‘आफन्तलाई कोटा बाँड्न निःशुल्क भिसा’
Advertisement
काठमाडौं । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले आफ्नो र आफन्तको व्यवसायलाई फाइदा पुग्ने गरी वैदेशिक रोजगारीमा जाने कामदारका लागि शून्य लागतको निर्णय गरेको व्यवसायीले आरोप लगाएका छन्।
राज्यमन्त्री गुरुङले गएको शुक्रबार यिनै कम्पनीलाई फाइदा पुग्ने गरी मलेसिया र खाडीलगायत छवटा मुलुकमा जाने कामदारका लागि निःशुल्क टिकट र भिसा लागु गर्ने निर्णय गरेको व्यवसायीहरूको आरोप छ।
सरसर्ती हेर्दा शून्य लागतको निर्णय कामदारका पक्षमा देखिए पनि भित्री खेल आफ्नो र आफन्तको व्यवसाय हितका लागि भएको उनीहरूको तर्क छ।
व्यवसायीहरूका अनुसार राज्यमन्त्री गुरुङले आफ्नो विशेष सम्बन्ध प्रयोग गरेर कतार फाउन्डेसन र मलेसियाको फेक्स्ट्रोनिक कम्पनीबाट ठूलो संख्यामा निःशुल्क टिकट र भिसामा कामदारको माग ल्याउँदैछन्। उनी यी सबै कोटा आफ्नो र आफन्तका कम्पनीका लागि बाँड्ने योजनामा छन्।आजको नागरिकमा समाचार छ । source nepalsandesh.
Advertisement