प्रेमिकाको लागि केटी बनेर परीक्षा दिन प्रेमी पुगेपछि
Advertisement
जेठ ३०, कजाकास्तानमा एक जना युवाले आफ्नो केटी साथीको परीक्षा दिन केटीकै लुगा लगाएर परीक्षाहलमा पुगेपछि चौतर्फी चर्चा भएको छ । आयान जादमोभ नामक ती युवाले आफ्नी १७ बर्षीया प्रेमिकाको परीक्षामा सहभागि हुन यस्तो गरेको बताएका छन् ।
आयानकी प्रेमिका परीक्षामा निकै नै तनावमा थिइन । युनाइटेड नेशन टेस्टिङ जुन कजाकिस्तानमा कलेज भर्नाका लागि लिइन्छ, परीक्षमा सहभागी हुन उनले आफ्नी प्रेमिकालाई हौसाइरहेका थिए । तर सकारात्मक कुराले कुनै प्रभाव नपारेपछि उनले प्रेमिकाको परीक्षा आफैले दिन परीक्षा केन्द्रमा गएका थिए । ती युवाले फेसमा मेकअप गरी प्रेमिकाका लुगा लगाएर परीक्षा दिन गएका थिए ।
परीक्षा दिन हलभित्र छिर्नुभन्दा पहिले उनलाई परीक्षकले केही प्रश्न सोधेका थिए तर उनको आवाजका कारण परीक्षकले उनी वास्तविक परीक्षार्थी नभएको थाहा पाएका थिए ।
उनले आवाज समेत केटीकै जस्तो बनाउन कोसिस गरेका थिए तर उनको यो योजना सफल हुन सकेन । परीक्षा बोर्डका प्रवक्ताले मिडियासँग कुरा गर्दै भने, ‘यदि कुनै अर्काे महिलाले उक्त युवतीको परीक्षा दिन आएको भए तत्कालै निलम्बन गर्ने थियाँै तर उसलाई हामीले निलम्बन गर्दैनाँै किनभने उसले प्रेमिकाका लागि परीक्षा दिने प्रयास गर्यो र आवाज समेत उस्तै बनाउने कोसिस गर्यो ।’
ती युवालाई परीक्षा बोर्डले दुई हजार डलर जरिमान भने तिराउने भएको छ । उनको यो कामका कारण उनी मुलुकका युवाहरुका माझमा सेलिब्रेटी बनेका छन् । उनलाई ‘रोमान्टीक अफ द इअर निक नाम दिइएको छ ।’
त्यहाँका युवतीहरुले समेत उनको निकै ठूलो प्रशंसा गरिरहेका छन् । साथै अधिकांश युवतीहरुले आफ्नो प्रेमी आयान जस्तै होस भन्ने चाहेको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । ‘यो लगत काम हो तर निकै रमाईलो घटना हो ।’ एक युवतीले भनिन, उनले आफ्नो प्रेमि समेत ऊ जस्तै होस भन्ने चाहेको बताइन् । एक जना स्थानीय व्यापारीले उनको काम बाट प्रभावित भएर उनको जरिमानाको ५० प्रतिशत रकम आफैले ब्योहोर्ने जनाएका छन् । साथै ती युवाकी प्रेमिकाले अर्काे वर्ष परीक्षा दिन पाउने भएकी छिन् । source taja khabar

Advertisement