वर्षौं पछि जंगिए पहाडी, सिके राउतलाई ब्याकफोर्स गर्ने सस्थाको विरोध
Advertisement

२८ जेठ, काठमाडौं।
गणतन्त्रप्राप्तीको आन्दोलनमा सक्रिय नागरिक अगुवा कृष्ण पहाडीले धेरै लामो समयको गुप्तवासपछि मुख खोलेका छन्। पहाडीले कुनैबेला आफैले काम गरेको अन्तराष्ट्रिय सस्था एमनेस्टी इन्टरनेशनलको विरोध गरेका हुन्।Krishna Pahadiएक विज्ञप्ती जारी गर्दै उनले एम्नेस्टी इन्टरनेशनलले नन्द प्रसाद अधिकारी र सिकेको राउतको विषयलाई लिएर सो सस्थाको भुमिकाको बारेमा प्रश्न उठाएका हुन्।

पहाडीले न्यायको माग गर्दै अनसनरत सत्याग्रही नन्दप्रसाद अधिकारीको अस्पतालको शैयामा मृत्यु भएको लगायतको घटनामा एमनेष्टी इन्टरनेशनल अन्तर्राष्ट्रिय सचिवालयको मौनताको कारण खोजेका छन्। उनले सिके राउतको सन्दर्भमा पनि एमनेस्टी इन्टरनेशनले भुमिकाको कडा विरोध गरेका छन्।
‘सन् २०१४को सेप्टेम्बर महिनामा नेपालमा पक्राउ परेका अलग मधेश राष्ट्र वकालत गर्ने, सशस्त्र विद्रोहको आव्हान गर्ने सि.के. राउतको गिरफ्तारीका सम्बन्धमा एकातिर नेपाल सरकारले अवलम्बन गरेको प्रक्रियागत त्रृटि अर्कातिर एमनेष्टी इन्टरनेशनलको विश्वसनीयताका कारण प्रारम्भमा एमनेष्टीले गरेको आग्रह स्वभाविक नै मानिएको थियो । तर पछिल्लो चरणमा २०१४ कै डिसेम्बर महिनामा एमनेष्टी इन्टरनेशनल अन्तर्राष्ट्रिय सचिवालयबाट पुनः राउतको विषयमा सार्वजनिक गरिएको धारणा र २०१५को वार्षिक प्रतिवेदनमा तराइमा ज्यादति शिर्षकमा राउतको प्रसङ्ग फरक ढंगले उल्लेख भएको घटनाले एमनेष्टीको विश्वसनीयता र नियत माथि विभिन्न कोणबाट प्रश्न उठेको छ भने राउतले नेपाली महिलाहरुको अस्मितामाथि प्रहार गर्दै दिएको लगायतका अनेकौ आपत्तिजनक र मानवताविरोधी मन्तव्य र राउतका पछाडि निरन्तर एमनेष्टीको व्याकिङ भएको भान पर्नुले एमनेष्टीका हजारौ शुभचिन्तकहरुलाई मर्माहत बनाएको छ ।,उनको विज्ञप्तीमा उल्लेख छ।
एमनेष्टीप्रतिको निस्वार्थ समर्थनको दुरुपयोग भएको गुनासो धेरैतिरबाट सुन्दै आएको सन्दर्भमा चाडै नै मैले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने स्थिति पैदा भएको पनि विज्ञप्तीमा उल्लेख छ। पहाडीले एममनेष्टी इन्टरनेशनल अन्तर्राष्ट्रिय सचिवालयमा कार्यरत केही व्यक्तिहरुको निहित स्वार्थका कारण नेपालको सन्दर्भमा एमनेष्टी इन्टरनेशनलले बाटो विराएको पनि बताएका छन्। एमनेष्टी इन्टरनेशनल अन्तर्राष्ट्रिय सचिवालयले माथि उल्लेखित सन्दर्भमा गल्ती स्वीकार गरी क्षमा याचना नगरेसम्म एमनेष्टी इन्टरनेशनलको अभियानमा कुनै समर्थन नरहने र एमनेष्टी इन्टरनेशनलका कार्यक्रमहरुमा संलग्नता नरहने पनि प्रष्ट पारेका छन् ।source:npheadlines

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.