पुलिसले खोजिरहेको गुन्डा नाइकेलाई प्रधानमन्त्रीले नै पठाए राहत बाँड्न
Advertisement
राहत बाँड्न कुन–कुन डनलाई खटाए प्रधानमन्त्रीले ?
काठमाडौं, जेठ १२ – भूकम्पपीडितलाई सहयोग गर्न बनाएका संयन्त्रमा दलहरुले डनहरुलाई पनि प्राथमिकता दिन थालेका छन् ।
कांग्रेसको खेलकुद विभागले बनाएको स्वयंसेवक टोलीमा घैंटेलाई उपसंयोजक बनाइएको छ । जसमा प्रायः गुन्डागर्दी पृष्ठभूमिका व्यक्ति छन् । टोलीको संयोजकमा हात्ती भनेर चिनिने राजु श्रेष्ठ छन् । घैंटेसहितको समूहलाई प्रधानमन्त्री आफैंले बिदाइ गरेपछि प्रहरी अधिकारीहरु अचम्ममा परेका छन् ।
उक्त समूहले शनिबार काभ्रेस्थली तथा आइतबार चुनिखेलमा राहत तथा पुनस्र्थापनाको काम गरेको थियो । प्रहरीले पक्राउ गर्ने डरले विदेश भागेका घैंटे भूकम्पपछि नेताहरुको संरक्षणमा फर्किएर सक्रिय भएका हुन् । गुन्डाहरुलाई दलहरुले प्रश्रय दिन थालेपछि प्रहरी अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ
Advertisement