भूकम्पको ठूलै धक्का महसुस
Advertisement

काठमाडौं, जेठ १२ – मंगलबार बेलुका ८ बजे ४ दशमलव ३ रेक्टर स्कलेको पराकम्पन गएको छ । बेलुका ८ बजे ललितपुर र काभ्रेको सीमा क्षेत्रमा केन्द्र बनाएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

योसँगै मंगलबार चार वटा पराकम्पन गएका छन् । बेलुका ६ बजे ३९ मिनेट जाँदा दोलखा केन्द्र बनाएर ४ दशमलव १, बेलुका पाँच बजेर ४८ मिनेट जाँदा दोलखा नै केन्द्र बनाएर ४ दशमलव १ रेक्टर स्केल तथा दिउँसो २ बजेर ११ मिनेट जाँदा दोलखा नै केन्द्र बनाएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्पन गएको केन्द्रले जनाएको छ ।
वैशाख १२ गते गएको ७ दशमलव ८ रेक्टर स्केलको गोरखा भूकम्पपछि अहिलेसम्म चार रेक्टर भन्दा माथिका २ सय ७० वटा पराकम्पन गएको केन्द्रले जनाएको छ । ठूलो भूकम्पपछि साना पराकम्पन आउने नभएकाले नआतिन तर सचेत रहन केन्द्रले आग्रह गरेको छ ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.