बिछोडिएको प्रेमीलाई कारुणिक पत्र
Advertisement

बिछोडिएको प्रेमीलाई कारुणिक पत्र

मलाई नभुल्नु है !
कान्छु तिमीसँग भेट भएको पनि वर्षौ बितेछ । तर मलाई त हिजो जस्तै लाग्छ हाम्रो नजर जुधेको । समय पनि कति छिटो फुत्कीएको, पत्तै नदिईकन ।

ति रमाईलो क्षणहरु तर्फ डुब्दै थिएँ । रमाइलो कल्पनामा डुव्दा डुव्दै मन गाँठो परेर अयो । तिमीसँग टाँढा हुँदाको क्षणसम्मै पो पुगेछु । आँशुको धारा छुट्न थाले, रोक्दै रोकिएन । तिमी अर्कैको भईसके पनि मनले भने आफ्नै ठान्दो रहेछ, कान्छु । त्यसैले त यो पत्र कोर्न बिबस भएँ ।
कान्छु तिमीसँगका ति यादगार पलहरु खै कसरी भुलु म । म जता जाउँ तिम्रै याद उर्लिएर आइहाल्छ, अनि तिमीसँगै उडेर जान मन लाग्छ । रहर त तिमीसँगै रहने थियौ । आखिर समयलाई कसले पो जित्न सक्दो रहेछ र !
कान्छु कुन स्वार्थले मलाई अंगाल्यौँ र कुन स्वार्थले लत्यायौ, त्यो त मलाई थहा छैन । तर तिमीलाई भने मेरो मन, मुटु सुम्पिसकेको छु, चाहे तिमी जति टाढा किन नजाउ । म तिमीलाई मरेर माया गर्थे । र त सुम्पिए तन मन र मुटु । तिम्रो काखले मेरो हरेक क्षणलाई सम्झन योग्य बनाएको छ ।
सुन्छु तिमी त नयाँ जीवनको सुरुवात गर्दै छौ अरे । मलाई सम्झने फुर्सद पनि छैन होला तिमीसँग त । मलाई सम्झने मनमा अरु कसैलाई राखेपछि म अभागीलाई सम्झनुको पो के औचित्य रह्यो र !
मन मुटुमा तिम्रो नाम राखेर, अरुसंगै खुसी बाड्ने चेष्टा गर्दाको क्षण निकै कहालिलाग्दो हुँदो रहेछ कान्छु । तिमीले त मलाई पानी बिनाको माछि जस्तै गराएका छौ । के गर्ने तिमी भने अरु कसैको यादमा हराएका छौ ।
अचेल मलाई जहिले पनि विगत तिरै फर्कन मन लाागिरहन्छ । खै किन हो, मलाई पनि थाहा छैन । जति बेला म तिम्रो थिएँ, तिमी मेरो थायौ । त्यति बेला तिमीले जुन मायाको नाटक गर्‍यौ । त्यो मलाई नाटक जस्तो पनि लाग्दैन । वाहा ! मलाई बुझ्ने कोशिस गर्दथ्यौँ, मेरा हरेक कुरालाइ ख्याल राख्थ्यौ । तिम्रो यहि व्यवहारले मलाई खुशि बनाएको थियो । आज पनि त्यहि क्षण सम्झिएर खुसी बन्ने प्रयास गर्छु । जति तिमीलाई सम्झन पुग्छु, त्यति नै मन जलेर आउछ । फेरि सोंच्छु, मैले जति नै माया गरे पनि आखिर तिमी त अरुकै अंगालोमा हुनेछौ । ति दिन त तिम्रा लागि केवल क्षणीक थिए । तर पनि भन्न मन लाग्छ कान्छु यो दुःखीलाई भुल्ने कोशिस नगर्नु है !
म पनि बाध्यताले अरुकै हुन पुगेको छु । जीवनमा चाहाना राखेर मात्र हुँदो रहेनछ । यदि चाहानाले हुने भए तिमी मेरो हुने थियौ । समयको डोरीले जता दोहोर्‍याउँछ, उतै लतारिनु पर्दो रहेछ । मेरो जीवन अरुको भए पनि मन, मुटु अरुको हुन सकेको छैन । र पनि तड्पीएर बाँच्नु बाहेक के नै गर्न सक्छु र । सम्झन्छु यहि नै सृष्टिको नियम होला ।
त्यतिबेला हामी एक अर्काको स्पर्शमा रमाउँथ्यौँ । कस्तो समय थियौ हगि जतिबेला पनि सँगै रहन पाए हुन्थ्यो भन्ने लाग्ने । एकै छिन सहर छोडेर जादा पनि मुटु नै चोइटिएर गायो जस्तो हँुने ।
तिमी त भन्छौ होला, ‘एउटा पागल प्रेमी थिई, अहिले अरु कसैसँग रमाएकी छ ।’ तिमीले यस्तो भन्नु स्वभाबिक पनि हो । किनकी तिमीले मलाई बिर्सियौ र फेरि अरु कसैको मायामा लिप्त छौ । म जति सुकै तड्पिए पनि तिमीलाई भने रमाईरहेको नै देख्न चाहान्छु, कान्छु ।
तिम्रो हातले अरु कसैको सिउँदो रंगाउँने बेला, म कुन हालतमा थिएँ, त्यो अहिले तिमीले त के मैले पनि कल्पना गर्न सक्दिन । जब तिमी मण्डवमा बस्ने खवर मेरो कानमा ठोक्कीयो । मलाई दिउँसै अन्धकार लाग्न थाल्यो, बाँचेर पनि मरेतुल्य बने । दौडेर तिम्रो काखमा बस्ने मन भए पनि, म आउने आँट गर्न सकिन । तिम्रो खुशि प्रति मेरो खुशिको तिलाञ्जलि दिए । फेरि तिमीले अरुको सिउँदो रंगाएको हेर्न पनि त कहाँ सक्थे र ।
कान्छु तिमी सधै रमाएको छौ भन्ने सुन्न पाए, म रोएर पनि हाँस्नेछु । तिम्रो हरेक खुशीमा म रमाउनेछु । जिन्दगीको यो गोरेटोमा तिमी बेग्लै र म बेग्लै हिडनुपरे पनि सधै तिम्रै सम्झनामा रहनेछु । तिमीले जीवन साथि पाएपछि मेरो एउटा खुशीको पनि अनायासै हरण भएको छ । मन मुटुमा तिम्रो नाम राखेर, अरुसंगै खुसी बाड्ने चेष्टा गर्दाको क्षण निकै कहालिलाग्दो हुँदो रहेछ कान्छु । तिमीले त मलाई पानी बिनाको माछि जस्तै गराएका छौ । के गर्ने तिमी भने अरु कसैको यादमा हराएका छौ ।
कान्छु म जहा, जस्तो सुकै अवस्थामा भएपनि तिमी सधै रमाएर बस्नु, खुसी र सुखी रहनु । यो दुःखीले अरु केनै गर्न सक्छ र, यिनै शब्दवाट भए पनि तिमिलाई धेरै धेरै शुभकामना ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.