नेपालमा पनि भारतमा जस्तै हुने संकेत ! गर्मीबाट ४ जनाको ज्यान गयो
Advertisement

२६ जेठ, काठमाडौं ।
पछिल्लो केहीदिनदेखि बढेको अत्यधिक गर्मीका कारण सिरहामा ४ जनाको ज्यान गएको छ । दर्जनभन्दा बढी मानिसहरु वेहोस भएका छन् । गर्मीले गर्दा चन्द्रअयोध्यापुर–६ पानवारीका ३५ वर्षिय टुलवा सदाय, ४० वर्षिया जिवछि सदाय, ६० वर्षिया गर्भा सदाय र करिव ४० वर्षिय कौशिल्या देवी सदायको ज्यान गएको छ ।

     लहान–२ मटियर्वाका कौशिल्या देवी सदाय आफ्नो वहिनीको घर पानवारी आएको वेला ज्यान गएको स्थानीयले जानकारी दिए । जिवछि सदायलाई हिजै विराटनगरवाट उपचार पछि घर ल्याएको भएपनि उनको विहान ३ बजे नै ज्यान गएको बताइएको छ ।
सोही ठाउँका सुनिल, फोकन, श्याम, केशे, सुनिता, मञ्जु सदाय लगायत एक दर्जनभन्दा बढी गर्मीले विरामी परेका छन् । उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल सिरहा लगिएको छ ।
मृतकहरुमा रिंगटा चल्ने, वाकवाकी हुने, आँखा धमिलो हुने, कमजोरी महसुस हुने र वेहोस भएपनि मृत्यु हुने गरेको स्थानीय स्वास्थ्यकर्मी धु्रव कुँवरले जानकारी दिए ।
मृत्यु हुने समयमा मृतको कानवाट रगल आउने र मुखमा फिंज आउने गरेको उनले बताए । जिल्ला जनस्वास्थ्य कार्यालय अहिले घटनास्थलमा पुगेको छ । प्रहरीले त्यहाँ पुगेका प्रहरीले गाउँमा पानी वितरण गरेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार गर्मीका कारण मृत्यु भएको भएपनि यसको थप अनुसन्धान आवश्यक रहेको बताएको छ ।source:npheadlines

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.