.जातीय राज्यका लागि प्रचण्डले बिदेशीसँग पैसा लिएका छन्
Advertisement
जातीय राज्यका लागि प्रचण्डले बिदेशीसँग पैसा लिएका छन्
- दृष्टि संवाददाता
राजनीतिक बिश्लेषक शौरभ
कुनै समय पत्रकार रहेका सौरभ अहिले चर्चित बिश्लेषक र लेखकका रुपमा चिनिन्छिन् । देशको इतिहासको बारेमा धेरै ज्ञान भएका उनी राष्ट्रवादी कुराका कारण बढि लोकप्रिय छन् । उनै बिश्लेषक सौरभसग हालै टेलिभिजन पत्रकार प्रेम बानियाले कुराकानी गरेका थिए । उक्त अन्र्तवार्ता यस्तो छ
देशको अहिलेको राजनीतिक अवस्थालाई कसरी बिश्लेषण गरिरहनुभएको छ ?
यो अस्तव्यस्त संलिदै जाला कि कसरी अघि बढ्ला ?
तुरुन्तै संलिएर जान्छ जस्तो त लाग्दैन । यो द्धन्द्धले लामै पिरियड लिएला । तर एक दिन न एकदिन त संग्लिनुपर्ने अवस्था आउछ र संग्लिन्छ ।
अहिले एक थरीले अग्रगमनको नाममा आन्दोलन गरिरहेका छन् नि कसरी लिनुभएको छ ?
माओवादी र उनीहरुका पक्षहरुले अग्रगमना जून बुदाहरु राखेका छन्, संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको कुरा । गणतन्त्रको कुरालाई भनिहाल्दिन, बाकी दुई कुरामा म सहमत छैन । ती कुरा उसले अग्रगमन भन्दैमा हुने कुरा होइन ।
अग्रगमनको नाममा देशै बिखण्डन गर्ने तत्वहरुकोहरुको विरुद्धमा अर्काे पक्ष आउछ भने त्यसलाई पश्चगमन भन्न मिल्छ जस्तो मलाई लाग्दैन । २०६३ सालको आन्दोलन केका लागि थियो भन्दाखेरी ज्ञानेन्द्र शाहले जसरी सत्ता कब्जा गरे, भइरहेको संसद नै हिड्यो, प्रधानमन्त्रीको पदका लागि दरखास्त मागियो त्यसको विरुद्ध थियो । २०३६ र ४६ सालको आन्दोलनमा म लागेको मान्छे, निर्वाचित प्रतिनिधि हुनुपर्छ भनेर लागेको मान्छेले हेर्दाखेरी त टिका लगाएर प्रधानमन्त्री दिने होइन नि, त्यसकै विरुद्धमा आन्दोलन भयो । जब पुर्नस्थापित संसदले कुराहरु राख्दै गयो, ती कुराहरु पटक्कै आन्दोलनमा नउठेका कुराहरु थिए । धर्मनिरपेक्षताको जून कुरा आयो, जून मस्यौदामा नै थिएन । जसले संसदमा पढ्यो, उसले आफैंले हातले लेखेर पढिदियो ।
आन्दोलनका एजेण्डाहरु अहिले धरमराउन थालेका हुन् ?
धरमराउन थालेका हुन् । किनभने एकपटक हत्या, हिंसाको त्रास देखाएर त्यो कुरा गरे पनि त्यो देश र जनताको पक्षमा थिएन । पहिला अ भनेर मानिहाले, पछि मान्न चाहेनन् । पहिला एकथरी मान्छेहरुले जातीय राज्यले हाम्रो कल्याण गर्छ,चाहिन्छ भने । पछि बुझ्दा त्यो गलत रहेछ भन्ने भयो । त्यतीबेलाका एजेण्डाहरु जर्बजस्ती लादिए, यहा ती भन्ने शब्द प्रयोग गर्छु, ती अहिले कमजोर भएको अवस्था छ ।
तिनीहरु कमजोर भए, त्यसविरुद्धको आवाज चाही बलियो हुन लागेको हो ?
बलियो हुन लागेको मात्र होइन, बलियो भइसकेको तर बलियो नहोस् भनेर बिदेशी हस्तक्षेप आएको अवस्थामा हामी छौं ।
पश्चिमा देशहरुले नेपालमा जर्बजस्ती धर्म परिवर्तन गराउन जोड दिइरहेका छन् भन्ने छ, यसमा तपाईको अध्ययन के छ ?
