एसएसली प्रिन्सेसको उपाधि अलिसालाई !!!
Advertisement

चौथो एसएलसी प्रिन्सेस–२०१४'को उपाधि स्वयम्भू काठमाडौंकी १५ वर्षीया अलिसा श्रेष्ठले जितेकी छिन्। विभिन्न चरण हुँदै उत्कृष्ट १०मा छानिएपछि लिखित तर्फ सबै भन्दा राम्रो जवाफ दिएर उनले एसएलसी प्रिन्सेसको ताज जितेकी हुन् । अलिसाले टिभिएस स्कुटर, ए लेभल अध्यायनको पूर्ण छात्राबृति सहित विभिन्न उपहारसँगै आयोजकको रोजाईको अवार्ड पनि हाँसिल गरिन् । 

२०७० सालमा एलएससी परीक्षा दिएर बसेका विधार्थीहरु बीच सिजन मिडियाले सो प्रतियोगिता आयोजना गरेको थियो । सोमबार काठमाडौंमा सम्पन्न सो प्रतियोगितामा 'फस्ट रनरअप'को उपाधि अनुष्का थापाले प्राप्त गरिन् ।  निलुफा थापाले 'सेकेन्ड रनर अप', अस्मिता गौतमले 'थर्ड रनर अप' र अस्पु थापाले 'फोर्थ रनर अप'को उपाधि जिते। 


अस्पुले 'एसएमएस भोटर्स अवार्ड' पनि जितिन्। अनुष्का, निलुफा, अस्मिता र अस्पुले १२ कक्षासम्म अध्ययनको लागि राजधानीका विभिन्न कलेजबाट पूर्ण छात्राबृति र विभिन्न उपहार हाँसिल गरे। 

प्रतियोगितामा अन्य शिर्षकका उपाधि थिए। जसमा 'डिसिप्लेन अवार्ड' कृपा गुरुङले, 'एजुकेशन अवार्ड' किरण खत्रीले, 'फोटो जेनिक अवार्ड' श्लेशा लामिछानेले र 'मिस पङचुअल अवार्ड' जिन्टिना श्रेष्ठले प्राप्त गरे। 'बेस्ट स्किन'को उपाधि प्रतिज्ञा शर्माले, 'बेष्ट फ्रेण्डसिप'को उपाधि बेनाजियन राईले, 'बेष्ट हेयर'को उपाधि अनुसा कायस्थाले, 'बेष्ट स्माईल'को उपाधि कामना भट्टराईले प्राप्त गरे। 

'मिस ट्यालेन्ट'को उपाधि रोजा केसीले 'मिस पर्सनालिटी'को उपाधि शुलेक्षा महर्जनले, 'लन्डन फेशन हाउस बेस्ट ड्रेस'को उपाधि डिम्पल शर्माले पाए। डिम्पलले 'ब्युटिफुल आईज'को उपाधि पनि जितिन्। 

यस्तै आरजु गुरुङले 'मिस इन्नोसेन्ट', सिवानी भण्डारीले 'मल्टिमिडिया अवार्ड', रमिला श्रेष्ठले 'बेस्ट वाक अवार्ड' र आस्था बिस्टले 'भिवर्स च्वाईस' अवार्ड पाए। सोही प्रतियोगितामा  यस पटक एसएलसीमा ९० प्रतिसत ल्याएकी दिव्या नेपालले 'डिस्टिङसन अवार्ड' पाईन्।  

एलएससी परीक्षा दिएर बसेका छात्राहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति, उनीहरुलाई ब्रिजकोर्ष सेवा सहित विभिन्न उदेश्यले यो प्रतियोगिता गर्दै आएको आयोजक संस्था सिजन मिडियाका अध्यक्ष प्रदीप वन्तले कार्यक्रममा प्रकाश पारे।  स्रोत # सेतो पाटी


Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.