.काठमाडौ केन्द्र बनाएर अहिलेसम्म १२ भूकम्पको झड्का राति निदाएकाहरु पनि बाहिर निस्किए
Advertisement

१६ जेठ, काठमाडौ ।

वैशाख १२ को विनाशकारी महाभूकम्पपछि काठमाडौ केन्द्र भएर नै १२ भूकम्प गएका छन् । महाभूकम्पपछि पनि शक्तिशाली भूकम्प गएको र पटक पटकको पराकम्पले गर्दा त्रास अझै हट्न सकेको छैन । काठमाडौ बढी जोखिमपूर्ण रहेको भूगर्भविदहरुले बताएपछि काठमाडौमा बस्नेहरुलाई बढी नै त्रास रहेको देखिन्छ ।
भूकम्प गएको एक महिना भन्दा बढी भइसक्दा पनि राजधानीको जनजीवन पुरानै अवस्थामा फर्किन नसकिरहेका बेला काठमाडौ उपत्यका केन्द्र भएर पराकम्पहरु गइ नै रहेपछि त्रास अझ बढेको हो ।
शनिवार विहान एक बजेर ५२ मिनेट जाँदा काठमाडौ नै केन्द्र बनाएर ४ म्याग्नेच्यूटको पराकम्प आएको थियो । जुन, राती मस्त निदाएकाहरुलाई त्रसित बनाउने किसिमको थियो । कम म्याग्नेच्यूटको भए पनि ठूलै झड्का दिएपछि राती नै काठमाडौबासीहरु घर बाहिर निस्किएका थिए ।
वैशाख १२ को भूकम्पपछि दुई हजार बढी पराकम्प गइसकेको छ भने काठमाडौ केन्द्र भएर अहिलेसम्म १२ वटा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.