यसमा बिशाल तथ्यहरु बाहिर आइसकेको छ । हालै बेलायती राजदुतको जून वक्तव्य आयो, त्यसमा घुमाएर एउटा कस्तो कुरा भनिएको छ भने हामीले नेपाललाई लामो समयदेखि सहयोग गरिरहेका छौं, त्यो त्यसै गरिएको होइन भनिएको छ अर्थात् पैसा हालेर धर्म किन्ने काम भइरहेको छ । हामीले पैसा दिएकाले हामीले जे जे एजेण्डा ल्याउछौं तिमीहरुले मान्नु पर्छ भनेर भनिएको स्पष्टै छ ।
अमेरिकाको सिनेटमा पनि पहिला नेपालमा धर्म परिवर्तनको बारेमा कुरा उठेको थियो । धर्म परिवर्तन गराउनेलाई जेल हाल्नु हुदैन, उनीरुलाई छाडिदिनुपर्छ सिनेटबाट त्यो प्रस्ताव पास नै भएको थियो । यस्ता कुराहरु पटक पटक भएका छन् ।
तपाईको मतलब धर्मनिरपेक्षता र संघीयता आन्दोलनको एजेण्डा होइन ?
डेफिनेट्ल्ली होइन । पुथ्वीनारायण शाहले तिब्बतलाई के भनेको रहेछ भने तिमीहरुलाई के के सामान चाहिन्छ, हामी सीमानामै पसल खोलिदिन्छौं, तिमी त्यहीबाट किन, त्यसबापत तिमीहरुले आफ्नो परम्परा, संस्कृती जोगाउनु अर्काको लिनु हुदैन, हामी काच बेच्दैनौं, किनकी त्यो फिरंगी हो भनेको रहेछ त्यसबेला । पुथ्वीनारायण शाहले त्यसबेला नेपालको मात्र होइन तिब्बतको समेत संस्कृतीको जगेर्ना होस् भनेर कोसिस गरे एकपटक ।
अहिले उनीहरुले तिब्बतलाई चीनबाट छुटाएर चीनलाई कमजोर बनाउने नेपालमा पनि खेल खेलिरहेका छन् ।
तिब्बतमा पनि लामावाद सिध्याएर आफ्नो धर्म स्थापित गर्न उनीहरु चाहन्छन् । तिब्बत बिश्वकै पानीको स्रोतमा तेस्रो प्रमुख स्थान मानिन्छ । सुनको २७ वटा खानी छ । त्यसकारण उनीहरुले त्यहाको खनीजमा पनि आँखा लगाएका छन् । त्यसकै लागि नेपाललाई पनि उनीहरुले दु:ख दिइरहेका छन् ।
यसमा धर्मको मात्र स्वार्थ छैन । यसमा अरु धेरै रणनीतिहरु पनि छन् । धर्मपरिवर्तन रणनीतिक रुपमा हामीलाई सिध्याउने खेलको एउटा भाग हो ।
संघीयता पनि कस्तो हुदैछ भने आज सबैले पहिचानको कुरा राम्रै हुन्छ भनेर ठानिदैछ । तर कुनै एउटा संघले आफ्नो बारेमा निर्णय गरेर स्वतन्त्र हुने वातावरण बनाउने काम हुन सक्छ । त्यसो हुदा बिदेशी सैनिक अखडा बनाउन सजिलो हुन्छ । त्यसरी तिब्बतलाई नै लक्षित गरी बिदेशी सैनिक यहाँ आउन सक्छन् । संघीयता धेरै हिसाबले गलत कुरा हो र यो कुरा नेपालले मान्नुुुहुन्न भन्ने कुरा म ठान्छु ।
तपाईका अुनसार जो अहिले जातीय राज्यका लागि आन्दोलन गरिरहेका छन्, उनीहरु बिदेशीबाट परिचालित छन् भन्ने अर्थ लाग्छ होइन ?
जून जातीय उत्पीडनको कुरा गरिएको छ, त्यो कुरा म मान्न तयार छैन । किन मान्न तयार छैन भने म चाही बिजनेश कम्यूनिटीको मान्छे होइन, तर नेपालमा नेवारहरुले हजारौं वर्षदेखि व्यापार गरे । जुनसुकै थरको नेवारलाई पनि व्यापारको स्किल थाहा छ । मानव विकास सूचकांकमा नेवारहरु पहिलो स्थानमा पर्दछन् । अनि नेवारहरु कसरी उत्पीडनमा परे त ? म कसरी उत्पिडनमा परे ?
