तिम्ल्याह सन्तानको जन्म
Advertisement

नुवाकोट, असार ३ - उर्लेनीमा एक महिलाले तिम्ल्याह सन्तानको जन्म दिएकी छिन् । जिल्लाको उर्लेनी गाविस ४ तितुङगाउँका २१ वर्षीया मंगली तामाङले आइतवार तीन सन्तानको जन्म दिएकी हुन् । स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मीको अभाव भएको विकट गाउँ उर्लेनी तितुङका मंगली तामाङले आफ्नै घरमा तीन सन्तानलाई जन्म दिएकी हुन् ।

गर्भवती अवस्थामा स्वास्थ्य परीक्षण समेत गर्न नपाएकी मंगलीबाट जन्मिएका तीनै सन्तान स्वस्थ रहेको छ । उनले दुई छोरा र एक छोरीको जन्माएको गाविस सहायक नकुल ओझाले बताए ।



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.