एन्ड्रोइड फोनमा एकाउन्ट कसरी बनाउने थाहा छ?
Advertisement
एन्ड्रोइडको गुगल प्ले स्टोर(Google Play Store) बाट कुनै पनि गेम अथवा याप (Games or Apps) डाउनलोड गर्नको लागि तपाईँले आफ्नो मोबाईलमा गुगल एकाउन्ट बनाउन जरुरी हुन्छ। एस्ता एकाउन्टहरू जीमेल एड्रेस (gmail address) अथवा यूजरनेम (username) बाट स्थापित गर्न सक्नहुन्छ।
तपाईँको मोबाईलमा गुगल एकाउन्ट राख्ने केही चरणहरू तल उल्लेखित छन्।
१. आफ्नो डिभाइसको मुख्य ‘सेटिङ्ग्स'(Settings) मेनु खोल्नुहोस्।
२. ‘एकाउन्ट्स'(Accounts) भन्ने मेनुमा गएर ‘एड एकाउन्ट'(Add account) मा ट्याप गर्नुहोस्।
३. त्यहाँ ‘गुगल'(Google) भन्ने विकल्प छान्नुहोस्।
४. यदि तपाईँसँग जीमेल(G-mail) को एकाउन्ट छ भने ‘एक्जिस्टिङ्ग'(Existing) रोज्नुहोस् अथवा नयाँ एकाउन्ट बनाउन चाहनुहुन्छ भने ‘न्यू’ (New) रोज्नुहोस्।
५. त्यसपछि त्यहाँ प्रस्तुत गरिएको निर्देशन पालन गर्दै जानुहोस्।
६. गुगल एकाउन्ट थपिसकेपछि, गुगल प्लेबाट याप्सहरू किन्न अथवा डाउनलोड गर्न चाहनुहुन्छ भने मुख्य मेनुमा भएको ‘प्ले स्टोर'(Play Store) अथवा ‘गुगल प्ले'(Google Play) मा गएर डाउनलोड गर्नुहोस्। source .nepaliheadlines
Advertisement