गुरुङहरुमा लड्न सक्ने स्किल छ । उनीहरु लाउरे भएर गएका छन्, गुरुङ, राई, लिम्बुहरुले टन्न डलर कमाएर ल्याएका छन्, बाहुनलाइ त बिदेशी सेनामा भर्ती लिइन्न । अनि उनीरुले यहा बाहुनलाई उत्ीपडन गरे भन्न मिल्छ ? कसैले कुन कुरामा स्किल हुन्छ, त्यसलाई उत्पीडनसग जोड्न मिल्दैन ।
सबै जात वर्गको देशमा समान भूमिका स्थापित छ त ?
जिरेलले के गयो भनेर सोध्दाखेरी म अलमलमा पर्छु । सानो समुदाय त्यसको बारेमा अध्ययन भएको छैन । तर थारुले यो देशमा योगदान दिएको छैन र ? यत्रो वर्षदेखि तराईमा धान फलाइरहेको छ । नेवारले देशको बिजनेश गरिरहेको छ । गुरुङ मगरहरु लडिरेका छन् । क्षेत्रीहरुले देशको सुरक्षा सम्हालेका छन् । बाहुनहरुले प्रशासन सम्हालेका छन् । सबैले आ आफ्नो तरिकाबाट राज्यलाई योगदान पुयाइरहेका छन् । यहा कसले कसलाई उत्पीडन गर्यो ? उत्पिडनको परिभाषा पश्चिमाहरुले जे जे बनाइदियो त्यो बोकेर हिडेर ठिक हुदैन यहा । उत्पीडन भयो भन्ने कुरा पश्चिमाहरुले थोपरेको हो । पश्चिमाहरुले त जात बाहेक केही पनि सोच्नै सक्दैनन् ।
हिजो तिनै पश्चिमाहरुले आफुहरु गोरो भएको कारण शासन गर्नु पाउनुपर्छ भनेर नामिबिया र दक्षिण अफ्रिकामा शासन गरेका होइनन् ? नेपालका समाजशास्त्री, मानवशास्त्री र कथित नागरिक समाजका अगुवा र मानवअधिकारवादी भनिने आफैंले बनाइदिएका मान्छेहरुलाई डलर र पाउण्ड खुवाएर पहिला नेपाली समाजलाई भाड्ने कुरा लेखाउने त्यसलाई रिसाइकल गरेर नेपालमा यस्तो भइरहेको छ भनेर त्यसलाई उठायने प्रवृत्ति उनीहरुमा छ । यस्तो कुटनीति खेलेर नेपाली समाजलाई सिध्याउने खेलमा उनीहरु लागेका छन् ।
नेपाल सबैभन्दा पुरानो देश हो । यो पुरानोको गरिमालाई नै सिध्याइदिएपछि त सुप्रित त उनीहरु नै हुने भए । पृथ्वीनारायण शाहले पहिला उनीहरुलाई जासुस भनेर जसरी नेपालबाट निकालिदिए, त्यो कुरा पनि उनीहरुलाई एकदमै बिझेको छ । पुथ्वीनारायण शाहको बारेमा एउटा कुरा थपिहाल्छु, उनले क्रिश्चियनहरुलाई जासुस हुन् भनेर मात्र हटाएको होइन । गुराई भन्नेहरुलाई नेपाल छिर्न नै दिएका थिएनन् । गुसाई भनेको बिशुद्ध हिन्दु हुन् । हिन्दु धर्मको प्रचार गर्ने एउटा वर्ग हो । तिनीहरुलाई पनि बेलायतीहरुको जासुस हो भनेर छिर्न नदिएको डकुमेन्टेसन छ । यो कुरा कहिले पनि बाहिर ल्याइदैन । धर्मकै कुरा गर्ने हो भने मुसलमानलाई उनले हटाएनन् । गोरखामा जून तोप बनाइदिए, त्यसको जिम्मेवारी मुलसमानलाई दिएका थिए ।
पृथ्वीनारायण शाहले मुस्लिमलाई माया गरे तर क्रिश्चियनलाई छिर्न निकालिदिए । २ सय ५० वर्षअघिको उक्त कुराको बदला लिनका लागि अहिले उनीहरु विभिन्न माध्यमबाट लागिरहेका छन् ।
यसमा दोष क कसको छ ?
