बेलायतमा बढ्दैछ सम्भोगको दर, वर्षमा ९ करोड पटक
Advertisement

विहानीको चिया तथा साँझको खानासँगै समेत सम्भोग गर्नमा पोख्न भनेर चिनिन्छन् बेलायतीहरु । हालैको एक सर्भेक्षणले पनि बेलायतीहरुमा सम्भोगको दर उच्च रहेको देखाउनुले यो कुरा पुष्टि हुन्छ । क्याम्बि्रज विश्वविद्यालयका शोधकर्ता डेभिड स्पाइजेलहाल्टरका अनुसार बेलायतमा हरेक एक मिनेटमा २५ सय जनाले सम्भोग गर्छन् । यसको अर्थ बेलायतमा एक वर्षमा ९० करोड पटक सम्भोग गरिन्छ । शोधकर्ता डेभिडका अनुसार सम्भोगको दर उच्च भएपछि गर्भधारणको दर भने निकै कम छ । अर्थात् वर्षभरि गरिने सम्भोग मध्ये केवल ०.०९ मात्र गर्भमा परिणत हुन्छन्, यसको अर्थ बेलायतमा ७ लाख ७० हजार बच्चा जन्मिन्छन् ।


बेलायतमा पछिल्ला दशकहरुमा सम्भोगप्रतिको धारणामा कसरी परिवर्तन भैरहेको छ ? भन्ने विषयमा थालिएको वृहत अध्ययनको एक भागको रुपमा प्रस्तुत सर्भेक्षण गरिएको थियो । गर्भाधारणको दर निकै घट्नुमा महिलाहरु असरदायी सम्भोगबाट टाढिन खोज्नु हो । हरेक १ हजार द्धिलिंगी सम्भोगमध्ये केवल एउटा मात्र गर्भाधारण हुने गरेको छ ।
२० औँ सताब्दीदेखि बेलायतीमा सेक्सका विषयमा अवधारणात्मक परिवर्तन आउन थालेको शोधकर्ताको दाबी छ । खासगरी २० औँ सताब्दीमा महिलाहरु सम्भोगलाई खतरनाक विषयको रुपमा लिन्थे किनकी उनीहरु अनिच्छित गर्भ, अवैध गर्भपतन तथा विभिन्न खाले रोगको सिकार समेत बन्नुपथ्र्यो । तर अहिले महिलाका लागि समेत सहमतीय सम्भोग, सुरक्षित प्रसुती तथा गर्भनिरोधक उपाय भएकाले महिलाले सम्भोगमा बढि आनन्द लिन थालेका बेलायती यौन मनोविज्ञ तथा शोधकर्ता आन्ने जोनसनको भनाइ छ ।

बेलायतीहरुमा पछिल्लो समयमा बढि भन्दा बढि सम्भोग गर्ने इच्छा पलाउन थालेको शोधकर्ता बताउँछन् र किशोर किशोरीमा समेत सम्भोगको दर बढेर गएको छ । बेलायतमा हुने कुल सम्भोगमध्ये ३० प्रतिशत १६ वर्षमुनिका किशोर किशोरीहरुबीचमा हुने गरेको तथ्यले पनि यसलाई पुष्टि गर्छ । अझ रोचक कुरा त के भने ६५ देखि ७४ वर्ष उमेरका मानिसले पनि छिटो छिटो सम्भोग गर्ने गरेको पाइएको छ। यो उमेर समूहका ४२ प्रतिशतले गएकेा वर्ष कम्तीमा एक पटक सम्भोग गरेको बताए । स्रोत # अनलाइन खबर



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.