एमाअाेवादीले जलायो कांग्रेस कार्यालय, प्रहरीद्वारा १२ राउन्ड हवाइ फायर (अपडेट)
Advertisement

\जुम्ला—प्रदेश सीमाङ्कनमा कर्णालीलाई सुदूर पश्चिमसँग गाभिएको विरोधमा आइतबारदेखि सुरु भएको आन्दोलन मंगलबार तेस्रो दिन पनि जारी छ। मंगलबार एनेकपा माओवादीले नेतृत्वमा भइरहेको अान्दोलन हिंसात्मक बनेको छ। प्रदर्शनकारीले प्रहरीलाई लखेटेर खलङ्गा स्थित नेपाली कांग्रेसको पार्टी कार्यालय तोडफोड गरेका छन्।



कार्यालयका ढोका र तथा झ्याल अान्दोलनकारीले फुटाएका छन‍्। प्रहरी तोडफोड भइरहेको स्थानमा जान सक्ने अवस्था छैन। प्रहरी फाैज कांग्रेस कार्यालयभन्दा पारिपट्टि रहेको एउटा घरमा सीमित भएको छ। प्रहरीले त्यहीबाट अश्रुग्यास र हवाइ फायर गरिरहेको छ।

स्थिति अनियन्त्रित बन्दै गएपछि प्रहरीले १२ राउन्ड हवाइ फायर र कयाैं राउन्ड अश्रुग्यास प्रहार गरेको छ।

थप फाैज अाइपुग्दै

यसअघि अान्दोलन चर्किंदै गएको स्थितिलाइ ध्यानमा राख्दै थप सुरक्षाकर्मी ल्याइने तयारी गरिएको थियो। नेपालगञ्जबाट ७० जना सशस्त्र प्रहरीको फाैज हेलिकोप्टरबाट जुम्ला उड्न तयारी अवस्थामा छ। 'सशस्त्रको ७० जनाको टोली हेलिकोप्टरबाट आउँदैछ', जिल्ला स्थित स्रोतले भने, 'शान्ति सुरक्षाको स्थिति बिग्रन नदिन थप बल झिकाइएको हो।'

आन्दोलन चर्किंदै गएपछि हिजो सोमबार जिल्ला प्रशासन कार्यालयको रक्षाका लागि सेना उतारिएको थियो। आन्दोलनकारीले परीक्षा दिइरहेका विद्यार्थीको उत्तरपुस्तिका समेत च्यातिदिएका थिए।

जिल्लामा भइरहेको अान्दोलनलाई मुख्य दलले पालैपालो नेतृत्व दिएर अघि बढाइरहेका छन्। आइतबार कांग्रेस र सोमबार एमालेले आन्दोलनको नेतृत्व गरेका थिए।

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.