यसमा बिदेशीको मात्र दोष छैन । हामी आफ्नै पनि कमि कमजोरी छन् । हामीलाई माक्र्सवाद किन बोक्नुपरेको हो ? लेनिनवाद किन बोक्नुपरेको हो । पुथ्वीमै नभएको समाजवादको सिद्धान्त कांग्रेसले किन बोक्नुपर्यो ? बिश्वमा कि कम्यूनिष्टहरु छन् कि गैरकम्यूनिष्ट भनिने पूँजीवादीहरु छन् । समाजवादको लासलाई कांग्रेसले बोकेर हिडेको छ । राजनीतिमा पनि अर्काको कुरा आयात गरिरहेका छौं । अर्काको पैसा खाइरहेका छौं ।
धर्मनिरपेक्षता र जातीयताको विषय कहा गएर टुंगिएला त ?
म स्पष्ट रुपमा असहमतिको बाटोको मान्छे हु । अहिले एकथरी नेताहरुले संघीयता हुदैन , धर्मनिरपेक्षता हुदैन भनेर केहीले जसरी अडान लिनुभएको छ, त्यो ठिक छ । किनकी एक दिन न एक दिन झडपमा जानै पर्छ, झडपमा जाऔं । नेताहरु पनि जाऔं, जनता पनि आऔं । यो झडप पहिला बिदेशीसग गर्ने हो । त्यसपछि नेपाली नागरिकहरुसँग कुरा आउछ ।
अहिलेसम्म ओलीजीले जून अडान राख्नुभएको छ, त्यो ठिक छ । माधव नेपाल र वामदेव ओलीलाई खुइल्याउन भनेर लागेका छन् । भित्र भित्र त्यो षड्यन्त्र चलिरहेको छ । माधव नेपाललाई त मैले सधैं माधव भारत भन्दै आएको छु । उनीहरुले एमालेमा भोली के गरिदिन्छन् थाहा छैन, तर आजसम्म एमालेको अडान ठिक छ । यो देशमा कुनै हालतमा संघीयता मान्ने कुरा पनि आउदैन, धर्मनिरपेक्षता पनि मान्ने कुरा आउदैन,त्यसले हामीमा बिखण्डन ल्याउछ र हाम्रो पहिचान सिध्याउछ ।
धर्मनिरपेक्षताको कुरा गर्दा म यहा एउटा कुृरा थपीहाल्छु, राई, गुरुङ , मगर,लिम्बु, तामा, थारु, जिरेल, थारु जति जातजातिहरु छन्, यी सबै भोर्न धर्मको कहिले पनि कुरा उठ्दैन । यो एकदमै पुरानो धर्म हो । १८ हजार वर्ष पुरानो धर्म र संस्कृती हो । उनीहरुको पहिचान मेट्न खोजिदैछ । उनीहरुलाई पहिचानका नाममा उचालेर धर्म परिवर्तन गरी पहिचान नै मेटाउने खेल भइरहेको छ । पश्चिमाहरु यहा माया हो कि कुटिलता बुझ्न जरुरी छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक दायरा साघुँरिदै गएको छ, उहाको राजनीतिले देशलाई कुनै सबल परिवर्तन दिने देख्नुहुन्छ ?
देख्दिन । किनभने उहा जंगलबाट आएर प्रधानमन्त्री र राष्ट्रपति पद नखोजेर जंगलमा बसिरहेको भए, यती पावरफुल मान्छे हुनुहुन्थ्यो कि नेपालको राजनीतिमा धेरै पछि आएको देशको कल्याण गर्ने एउटा बलियो नेता भन्ने कुरा उहाँले साबित गर्न सक्नुुुहुन्थ्यो ।
तर उहा डेढ लाखको पलङ र कति लाखको घडीमा आइपुग्नुभयो । सायद उहालाई मानवताविरुद्धको अपराधमा हेगमा लगिदेलान् भन्ने डर पनि होला । अहिले त हेगबाट पनि बच्नुपरेको छ, सम्पतीको पनि रक्षा गर्नुपरेको छ । हिन्दी सिनेमाका कथामा आउछ नि सम्पतीमाथि बसेको सेतो नाग । अहिले प्रचण्ड ठुलो सम्पतीमाथि बसेको सेता नाग जस्तै हुनुभएको छ । उहाको लागि सेतो नाग भनेको सर्वशक्तिमान राष्ट्रपति हुने हो ।
तर पुष्पकमलको देशमा कुनै रोल म देख्दिन । उहा ओरालो लाग्दै जानुभएको छ । आफु कसरी जोगिने भन्नेमा उहा लाग्नुभएको छ । संघीयता र धर्मनिरपेक्षताको कुरा छाडिदियो भने पनि जसले त्यसका लागि पहिले पैसा दिएको थियो, त्यसले च्याप्छ । त्यसले के तलाई भनेर सजाय गरिहाल्छ ।
प्रचण्डलाई त तपाईले धेरै तल पुयाइदिनुभएको नि ?
