माग भइरहेको भएपनि निकासा हुन नसक्दा समस्या उत्पन्न भएको उपनिर्देशक गौतमले बताउनुभयो ।
अस्पतालमा आन्तरिक रुपमा कर्मचारीका बीचमा विगतदेखि नै हुँदै आएको राजनीतिक बेमेलका कारण स्वास्थ्य र अर्थ मन्त्रालयका जिम्मेवार कर्मचारीसँग एकमत भएर बजेटको विषयमा छलफल समेत हुन सकेको छैन । समयमै अस्पतालको विषयमा सोच्न नसकिए आउँदा दिनमा अस्पताल सञ्चालनमा नै बाधा पुग्ने कार्यकारी निर्देशक पुनको चिन्ता छ ।
अस्पतालमा वार्षिकरुपमा नेपाल र भारतका गरी एक लाख बिरामी उपचारका लागि आउने गर्दछन् । तीमध्ये २६ हजार क्यान्सरका बिरामी हुने अस्पतालले जनाएको छ । बर्सेनि छ हजार नयाँ क्यान्सरका रोगी थपिने गरिएको र शल्यक्रियामात्र झण्डै तीन हजारको गरिने डा पुनले बताउनुभयो । विसं २०५२ मा विपी कोइरालाको नामबाट सो अस्पताल स्थापना गरिएको हो । source osnepal