टिसिएलले ल्यायो ६५ इन्चको ‘यूएचडी स्मार्ट थ्रिडी टिभी’
Advertisement

काठमाडौं, असार ६ – टेलिभिजन निर्माता कम्पनी टिसिएलको ६५ इन्चको अल्ट्रा हाई डेफिनेशन ‘यूएचडी थ्रिडी स्मार्ट टेलिभिजन नेपाली बजारमा भित्रिएको छ । सिजी इलेक्ट्रोनिक्सको सिष्टर कम्पनी इओएल प्रालिले उक्त टेलिभिजन नेपाल भित्र्याएको हो । कम्पनीले बुधबार राजधानीको लाजिम्पाटस्थित शोरुममा पत्रकार सम्मेलन गरि टेलिभिजन सार्वजनिक गरेको छ ।

 नेपालमा यसको मूल्य ३ लाख ५० हजार रुपैंयाँ पर्ने बताइएको छ । नेपाली टेलिभिजन बजारमा ६५ इन्च क्याटगरिमा यो पहिलो यूएचडी थ्रिडी टेलिभिजन भएको कम्पनीका सेल्स एक्नेक्युटिभ चन्दन कुमार बगरियाले बताए । आकर्षक फिचरहरु रहेको यस टेलिभिजनमा अल्ट्रा हाई डेफिनेशन फोर (के) टेक्नोलोजी प्रयोग गरिएको हुँदा फुल हाई डेफिनेशन टेलिभिजनको तुलनामा यस टेलिभिजनको रेजुलेशन ४ गुना उच्चस्तरको रहेको छ । 

जसले गर्दा उच्च गुणस्तरको दृश्य हेर्न पाइन्छ । यो सेन्सरबाट चल्ने टिभी हो । मानिसको अनुहार र हातको इसाराले यसलाई सजिलै चलाउन सकिने कम्पनीले जनाएको छ । यसका लागि टेलिभिजनको होम पेजमा रहेको सेटिङ एप्समा गएर आफ्नो अनुहार वा हातलाई स्क्यान गरि सेटिङ गर्नुपर्ने हुन्छ । ‘यसमा रहेको सेन्सरले अनुहार वा हातलाई स्क्यान गरेर टेलिभिजनमा रहेको कम्प्यूटर सिष्टममा पठाइदिन्छ’ बगरियाले भने ‘पहिला सेटिङ गरेको अनुहार वा हातसँग मेल खाएमा टिभी सेन्सरबाट चल्न थाल्छ ।’ 

‘अगाडी बस्दा टिभी चल्छ भने कुनै कारणले निस्कँदा आफै बन्द हुन्छ, फेरी टिभी अगाडी आउँदा पुनः खुल्छ’ बगरियाले भने । सेन्सरका कारण हातले यस टिभीका अधिकांश फिचरहरु चलाउन सकिने पनि कम्पनीले जानकारी दिएको छ । सेन्सरलाई अफ र अन दुबै मोडमा राख्न सकिन्छ । टिभीमा कम्प्यूटरमा जस्तै इन्टरनेट चलाउन सकिन्छ । यसैबाट भाइबर कल गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

 त्यस्तै, ट्वीटर, फेसबुक, युट्यूव लगायतका एप्सहरु पनि सहज रुप्मा चलाउन सकिन्छ । अन्य एप्सहरु पनि एप्स स्टोरबाट डाउनलोड गरेर चलाउन सकिने छ । एन्ड्रोइड मोबाइल र ल्यापटपलाई टिभीमा कनेक्ट गरेर त्यसमा रहेका भिडियो, गितहरु, फोटोहरु हेर्न र सुन्न सकिन्छ । एन्ड्रोइड मोबाइलमा रहेको भ्वाइस कन्ट्रोलबाट पनि यो टिभीमा रहेका फिचरहरु चलाउन सकिने बताइएको छ । यसमा रहेको होम क्लाउड मेमोरीबाट अफुले सेभ गरेर राखेका फाइलहरु समेत हेर्न सकिने छ । यसमा सेन्सर टच रिमोट समेत रहेको छ । टिभीमै थ्रिडी गेमहरु रहेका छन् ।


 आवश्यकताअनुसार यस टेलिभिजनमा फोर(के) रेजुलेशनलाई टु(के)मा बदल्न पनि सकिन्छ । यस टिभीमा एन्ड्रोइड ४।२ जेलीबिन अपरेटिङ सिष्टम रहेको छ भने क्वार्ड कोर प्रोसेसर रहेको छ । जसले गर्दा टिभी छिटो चल्छ । यस टिभीमा २ वटा एचडीएमएल पोर्ट, २ वटा यूएसबी २।० पोर्टस्, यूएसबी ३।० पोर्टस्, एडी कार्ड स्लट, एभी पोर्ट, भिजिए पोर्ट, आरएफ, एसपीडीआईएफ र एलएएन पोर्ट रहेको कम्पनीले जानकारी दिएको छ । # रातो पाटी



Advertisement


,

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.