भएको कुरा हो । मान्छेसग होराइजन नभएपछि यही गति हुन्छ । सधैं कुम हल्लाएर , मुख हल्लाएर, टाउको हल्लाएर उनी जोगिदैनन् । उहाको अनुहारमै भिषण तनाव पढ्नसक्नुहुन्छ ।
एमालेका अध्यक्ष केपी ओलीको भूमिकालाई कसरी लिनुभएको छ ?
उहाको भूमिकालाई सकारात्मक रुपमा नै हेर्छु । भोलीका दिनमा एमालेले षड्यन्त्र गर्यो गयो भने पनि ओलीलाई दोष जाने देख्दिन । किनभने आजसम्म ओलीको जे अडान छ, त्यो एकदम ठिक कुरा हो । किनभने देश भनेको बजारमा गएर सुन्तला किन्ने जस्तो विन विनको कुरा होइन भनेर उहाले भन्नुभयो नि त्यो सही कुरा हो, यो मोलतोलको कुरा होइन । देशको टुक्रा पसलमा बिक्रि गर्न राखेको रोटीको टुक्रा जस्तो त होइन नि ।
यसो भन्दा त तपाईलाई पनि केहीले पश्चगमनकारी रहेछ भन्लान् नि ?
देशको मामिलामा अग्रगमन र पश्चगमनको कुरा छैन । जे कुरामा देशको अडान हुनुपर्छ, त्यो कुरा केपी ओलीमा अहिले छ, त्यो कुराको समर्थन गर्दा कसैले जसले जे भन्छ भन्छ, म मतलब राख्दिन ।
प्रधानमन्त्री तथा कांग्रेसका सभापति सुशील कोइरालाको भूमिकालाई कसरी हेर्नुभएको छ ?
उहाँलाई असाध्यै निरिह, दयनिय, बेकामको, बेकारको, कुनै दृष्टिकोण नभएको व्यक्तिका रुपमा हेर्छु । मन्त्रीपरिषद्मा आफुले लगेको प्रस्तावमा कुनै मन्त्रीले अस्वीकार गर्छ भने पास गराउन सक्नुभएको छैन । प्रधानमन्त्रीय प्रणाालीमा त्यस्ता मन्त्रीलाई फायर गराएर निर्णय गराउन सक्नुपर्छ । त्यस्तो पनि कतै प्रधानमन्त्री हुन्छ ? बरु आफैंले राजिनामा दिए हुन्छ नि । कोही अर्काे मान्छे प्रधानमन्त्री हुन आउछ । एउटै कुरा के राम्रो देख्छु भने ओलीले लिएको अडानमा समर्थन जस्तो गरिरहनुभएको छ, त्यो राम्रै छ ।
देशलाई सही बाटोमा लैजान नेताहरु कसरी अघि बढ्नुपर्छ भन्ने सुझाव दिनुहुन्छ ?
मलाई कस्तो लाग्छ भने धेरै नेपालीहरु जून हिसाबले बिदेशमा काम गर्न गएका छन्, त्यसरी बिदेशमा गएर हण्डर खाएर महिनामा १०।१५ हजार कमाउने अवस्थामा देशमा हुनुहुदैन ।
काठमाडौंका बिदेशी दुतावासमा बसेर गरिएका निर्णय लागू हुनु हुदैन । बिदेशीले पैसा बाड्ने अवस्था आउनु हुदैन । यस्ता सयौं कुरा छन् । नेपाललाई बलियो बाटोमा लैजानुपर्छ । २०४७ सालको संविधानजस्तो बिश्वको उत्कृष्ट संविधान भन्ने अनि त्यसको आफैंले जिम्मेवारी नलिने अवस्था हुनुहुदैन । सबैले जिम्मेवारी लिने संविधान बनाउनुपर्छ । source drishtinews
Advertisement