सोमालियाको राजधानी मोगादिसुमा भएको कार बम विस्फोटमा चिकित्सकको मृत्यु
Advertisement
उक्त अस्पताल सोमालिया रेड क्रिसेन्ट सोसाइटी र इन्टरनेसनल कमिटी अफ द रेडक्रस (आइसीआरसी) को सहयोगमा सञ्चालन भइरहेको बताइएको छ । यस आक्रमणमा एक चिकित्सकको मृत्यु हुनुको साथै अन्य सर्वसाधारण पनि घाइते भएको जनाइएको छ । प्रत्यक्षदर्शीका अनुसार यस विस्फोटमा परी अस्पतालमा उपचारको क्रममा आएका बिरामीसमेत घाइते भएका छन् । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । तर मोगादिसुमा बारम्बार अल कायदासँग आवद्ध सिबाव विद्रोहीले आक्रमण गर्दै आएका छन् । स्रोत # रातो पाटी

Advertisement