विश्वकप फुटबल हेरिरहेको ठाउँ मा विस्फोट,२१ व्यक्तिको मृत्यु
Advertisement

कानो, (नाइजेरिया), असार ४ – उत्तरी नाइजेरिकाको दामातुरुमा सार्वजनिक स्थलमा विश्वकप फुटबल हेरिरहेका व्यक्तिलाई लक्ष्यगरी गरिएको एक विस्फोटमा २१ व्यक्तिको मृत्यु भएको समाचार छ । उक्त जानकारी चिकित्सक स्रोतले बुधबार एएफपी समाचार समितिलाई दिएको छ । अस्पताल स्रोतका अनुसार नायी नामा क्षेत्रमा मङ्गलबार राती भएको यस विस्फोटबाट २१ व्यक्तिको मृत्यु भएको र २७ घाइते भएका छन् ।


 सार्वजनिक स्थलमा देखाइने विश्वकपको ब्राजिल र मेक्सिको खेल भइरहेको अवस्थामा सो विस्फोट गराइएको थियो । नाइजेरियाली सरकारले  यो विस्फोट बोको हराम आतङ्ककारी समूहले गराएको दाबी गरेको छ । सो समूहले सन् २००९ यता नाइजेरियामा भिषण आक्रमण गर्दै आएको छ । यस आक्रमणबाट फुटबल हेरिरहेका युवक र बालबालिकाको मृत्यु भएको जनाइएको छ । 


Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.