बोक्सीको आरोपमा दलित बृद्धालाइ गम्भिर कुटपिट !!!
Advertisement
रौतहट, असार ३–नेपाल प्रहरीले गाँउ गाँउमा चेतनामुलक कार्यक्रमको आयोजना सञ्चालन गरीरहेकै बेला रौतहट स्थित एक दलितबृद्धालाइ केही मानिसले बोक्सीको आरोपमा गम्भिररुपले कुटपिट गरेका प्रकासमा आएको छ ।
दैलोमा गालिगरेको हेरेर प्रतिवाद गर्नखोज्दा सो समुहले चुल्ठी समाती भुइमा लडाएर हातको मुडकी र लातीले कुटपिट गरेका थिए । समुह मध्येका सम्पतिया रामले मानव मुत्र ख्वाउन अग्रसरता देखाएको कारण घरभित्र पसेर ढोकाको चुकुल लगाइ ज्यान जोगाएको पिडित कन्चन रामले बताइन । मानव भएर आफुसंग अमानविय ब्यवहार गर्दा पनी छुटाउन कुनै छिमेकी नआएको पिडित रामले रुँदै बताइन । घरको आंगनमा गाली गलौज र होहल्ला हेरेर बाहिर निक्लेकी छोरी रन्जिुलाइ समेत उनीहरुले गम्भिररुपले कुटपिट गरेको उनले बताइन ।
पछिलो तिनबर्ष अघि गाँउकै एकजना मुसहरका बुहारी बिरामी परेदेखी आफुलाइ बोक्सी भएको भन्दै पिडकहरुले पटक पटक मान्सिक यातना दिदै आएका छन । सोही ताका देखी इन्दिरालाइ जादुटोना गरेर दिमाख बिगारेको भनेर बिपत रामका परिवारजनले पटक पटक दुबर््यवहार गदैआएको पिडित परिवारले जनाएको छ ।
शुक्रवार राती कुटाइखाएकी आमा छोरीको एकदिन स्थानिय स्तरमा र आइतवार देखी गरुडास्थित हेल्थल्याण्ड अस्पतालमा उपचार भइरहेको पिडितका श्रीमान रामभरोसी रामले बताए । डाक्टर राकेश चौधरीले कन्चनको स्वाश्थ्य अवस्था क्रमश सुधार भएको बताए । घटनाबारे आवशयक अनुसंधान तथा आरोपीको खोजीकार्य भइरहेको महिला तथा बालबालिका शेवाकेन्द्र गरुडाले जनाएको छ ।

Advertisement