इराकमा नेपाली अपहरणमा परेका छैनन्ः परराष्ट्र मन्त्रालय
Advertisement
यद्यपी त्यहाँको खस्कँदो सुरक्षा अवस्थाले कुनै बखत नेपालीलाई पनि प्रभावित पार्न सक्ने देखिएकाले इराकमा रहेका नेपालीलाई सुरक्षित स्थानमा बस्न, बाहिर डुल्न र ननिस्कन तथा सम्भव भएमा व्यवस्था मिलाई नेपाल फर्कन अनुरोध भने परराष्ट मन्त्रालयले गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक धितालले सुरक्षा स्थिति सबग्रिदै गएर सहयोग गर्नुपर्ने अवस्थामा उद्धारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।
उनले नेपाली बढी केन्द्रित बगदाद, बसरा, कारवाला र नजाफ जस्ता सहरको सुरक्षा स्थिति तुलनात्मक रुपमा स्थिर रहेको जानकारी आएको भन्दै सरकारले इराकको सुरक्षा अवस्था अझै बिग्रिएमा त्यहाँका नेपालीलाई कसरी उद्वार गर्न श्रम, गृह, स्वास्थ्य, पर्यटन र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएको जानकारी दिए । सहसचिव प्रकाश सुवेदीले इराकामा रहेको नेपालीको तथ्याङ्क लिने र वैदेशिक रोजगारसँग सम्बन्धित संस्थाले पनि यसमा सहयोग गर्ने वचन दिएको बताए ।
इराकमा कति नेपाली कार्यरत छन् भन्ने आधिकारीक तथ्याङ्क सरकारसँग छैन तर त्यहाँ उल्लेख्य सङ्ख्यामा नेपाली रोजगारका लागि गएको बताइन्छ । उद्धारका लागि विदेशस्थित कूटनीतिक नियोग तथा मिसन र अन्तर्राष्ट्रिय संस्थासँग पनि समन्वय गरिने बताइएको छ । मन्त्रालयले इराकमा कार्यरत नेपालीका आफन्त, सदस्य, इष्टमित्र वा साथीभाइ जोकोहीलाई इराकमा कार्यरत नेपाली कहाँ बस्छन् र कसरी सम्पर्क गर्न सकिन्छ भनेर जानकारी दिन आग्रह गरेको छ ।
पाकिस्तानस्थित राजदूतावासबाट इराकको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसँग सम्पर्क कायम गरिएको र नेपालीको सुरक्षातर्फ विशेष ध्यान आकृष्ट गरिएकामा इराकी विदेशी मन्त्रालयका उच्च अधिकारीले सहयोगको सकारात्मक जवाफ दिएको पनि परराष्ट मन्त्रालयले जनाएको छ । स्रोत # रातो पाटी

Advertisement