.भूकम्पको क्षति अध्ययन गर्न देशभरको जमिन स्क्यानिङ गरिने।
Advertisement
काठमाडौँ, १७ जेष्ठ - भूकम्पले पुर्याएको क्षतिबारे अध्ययन गर्न नेपाल सरकारले देशभरको जमिन स्क्यानिङ गर्दै छ।
मानवरहित विमान ड्रोन र ग्लाइडरको प्रयोगमा गरिने यो स्क्यानिङले भूगर्भमा भएको हलचलको अपडेट दिनेछ, यो परियोजनामा नासाले पनि विशेष चासो दिएको नयाँ पत्रिका दैनिकमा खबर छ।
यो परियोजनामा नासाबाहेक जर्मनी, फ्रान्स, जापान, सिंगापुर, चीन, भारत, इसिमोडर नेपालका वैज्ञानिक सहभागी रहने उद्योगमन्त्री महेश बस्नेतले बताए। स्क्यानिङपछि १२ वैशाखको भूकम्पले जमिनमुनि कति क्षति पुगेको छ भन्ने थाहा हुन्छ।source dc nepal
Advertisement