-एक्लै भएको बेला हार्टअट्याक बाट बाँच्ने उपाय .थाहा पाई राखौं
Advertisement

हार्टअट्याकका कारण धेरैले ज्यान गुमाउनु परिरहेको छ । हार्टअट्याकले धनी वा गरिव भन्दैन । यो रोगले उमेर पनि भन्दैन । सानो तथा ठूलो जोसुकैलाई आक्रमण गर्न सक्छ । हार्टअट्याक यो समय र यति बजे आउँदै छुँ भनेर भनि हाल्ने बेथा पनि होइन । तर हार्टअट्याक हुनासाथ के गर्ने भन्ने उपायका बारेमा जानकारी भएको खण्डमा यो बेथालाई सजिलै जित्न सकिन्छ ।



हार्टअट्याक पूर्व जानकारी अर्थात घोषणा गरेर आउने रोग होइन । र हार्टअटयाकले आक्रमण गर्यो कि मानिसहरुले यसबाट बच्न अनेक संघर्ष गर्नु पर्ने हुन्छ । यदि तपाईलाई आफ्नो मुटुको चालमा अचानक अनावश्यक परिवर्तन अर्थात गलत संकेत को अनुभव भयो र आफू फेन्ट हुँन्छु जस्तो लाग्यो भने, त्यस बखत तपाई सँग होश गुमाउनु पूर्व जम्मा दश सेकेन्ड समय रहन्छ ।

तर धेरै मानिसहरुलाई आफैले आफ्नो उद्धार गर्न सकिन्छ भन्ने कुरा थाहा नहुन सक्छ । यसका लागि आफू आक्तिनु र हडबडाउनुु हुँदैन । साथै आफू बेहोश हुनबाट पनि जोगिनु पर्छ । र त्यसका लागि सकेसम्म खोकिराख्नु पर्छ ।

खोक्ने तरिका:

खोक्नु भन्दा पहिले ठूलो स्वाश लिनुपर्छ । गहिरो र लामो समयसम्म खोक्नुपर्छ । यसरी खोक्नुहोस् ताकि तपाई आफ्नो फोक्सोमा जमेको थुक, खकार तथा अन्य केही कुरालाई बाहिर फाल्न चाहँदै हुनुहुन्छ ।

प्रत्येक २ सेकेण्डमा नविराइकन श्वास लिनुपर्छ र खोक्नुपर्छ । यो प्रक्रिया डाक्टर नआए सम्म वा मुटुको धड्कन नरमल नभएसम्म जारी राख्नुपर्छ ।

गहिरो श्वास लिंदा अक्सिजन फोक्सो भित्र प्रबेश गर्छ र खोक्ने कार्यले एक प्रकारको दबाब पैदा गर्छ ।

यसले तपाईको मुटु र रगत संचारको गतिमा नियमितता ल्याउँछ । यस प्रकारको पे्रशर अर्थात दबाबले तपाईको मुटुको धडकनको गतिलाई ब्यालेन्समा ल्याउन मद्धत पुर्याउँछ । डाक्टर नआइपुगुनजेल सम्मका लागि यो एकदमै भरपर्दो उपाय हो जसले थप नोक्सानी हुन दिंदैन । तसर्थ, संभव भए सम्म यो उपाय धेरै भन्दा धेरै मानिसहरु सम्म पुर्याउनुहोस् । तपाईको सानो सहयोगले धेरैको ज्यान बचाउन सक्छ ।

मुटुरोग बिशेषज्ञहरु ग्यारेनटीका साथ भन्छन्, "यदि एक जनाले यो उपाय दश जना सम्म पुर्याएको खण्डमा, कमसेकम एक जनाकोे ज्यान बचाउन सकिन्छ ।" source taja-khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.