-प्रहरीका डिआइजीले श्रीमतीलाई चुम्बन गरेको तस्बिर सामाजिक संजालमा राखेपछि
Advertisement

काठमाडौं ।
नेपाल प्रहरीका डिआईजी बिजय भट्टले फेसबुकवालमा चुम्बन गरेको तस्विर पोष्ट गरेपछि हंगामा भएको छ । देश र नागरिक भूकम्पपीडामा छट्पटिरहेका बेला प्रहरी अफिसरले अमर्यादित फोटो पोस्ट गरेपछि यो आमचासोको विषय बनेको हो ।  प्रहरी बर्दीमै उनले आफ्नी श्रीमतीलाई चुम्बन गरेको तस्विर पोष्ट गरेका छन्

बर्दी लगाएको बेलामा श्रीमतीलाई चुम्बन गरेको तस्वीर सामाजिक संजालमा पोष्ट गर्दा पनि प्रहरी मुख्यालयले तल्लो तहका प्रहरीले यस्तो गर्दा स्पष्टिकरण लिने गर्दथ्यो । तर, अफिसरले नै यस्तो अमर्यादीत काम गरेपछि उनलाई कसैले केही सोध्ने आँट गरेको छैन ।

किस खाएको फाटो सञ्चार माध्यममा आएपछि डिआईजी तनाबमा रहेको एक प्रहरी अधिकृतले वताएका छन् । त्यस्तै डिएसपी आभूषण तिमल्सिनाले नेपाल भारतसँग भन्दा चीनसँग नजिक हुनुपर्ने भन्दै फेसबुकमा स्टाटस लेखेका छन् । प्रहरीको सिनियर अधिकारीले यसरी संवेदनशील विषयमा जभाभावी सामाजिक सञ्जालमा मनमा लागेको कुरा लेख्दा पनि प्रहरी मुख्यालयले केही गर्न सकेको छैन ।

सशस्त्र प्रहरीको अवस्था पनि त्यस्तै छ । सशस्त्र प्रहरी काम भन्दा बढी प्रचारमा लागेको छ । त्यसक्रममा अनुहार चिनिने गरी भूकम्पमा मृत्यु हुनेहरुको दर्दनाक बिभत्स तस्वीर सशस्त्रले आफ्नो फेसबुक पेजमा राखेको छ । लाङटाङमा एक बिदेशीको शव लडाइराखेको र छेउमा डिआईजी देवेन्द्र सुवेदी भने भिडिओ खिच्न व्यस्त रहेको फोटो राखिएको छ ।
उक्त फोटो सशस्त्रले फेसुबक पेजमा राखेको नेपाल प्रहरी अधिकारीहरुले विरोध जनाइरहेका छन् । त्यस्तै बल्खुमा शव निकालिरहेको विभत्स फोटो सशस्त्र प्रहरीले पोष्ट गरेको छ ।
संवेदनशील बेलामा सुरक्षा निकायले नै यसरी सामाजिक सञ्जालको प्रयोगमा आफ्नो मर्यादा बिर्सिएका समाचार दृष्टि साप्ताहिक लगायतका सञ्चार माध्यमले प्रकाशित गरेका छन् ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.