साइबर हमलाले ४ खर्ब डलर नोक्सान : वर्षेनी २ लाख बेरोजगार
Advertisement
तपाइँ आफुलाई अनलाइनमा कत्तिको सुरक्षित राख्न सक्नुभएको छ । जानी जानी आफुलाई कतै साइबर हमलाको सिकार बनाउनु भएको त छैन ? तपाइँको असावधानीले गर्दा हुने साइबर आक्रमणले केवल तपाइँलाई मात्र क्षति हुँदैन यसले विश्वको अर्थतन्त्रमै प्रभाव पार्छ ।
पछिल्लो अनुसन्धानले विश्वमा साइबर आक्रमणको दर चुलिँदै गएको र यसले विश्वको अर्थतन्त्रलाई नै ठूलो नोक्सान पूराएको तथ्य सार्वजनिक गरेको छ । अमेरिकाको क्यालिफोर्नियामा रहेको म्याक पि|m ले गरेको अनुसन्धान अनुसार साइबर आक्रमणका कारण विश्व अर्थतन्त्रमा वर्षेनी ४ अर्ब डलर नोक्सान पुग्ने गरेको छ । रिपोर्ट अनुसार साइबर अपराध अहिले यस्तो ठूलो व्यवसाय बनेको छ की यसबाट आर्जन हुने धन विश्वका धेरै देशको कुल सम्पत्ति भन्दा पनि धेरै छ । आम्दानी हुने व्यवसायमा यदि गणना गर्ने हो भने साइबर अपराध बढि राजश्व आम्दानी गर्नेमा २७ औँ स्थानमा पर्छ ।
साइबर अपराधबाट हुने क्षति विश्वको कुल गाहर््रस्थ उत्पादनको ०.५ प्रतिशत छ । साइबर अपराधले विश्वको अर्थतन्त्रमा पूराएको क्षति अवैध लागु औषध, पाइरेसी जस्ता अवैध धन्दाले पूराएको क्षति सरह भएको ग्लोबल कष्ट अफ साइबर क्राइम नामको उक्त अनुसन्धान रिपोर्टमा उल्लेख छ । म्याक प|mीको यो रिपोर्टको अहिले विश्वव्यापी विश्लेषण भैरहेको छ । साइबर सुरक्षा विज्ञहरु, तथा युरोपेली युनियन सम्बद्ध एजेन्सीका साथै नेटोले पनि यस विषयमा गहन अध्ययन थालेको र साइबर हमला रोक्नका लागि चाल्नुपर्ने कदमका विषयमा विचार विमर्श गहन रुपमा सुरु गरेको बताइएको छ । साइबर हमलाका विषयमा सर्वसाधारणमा चेतना तथा ज्ञानको कमी सबैभन्दा ठूलो चुनौति भएको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टमा साइबर अपराध उद्योगकै तहमा स्थापित भैसकेको र पेसेवर साइबर अपराधीहरुले विभिन्न संजाल मार्फत यसको धन्दा चलाइरहेको बताइएको छ । प्रतिवेदनका अनुसार साइबर अपराधकै कारण विश्वमा वर्षेनी २ लाख जनाले आफ्नो जागिर गुमाउनु परेको छ । साइबर अपराधीले प्रतिष्ठामा आँच पूराउने तथाआर्थिक क्षति जस्ता कारणले गर्दा मानिसहरुले जागिर गुमाउनु परिरहेको छ ।