बिहे गर्न नमान्ने युवकमाथि युवतीबाट एसिड प्रहार
Advertisement

वाराणसी : बलिया जिल्लाको रासरामा बिहीबार राति एक युवतीले आफूले विवाह गर्न राखेको प्रस्ताव नमानेको निहुँमा युवकमाथि तेजाब प्रहार गरेकी छन्।


तेजाब प्रहार गर्ने युवतीलाई प्रहीले शुक्रबार गिरफ्तार गरेको छ। तेजाब प्रहारपछि घाइते युवक राजकुमार पाललाई तत्काल वाराणसीस्थित अस्पताल पठाइएको थियो। युवकको हाल अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले बताएअनुसार घाइते राजकुमार रासरा थानाअन्तर्गत जमगाउँका बासिन्दा हुन्। उनी छतमा सुतिरहेका बेला छिमेकमा बस्ने युवतीले उनको अनुहारमा तेजाब प्रहार गरेर भागेका थिइन्। ती युवतीले विवाह गर्न राखेको प्रस्ताव राजकुमारले अस्वीकार गरेका थिए। यस घटनापछि ती युवती राजकुमारसँग रिसाएकी थिइन्।

तेजाबले लागेर राजकुमारको अनुहार पूरै जलेको छ। उनलाई उपचारका लागि सुरुमा जिल्ला अस्पताल लगिएको थियो। स्थिति गभीर भएका उनलाई पछि वाराणसी रेफर गरिएको थियो। शुक्रबार राजकुमारकी आमा कान्ता देवीले छिमेकमा बस्ने युवतीमाथि उजुरी दर्ता गराएकी छन्। प्रहरीले ती युवतीलाई गिरतार गरेको छ। source tajakhabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.