.विमान अपहरणकारीलाई फाँसी
Advertisement

इस्लामाबाद, १५ जेठ – सन् १९९८ को मे मा पाकिस्तानको यात्रुबाहक विमान अपहरण गर्ने तीन व्यक्तिलाई बिहीबार फाँसी दिइएको छ ।
ती तीन व्यक्तिले पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिएलए) आन्तरिक विमान अपहरण गरेका थिए ।


सो विमान बलुचिस्तान प्रान्तबाट कराचीतर्फ गइरहेको अवस्था अपहरणमा परेको थियो । आतङ्ककारी विरुद्धको अदालतका न्यायाधीश अब्दुल घाफोर मेमोन गतहप्ता ती तीनलाई फाँसीको सजाय सुनाउनुभएको थियो । सो विमान अपहरणमा परेको त्यस अवस्थामा चालकदलका सदस्यसहित ३५ व्यक्ति सवार रहेका थिए ।

ती अपहरणकारीले सो विमानलाई भारत लिएर जानका लागि दबाब दिएका थिए । तर विमान चालकले सो विमानलाई सिन्ध प्रान्तको हैदराबाद विमानस्थलमा तेल भर्ने निहुँमा रोकेका थिए । सो विमान चालकले केही समयमा सो विमानलाई भारतको गुजरात राज्य अवतरण गर्छु भनी अपहरणकारीलाई भनेका थिए ।

केही समयपछि हैदराबाद विमानस्थलमै पाकिस्तानी कमाण्डोहरु आई ती अपहरणकारीहरुलाई पक्राउ गरेका थिए । अधिकारीहरुका अनुसार ती अपहरणकारीहरु बलुच लडाकू समूहसँग आबद्ध थिए । साहसावार बलुच र सबीर बलुचलाई सिन्ध प्रान्तको सेन्टर जेल हैदरबादमा र साब्बीर बलुचलाई सेन्टर जेल कराचीमा फाँसी दिइएको समाचारमा जनाइएको छ । रासस
source taja khabar



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.