कहाँ हुन्छ भाग्य रेखा ? थाहा पाउनु होस्
Advertisement
तपाइँको हत्केलाको मध्य भागमा माझि औंलाको फेँदसम्म पुगेको हुन्छ भाग्य रेखा। त्यहाँको भागलाई शनि पर्वत भनिन्छ र हत्केलाको कुनै भागबाट शुरु भएको रेखा शनि पर्वतमा आर्इ पुग्छ भने त्यहीनै भाग्य रेखा हो। खासमा भाग्य रेखा कहाँबाट शुरु हुन्छ र कसरी शनी पर्वतमा पुग्छ भन्ने कुराले मान्छेको भाग्य कस्तो छ भन्ने थाहा हुन्छ।
जुन व्क्तिको हत्केलामा भाग्य रेखाको उदगम चन्द्र पर्वतमा हुन्छ त्यस्ता व्क्तिलाई स्त्रीको सहयोगमा भाग्य चम्किन्छ । कुनै स्त्री जीवनमा आउना साथ यस्ता व्क्तिको प्रगति हुन्छ। त्यस्तै कुनै केटीको हातमा यस्तो भाग्य रेखा भएमा पुरुषको सहयोगमा भाग्य चम्किन्छ । विहेपछि जुन काममा हात हाले पनि सफल हुन्छ।
जुन व्क्तिको भाग्य रेखा जीवन रेखाबाट शुरु हुन्छ त्यस्ता ब्यक्तिले जीवनमा मेहनतबाट सफलता पाउँछन्। त्यस्तै भाग्य रेखा हत्केलाको मध्य भागबाट शुरु हुने ब्यक्तिको जीवनमा धेरै संघर्ष गर्नु पर्छ। युवा अवस्था पुगे पछि मात्र यिनीहरूलाई भाग्यले अलि साथ दिन्छ।
भाग्य रेखाको उद्गम नाडी नजिककै मणि बंध रेखामा छ भने यस्ता व्यक्ति अत्यन्तै भाग्यमा नीरबलबान हुन्छन्। बुढी औंलाको नजिकै शुक्र पर्वत हुन्छ यसबाट भाग्य रेखा निस्केर शनी पर्वतमा पुगेमा यस्ता व्क्तिको भाग्य विवाहपछि चम्किन्छ।
Advertisement