विश्वकप फुटबल : मेस्सी र रोनाल्डोका लागि अग्नि परिक्षा
Advertisement

विश्वका समकालीन फुटबलरहरुमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र पोर्चुगिस स्टार क्रिस्टियानो रोनाल्डो अहिलेका सबैभन्दा चर्चित खेलाडी हुन् । त्यसैले यी खेलाडीहरुमा असल फुटबल खेलाडीमा हुनुपर्ने क्षमताको कमी छ भन्नु अतिसयोक्ति नै हुन्छ । यी दुइ भाइ फुटबलहरु समकालीन फुटबलको तथ्यांकीय तथा प्रतिस्पर्धात्मक दौडमा समेत तछाड मछाडको स्थितिमा छन् र धेरै नयाँ किर्तिमान कायम गरिसकेका छन् । यद्यपि विश्वकपको इतिहासमा भने यी दुबै खेलाडीले सफलताको चुली चुम्न बाँकी नै छ । फुटबलको अमरत्वबाट उनीहरु दुबै के कारणलेे टाढा छन् त ? गोल, गुणस्तर, स्टाइल, क्लबको सम्मान तथा व्यक्तिगत सफलता सायद सबै उनीहरुले आत्मसात गरिसकेका छन् । यो मामिलामा दुबैजना पेले तथा म्याराडोनाको समकक्षमै छन् र जिनेदिन जिदान तथा जोहान क्रुफ जस्ता महान फुटबलरलाई त माथ नै गरिसकेका छन् । तर उनीहरुका लागि सबैभन्दा खटि्करहेको विषय भनेकै विश्वकप फुटबल हो, अर्थात् विश्वकपमा आफ्नो देशलाई सफलता दिलाउनु । कुनै व्यक्तिगत गोल वा एउटा विजय होइन समग्र प्रतियोगितामै आफ्नो देशको टोलीलाई हावी बनाएर आफुलाई परिभाषित गर्न भने सकिरहेका छैनन् दुबैले ।

म्याराडोनाले सन् १९८६ मा आफ्नो बलबुताले अर्जेन्टिनालाई विश्वकप दिलाए । पेलेले त दुइ पटक नै ब्राजिललाई विश्वकप जिताए । राष्ट्रिय टिम हारेपनि क्रुफ र रोबर्टो बागियोले विश्वकप फुटबल प्रतियोगितामा उत्कृष्ट खेल देखाएर सबैलाई प्रभावित पारे । विश्वकप फुटबल यस्तो अवसर हो जसले खेलाडीको चिनारी नै परिवर्तन गरिदिन्छ र प्रतिष्ठा बढाइदिन्छ । सन् १९८६ को विश्वकपमा मेक्सिकोका ग्यारी लिनेकरले ६ गोल गरेर गोल्डेन बुट जित्दै देशका लागि इतिहास रचे ।

रोनाल्डो र मेसी दुबै जनाले क्लब फुटबलमा धेरै किर्तिमानी जित तथा सफलता हात पारिसकेका छन् । यी दुइका टिमले ५ च्याम्पियन्स लिग जितेका छन् भने पछिल्ला चार वर्ष खेलाडीको उपाधि यिनीहरुले नै जितेका छन् । तर, राष्ट्रिय टीममा यी दुबैले चमत्कार गर्न सकेका छैनन् । अहिलेको विश्वकप फुटबल यी दुबै खेलाडीको लागि सबैभन्दा ठूलो अवसर हो, आफुलाई प्रमाणित गर्न । आफ्नो करिअरको सबैभन्दा स्वर्णिम क्षणमा रहेका मेस्सी र रोनाल्डोको उमेर अर्को विश्वकप सम्म ढल्किसकेको हुनेछ, त्यसैले अहिलेसम्म आफुलाई राष्ट्रिय टिमको समेत सबल खेलाडीको रुपमा सावित गर्न यो समय उनीहरुको लागि सबैभन्दा उत्तम समय हो ।

विश्वकप फुटबलमा अहिलेसम्म विभिन्न खेलमा गरी ५७१ मिनेट खेलका मेस्सीले अर्जेन्टिनाका लागि केवल १ गोल मात्र गर्न सकेका छन् भने ७५४ मिनेट खेलेका रोनाल्डोले केवल दुई गोल । जबकी पेलेले आफ्नो करिअरमा विश्वकपमा १२ तथा रोनाल्डोले १५ गोल गरेका थिए । यद्यपि विश्वका कतिपय महान फुटबलहरुले विश्वकप फुटबलमा राम्रो खेल प्रदर्शन गर्न नसकेका प्रसस्तै उदाहरण छन् । कतिपय शारीरिक चोट, मानसिक दबाव तथा विपक्षी खेलाडीहरुको अत्यधिक घेराइको सिकार हुन्छन् । रोनाल्डो र मेस्सीमाथि पनि यस्तो दबाव तथा असहजता पक्कै छ । स्मरण रहोस् विश्वकपमा जम्मा १ गोल गरेपनि २६ वर्षका मेस्सीले अर्जेन्टिनाको तर्फबाट अहिलेसम्म ३७ अन्तराष्ट्रिय गोल गरिसकेका छन् भने क्लब प्रतिस्पर्धामा २४३ गोल गरिसकेका छन् । २९ वर्षका रोनाल्डोले ४९ अन्तराष्ट्रिय गोलका साथै क्लबस्तरीय प्रतिस्पर्धामा २६४ गोल गरेका छन् ।

विश्वकपमा पोर्चुगललाई पुर्‍याउनका लागि छनोट खेलमा रोनाल्डोको योगदान पक्कै पनि निणर्ायक थियो । पोर्चुगिस टोलीका कप्तान रहेका रोनाल्डोले स्विडेनसँग भएको प्लेअफमा ४ गोल गरेका थिए । मेस्सीले भने खासै जादू प्रदर्शन गर्न सकेनन् छनोट खेलमा पनि । विश्वकप फुटबलको उपाधि आखिर केवल एउटा देशले मात्रै जित्ने हो । तर यो धेरै खेलाडिका लागि आफुलाई स्थापित गर्ने र आफ्नो करिअर मजबुत बनाउने अवसर हो । रोनाल्डो र मेस्सीका लागि समेत यो प्रतियोगिता आफुलाई उत्तम खेलाडी सावित गर्ने अग्नि परिक्षा हो भन्दा फरक पर्दैन ।



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.