.भूकम्पका कारण कुन सडकमा कति क्षति?
Advertisement

भूकम्पले उपत्यका सहित देशका विभिन्न स्थानका सडकमा क्षति पुर्‍याएको छ । सडकमा भूकम्पले १ अर्ब ३८ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको सडक विभागले जनाएको छ । त्यसलाई पुननिर्माण गर्न करिव ४ अर्ब लाग्ने विभागका उपमहानिर्देशक केशव कुमार शर्माले सेतोपाटीलाई बताए।


सिंहदरबार, कालिमाटी र रिङरोडका केही स्थानमा भूकम्पले पहिला चर्काएको सडक पछि पराकम्पले कतिपय स्थानमा पहिलेकै स्थानमा आएको उनले बताए । भूकम्पले क्षति पुर्‍याएका सडक पनि विभागले अस्थाई रुपमा मर्मत गरी अहिले पूर्ण रुपमा सञ्चालनमा ल्याएको छ । कतिपय स्थानमा भने भौतिक संरचना ढल्न लागेका कारण ती क्षेत्रमा रोक लगाइएको छ ।

भूकम्पले बिगारेको सडक

१. कोटेश्वर भक्तपुर सडकको लोकन्थलीमा ३ सय मिटर

२. साँखु भोटेचौउर सडकको ७ देखि ८ किलो मिटरमा १ सय ५० मिटर

३. बालाजू वाईपास सडकको २ किलो मिटर

४. सोह्रखुट्टे  नयाँबजार  सडकको १० देखि १५ मिटर

५. सुर्यविनायक पाईलोट बाबा आश्रम सडकको ५० मिटर

६. चागुँनारायण दुवाकोट सडकको १ देखि २  किलो मिटर

७. लुभू लामाटार सडकको  ३ देखि ४ किलो मिटर

८ सितापाईला भिमढुङ्गा सडकको ५० मिटर

९. रिङ रोड सडकको केहि भागमा

१०. गोगंबू सडकको केहि भागमा

११. सितापाईला सडकको केहि भागमा

१२ अरनिको रार्जमार्ग, तातो पानी  सडक खण्ड, पृथ्वी राजमार्गका सडकको ठाँउ ठाँउमा

जोखिम युक्त सडक खण्ड

१. अरनिको राजमार्ग दोलालघाट देखि कोदारी सम्मको सडक

२. लामाटार साँखु देखि जिरी सम्मको सडक

३. धुन्चे स्याफ्रुबेसी सडक

४. मुग्लिङ्ग नारायण घाट सडक

५. मुग्लिङ्ग नौबिसे सडक

६. पोखरा  वाग्लुङ्ग  सडक

७. वाग्लुङ्ग जोमसोम  सडक

८. चागुनारायण दुवाकोट सडक

९ कान्ति राजपथ

१० छहरे टोखा सडक

११ पासाङ्ग लामू रार्जमागको बालाजू नुवाकोट सडक

कस्तो छ त सडक विभागको तयारी

विभागले जोखिमपुर्ण सडकको मर्मतमा आवश्यक निमार्ण सामाग्री, निर्माणका लागि आवश्यक साधन, मजदुर र बजेटको सम्पुर्ण तयारी गरिरहेको शर्माले बताए। साथै उनले सडकमा अवरोध  आए त्यसको केहिबेरमा नै त्यसलाई हटाउने गरी कामदार र साधन खटाएको पनि उनले बताए ।

अरनिको राजमार्गकोलाई बाह्रबिसे,त्रिभुवन राजमार्गका लागि दामन, बाघझोरा, सिस्नेरीमा व्यवस्था मिलाएको विभागले जनाएको छ। त्यस्तै पृथ्वी राजमार्गको नौबिसे, वैरेनी, कृष्णभिर लगायतको सम्पुर्ण राजमार्गको लाई आवश्यक निमार्ण सामाग्रीदेखि साधन, बजेट र मजदुरको प्रबन्ध गरिएको विभागले बताएको छ ।

अहिले सडक विभागसँग भएको २९ वटा लोडर, डोजर लगायतके साधन समेत उद्धार तथा सडक मर्मतका लाई २४ घण्टा नै तयारी अवस्थामा राखिएको विभागका उपमहानिर्देशक शर्माले बताए।


Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.