होसियार ! यसकारण खान हुन्न बिषादी हालेर पकाइएको आँप जानी राखौ.....
Advertisement
बजारमा अहिले बिषादी हालेर पकाइएको आपँ छ्यापछ्याप्ती पाइन्छ । नेपालमा उत्पादन हुने आँप पाक्ने सिजन शुरु भएका कारण अहिले बजारमा पाइएका आँप सबै भारतबाट ल्याइएको व्यापारीहरुले बताएका छन् । काँचो आँप बिषादी हालेर पकाएको हुदाँ खान नहुने चिकित्सकहरुले सुझाव दिएका छन् ।
उनीहरुले त्यस्ता आँपले स्वास्थ्थ असर समेत गर्ने जनाएका छन् । आँप कारवाईड रसायन प्रयोग गरेर पकाइन्छ । जसले गर्दा मुटुरोग, कलेजो र मष्तिष्कमा समेत असर गर्ने चिकित्सक धर्म भट्टराइले बताए ।
आँप उत्पादन गर्ने किसान र व्यापारीले यतिवेला खुलेआम कारवाईड हालेको आँप बिक्री गरिरहेका छन। कारवाईडमा रहेको कार्बनडाअक्साईड र हाईड्रोजनले अक्सिजनको मात्रालाई सासेर २४ घण्टामै आँपलाई पकाइदिन्छ। यसरी पाकेको आँप खाँदा पेटसम्बन्धी रोग समेत लाग्ने उनले बताए । आपँलाई टिपेर बोरामा पोको पारी पकाउने, आँपलाई बढी तापक्रममा राखेर पकाउने, विबिध धरीका विषाधीको प्रयोग गरी गभाएर बजार पठाउने गर्छन।
कृत्रिम तरिकाले पाकेको आपँमा किराको बृद्धि छिटो हुने र यस्तो आपँ खादाँ शरीरमा गडबढी आउने चिकित्सकहरुले बताए। तर यसरी बजारमा आउने आँपहरुमा ईथ्लिन अक्साईड नेचुरल पाल्न्ट ह्मोनको प्रयोग गरी पकाईएको छ भने यसले मानव शरीरमा खासै असर गर्दैन।
यसमा विषाधीको न्युन मात्रामा रहेको हुन्छ। तर स्वादमा भने केहि कम हुन्छ। डाक्टर भट्टराइले भने ।
मधुमेहदेखि ठाउँकाको रोगीसम्म जसले पनि आँप सेवन गर्न मिल्छ। तर सेवन गर्न मिल्ने भन्र्दैमा बढी खान भने नहुने उनले बताए । विज्ञहरुको भनाई अनुसार आँपमा लगभग सबै प्रकारको टेरेस एलिमेन्ट हुन्छ। जसअन्र्तगत भिटामिन, मिनरलस, भिटामिन ए, भिटामिन बी, भिटामिन इ लगायतका पहेंला फलफूलमा पाईने सबै प्रकारका तत्वहरु पाईन्छ।
विषादी प्रयोग गरी पकाईएको आँपले कस्तो असर गर्छ त ?
- मुटु, कलेजो र मष्तिष्कमा असर गर्छ।
- ज्वरो आउने, टाईफाइड, वाकवाकी लाग्ने हुन्छ।
-जिउँ दुख्ने, झाडापखाला लाग्ने हुन्छ ।
- आलस्यतापन अाउँछ ।
- कमजोरी हुन्छ ।
-मांशपेसी दुख्छ ।
स्वास्थ्यमा असर गर्ने यस्तो आँपको बिक्रीमा वितरणमा रोक लगाउन तर्फ भने सम्बन्धित निकायबाट कुनै पहल भएको छैन ।source taja khabar
Advertisement