-यसकारण पिउँदै नपिउनुस् कोक पेप्सी खतरा हुन्छ... थाहा पाई राखौं
Advertisement
हुन त कोल्ड ड्रिङ्क्स भनिने कोक पेप्सी र फ्यान्टा मिरिण्डा निक्कै लोकप्रिय हुँदै गएका छन् । आजकल कोल्डड्रिङ्क्स नपिउने त कमै होलान् । तपाइँ पनि पिउनु हुन्छ होला ? यदि तपाइँ कोक पेप्सी पिउँदै हुनु हुन्छ भने एक पटक ध्यानपूर्वक पढ्नुस् ।
पेटमा पसेर के गर्छ कोको पेप्सीले ?
पिउँदा स्वादिलो लागेपनि यसले पेटमा घातक अवस्था सृजना मात्र गर्दैन विभिन्न रोग समेत पैदा गर्छ । पढ्नुस् कोक पेप्सीले पेटमा के गर्छ ।
पिएको १० मिनेटमा
एक गिलास कोकपेप्सीको माध्यमबाट १०-११ चम्चा चिनी शरीरमा भित्रिन्छ र आन्तरिक प्रणालीमाथि आक्रमण शुरु गर्छ । तपाइँलाई अचम्म लाग्यो होला तर अचमम्मित नहुनुस् । किनकि १०-११ चम्मा चिनी भनेको २४ घण्टामा शरीरलाई चाहिने सम्पूर्ण कयालोरी हो त्यस बराबर चिनी एकै पटकमा भित्रन्छ ।
त्यति धेरै क्यालोरी शरिरले सहन गर्न सक्दैन । त्यसैले आन्तरिक आक्रमण शुरु गर्छ । अर्को एउटा जिज्ञासा तपाइँको मनमा उठ्न सक्छ के त्यो १०-११ चम्चा चिनी अतिचार गुलियो किन नभएको । एकैचोटी त खानै नसक्ने हुनु पर्ने । तर थाहा पाइराख्नुस् कोक पेप्सीमा प्रयोग हुने कृतिम चिनीमा विद्दमान गुलियो स्वाथलाई मत्थर पार्न फस्फोरिक एसिड प्रयोग गरिएको हुन्छ ।
२० मिनेट भित्र
रगतमा सुगरको मात्रा ह्वात्तै बढ्छ । बढेको सुगरलाई पचाउन परिवर्तित गर्न कलेजोले ठूलो मेहनत गर्नु पर्छ । तर यसका लागि अत्याधिक मात्रामा इन्सुलिन प्रज्जवलित हुनु पर्छ । ४० मिनेटपछि उक्त पेय पदार्थमा निहित क्याफिन पूर्णरुपेण शरिरमा अवशोषित हुन्छ । उक्त अवशोषित क्याफिनको प्रभावले आँखाको परेला लखतरान हुन्छन् । रक्तचाप बढ्छ । साथै कलेजोले छान्न नसकेर सुगर फर्काएर रक्त प्रवाहमा पठाइदिन्छ
४५ मिनेट भित्र
रगतमा डोपाइमाइन नामक हार्मोनको वृद्धी हुन्छ जसले तुरुन्तै दिमागलाई क्षणिक तृप्ति दिने संवेदना केन्द्रलाई उत्तेजित पार्छ । यस्तो उत्तेजना क्षणिक हुन्छ तर ठ्याक्कै हेरोइनको जस्तो हुन्छ ।
६० मिनेट भित्र
शरिरमा सुगरको स्तर ह्वात्तै बढ्छ । रगतमा सुगरको ब्यापक उतार चढाव हुन्छ । ब्यक्तिलाई ब्यग्र बेचैन तथा अशान्त बनाउँछ । जोर्नीहरु दुखेको जस्तो अवस्था पनि हुन्छ । कोक पेप्सी पचाउन शरिरका हड्डीहरुबाट समेत क्याल्सियम म्याग्नेसियम र जिङ्क शोषित हुने गर्छ ।
दीर्घकालीन परिणामकोरुपमा कोको पेप्सी पिउँदाः
१ अनियन्त्रित मोटोपन
२ उक्त रक्तचाप
३ उच्च कोलेष्ट्रोल
४ मधुमेह हृदयरोग
५ हृदयघात
६ अनिद्रा
७ मानसिक विक्षिप्तता
८ क्यान्सर
९ बंशाणु क्षय
१० नपुङ्षकता
११ ब्रेन ट्यूमर
१२ अष्टियोपोरेसिसस आदि आदि समस्या देखिन सक्छ ।
source .nepaliheadlines
Advertisement