एसडी मुनीले सुशील कोइरालाको धज्जी उडाए
Advertisement
नेपाल मामिलामा चासो राख्ने प्राध्यापक मुनीले सार्क सम्मेलन आयोजना गर्न कोइरालाले चीनको सहयोग मागेको भनेर ट्वीट गरे पनि वास्तविकता त्यस्तो नभएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । हालैको चीन भ्रमणका क्रममा प्रधानमन्त्रीसमक्ष चीनिया पक्षले सार्क सम्मेलन आयोजनाका लागि भौतिक र अन्य के सहयोग आवश्यक पर्छ, त्यसमा सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।
नरेन्द्र मोदी ताइवानसँग नजिकिएको दाबी
मुनीले कोइरालाको धज्जी उडाएलगत्तै चीन मामिलामै थपेर अर्को ट्वीट गरेका छन् । एकातिर उनले चीनसँग कोइरालाले हात फैलाएर गलत काम गरेको आरोप लगाएका छन् भने अर्कोतिर चीनलाई नरेन्द्र मोदीले कडा संकेत दिएको टिप्पणी गरेका छन् । नरेन्द्र मोदीको सपथ-ग्रहणमा तिब्बतको निर्वासित सरकारका प्रधानमन्त्री र ताइवानका व्यापार प्रतिनिधिलाई उपस्थित गराएर चीनलाई कडा संकेत दिएको र चीन उपयुक्त जवाफको खोजीमा रहेको मुनीले छुद्र टिप्पणी गरेका छन् ।

Advertisement