.मन्त्रीले गेष्ट हाउसमा ममाथि दुष्कर्म गर्यो
Advertisement

भारत, शाहजहांपुर, १६ जेठ । भारतीय एक युवतीले पिछडा वर्ग कल्याण राज्यमन्त्री राममूर्ति सिंह वर्मा सहित पाँच जना विरुद्ध मुख्य न्यायिक मजिस्ट्रेट (सीजेएम) अदालतमा दुष्कर्मको आरोप लगाएकी छिन् । उक्त अदालतले आउँदो जुन चार तारिखलाई सुनवाईको मिति तोक्दै उच्चस्तरको रिपोर्ट मागेको छ ।
पीडित ती युवती सामान्य कामदार रहेको बताइएको छ । युवतीको उजुर पत्रका अनुसार ती युवती १५ अप्रिलमा घर गइरहेको अवस्थमा बाइकमा आएका अमित कुमार सिंह भदौरियाले उनलाई मन्त्री वर्माले १९ अप्रिलका लागि बोलाएको जानकारी दिए । तर, मन्त्रीको बोलावटलाई उनले अस्वीकार गरेपछि अश्लील शब्द बोल्दै अमित फर्किएका थिए ।


३० अप्रिलमा ती युवतीको मोबाइलमा फोन आयो । फोनमा बोल्न व्यक्तिले आफूलाई राममूर्ति सिंह वर्मा बताउँदै ती युवतीलाई लिन अमित आइरहेको जानकारी दिए । तर, ती युवतीले आफू नआउने भन्दै लिन नआउन भनेको उजुरी पत्रमा उल्लेख छ ।पीडित युवतीका अनुसार पाँच मेमा इन्स्पेक्टर श्रीप्रकाश राय उनको घरमा आए । त्यसपछि रायले उनलाई जबरजस्ती कारमा राखेर पीडब्ल्युडी गेष्ट हाउसमा लिएर गए ।

गेष्ट हाउसमा पुर्याएपछि आफूमाथि मन्त्रीले दुष्कर्म गरेको ती युवतीको आरोप । मन्त्रीले आफूमाथि दुष्कर्म गरिसकेपछि उनले आफ्नो साथी अमित, ब्रह्मकुमार दीक्षितलाई पनि कोठमा भित्र बलाएको ती युवतीले बताएकी छिन् । भित्र आएका उनीहरुले पनि उनी माथि दुष्कर्म गरेको पीडित युवतीको उजुरी पत्रमा उल्लेख गरिएको छ ।
source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.