ढुंगाले छोपेर ल्याएको काठ समायो प्रहरीले
Advertisement

सिरहा, असार ७ - सिरहाको मुक्सारबाट गोलबजारतर्फ ल्याईरहेको अवस्थामा ना ३ त २६३९ नम्वरको ट्रयाक्टर सहित ३५ क्यूविक फिट साल तथा साजका चिरान काठ सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।  गोलबजार सशस्त्र प्रहरी बेस क्याम्पले शुक्रबार राती लालपुर–८ बाट त्यो काठ पक्राउ गरेको छ ।  चेकजाँच गर्दा ट्रयाक्टरको ट्रलीमा माथिबाट ढुंगाले छोपेर मुनि लुकाएको काठ फेला पारेको सशस्त्र प्रहरी बेस क्याम्प प्रमुख इन्सपेक्टर लिलाबहादुर कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार सुराकीको आधारमा त्यहाँ पुगेका प्रहरीले ट्क्याक्टर रोकेर चेक गर्ना साथ चालक भागेपछि ट्रयाक्टरमा खानतलास गर्दा २८ थान चिरान फेला परेको हो । ट्रयाक्टर फेला परेको क्षेत्रमा झाडी भएको र रातको समय भएकोले ड्राइभर भाग्न सफल भएको प्रहरीले जनाएको छ । बजार मूल्य अनुसार पक्राउ परेको काठको मूल्य ५० हजार रुपैयाँ भन्दा बढी हुने अनुमान छ । 

इलाका वन कार्यालय जमहदका सहायक वन अधिकृत चन्द्रनारायण राउतले आफूहरुसँग जनशक्ति नभएको हुँदा काठ तस्करी नियन्त्रण गर्न समस्या भएको बताउनुभयो । पक्राउ परेको काठसहित ट्रयाक्टर जिल्ला वन कार्यालय लहानलाई बुझाइएको छ । तस्करहरुले उदयपुरको राष्ट्रिय बनबाट चिरान काठ ल्याएर सिरहा हुँदै भारतीय बजारसम्म लैजाने गरेको स्थानीयबासिन्दाको भनाई रहेको छ ।    स्रोत # उज्यालो अनलाइन  



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.