.मेस्सी र नेईमारको गोलले बार्सिलोनालाई कोपा डेल रे को उपाधि
Advertisement

काठमाडौं, जेष्ठ १७ । स्पेनिस लिग च्याम्पियन बार्सिलोनाले प्रतिष्ठित घरेलु फुटबल प्रतियोगिता कोपा डेल रे को उपाधि जितेको छ ।

शनिबार राती आफ्नै मैदानमा भएको खेलमा एथ्लेटिक बिल्बाओलाई ३-१ ले हराँउदै बार्सीलोनाले सिजनको दोस्रो उपाधि जितेको हो ।
किङस कप भनेर चिनिने यो प्रतियोगिताको फाईनल खेलमा बार्सीलोनालाई विजयी गराउन लियोनल मेस्सीले दुई तथा नेईमारले एक गोल गरे ।
पराजित टोली एथ्लेटिक बिल्बाओका इनाकी विलियम्सले एक गोल फर्काएका थिए ।
दुई हप्ता अगाडी स्पेनिस ला लिगाको उपाधि सुरक्षित गरेको बार्सीलोनाको लागि कोपा डेल रे को उपाधि सिजनको दोस्रो उपाधि हो ।
अर्को हप्ता उसले सिजनको तेस्रो उपाधिको लागि च्याम्पियन्स लिगको फाइनलमा इटालीयन क्लव युभेन्टसको सामना गर्नेछ ।source image khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.