सेक्समा सन्तुष्टि भएन ? ल यसो गर्नुस्
Advertisement
गहिरो श्वास-प्रश्वास लिनुपर्छः चरमसुखको सुखद् अनुभव हाम्रो पूरा शरीरले गर्छ र यसको प्रारम्भ श्वास-प्रश्वासबाट हुन्छ। चरमसुखको सुखद् अनुभवको आनन्द उठाउन श्वाससित खेल्नुपर्छ। सहवासका बेला श्वासतर्फ ध्यान दिनुपर्छ। श्वास कहिले गहिरो हुन्छ त कहिले कम हुन पुग्छ। चरमसुख नजिक पुग्नेबित्तिकै गहिरो श्वास लिदै छोड्नुपर्छ। अक्सिजनले शरीरको रक्तप्रवाहलाई तीव्र गर्छ। यसबाट चरमसुख प्राप्ति सहज हुन्छ। जति बढी अक्सिजन लिइन्छ, चरमानन्द उति नै रमाइलो र स्थायी हुन्छ।
शरीरसित खेल्नुपर्छः यौनसम्पर्कका बेला शरीरलाई सक्रिय राख्नु आवश्यक छ। अधिकांश महिला यो अवस्थासम्म पुगेपछि शरीरलाई एकदम कडा पार्छन्, जुन गलत हो। राम्रो र सुखद चरमसुखका लागि शरीरको पर्याप्त प्रयोग गर्नुपर्छ। अलग-अलग शारीरिक गतिविधि प्रयोग गर्नुपर्छ।
कामोत्तेजक अंगको प्रयोगः चरमसुख अनुभव गर्न यौनाङ्गतर्फ मात्र ध्यान केन्द्रित गर्नुको साटो अरू कामोत्तेजक अंगहरू जस्तै नितम्ब, ओठ, स्तन, पिठ्युँ, कानको आसपासको भाग, स्तनको मुन्टो आदि अंगलाई प्रेमपूर्वक सुमसुम्याउनुपर्छ, चुम्बन गर्नुपर्छ र साथीलाई पनि यसो गर्नका लागि प्रेरित गर्नुपर्छ।

Advertisement