.३ दिन पनि नेपाल नबसि किन भारत फर्किन नायिका विपना थापा
Advertisement

एक समयकी चर्चित नायिका विपना थापा विवाह पश्चात नेपाली सिने नगरिबाट गुमनाम जस्तै छन् । पछिल्लो समय कुनै चलचित्रमा नखेले पनि उनलाई माया गर्ने उनका फ्यान निक्कै छन् ।

त्यसो त विवाहपछि भारत बस्दै आएकी नायिका थापा पनि आफ्ना नेपाली फ्यान सम्झेर बेला बेला झस्किन्छिन । उनको यो झस्काई अझै माथी पुग्यो गत बैशाख १२ गतेको महाभुकम्पले । १२ गते मध्यान्ह नेपालमा भुकम्प गयो नायिका थापाको मन भारतको मथुरामा हल्लियो । उनले त्यो रात ११ बजे मात्रै नेपाली सिने नगरिकी चर्चित नायिका सरिता लामिछानेलाई फोन सम्पर्क गर्न सकिन । लामिछानेको बोली सुन्ना साथ थापा डाको छाडेर रुन थालिन । थापाको रुहाईले सरितालाई पनि डाको छाड्न बाध्य बनायो । उनीहरु झण्डै आधा घण्डा नेपालका सम्पदा, त्यसै दिन जीवन लिला समाप्त भएका तथा घाईते भई अस्पतालमा उपचार गराउँदै गरेका नेपालीको सम्झनामा सँगै रोए ।

नायिका थापालाई त्यो रातभर छट्पटी भैरह्यो म नेपाल गएर के गरौं । मलाई माया गर्ने मेरा फ्यानको यो विपतीमा के गरौं र कसो गरौं भनेर उनले सरितासँग पनि निक्कै बेर कुराकानी गरिन । नेपाल र नेपालीको बिपतमा नेपालकी चेली थापा मौन बस्न सकिनन् । विपनाले तीन ट्रक सामान, एक मिनी ट्रक औषधि नेपाल पठाईन । उनलाई आफ्नो अनुपस्थितीमा पठाएको राहतले मात्रै मन मानेन । उनी यहि साता गत मंगलबार केही राहत सामग्री बोकेर नेपाल आईन । ३ दिने नेपाल बसाईका क्रममा उनले स्युसाटारको हसनटार बालुवापानी लगायतका स्थानमा राहत वितरण गरिन । भग्नावशेषमा परिणत भएका नेपालका सम्पदा तथा घरहरु हेरेर उनी भाबुक बनिन् ।

यो राहत बितरण पछि नायिका सरिता लामिछानेले थापालाई अब शान्त भईस भनेर सोध्दा सबैलाई भेट्दा र आफ्नै हातले दुखेका केही मनमा मलम लगाउँन पाँउदा आफूलाई थोरै भए पनि शान्त महशुस गरेको बताईन । माईती देशको विपतीमा राहत बोकेर आई पुगेकी नायिका थापाले शुक्रबार नै आफ्नो घर फर्कने बताएकी छन् ।
नायिका थापाले २ सय लिटर तेल, पाँच क्विन्टल चामल, पाँच सय किलो दाल र चिनी, नून दुई क्विन्टल, साबुन चार पाँच कार्टुन र बालबालिकाहरुका लागि आवश्यक खाजाका रुपमा बिस्कुटहरु राहतका रुपमा वितरण गरेकी छन् ।

उनले आउँदो जाडो महिनालाई ध्यानमा राखेर १ हजार ५० वटा सिरक डस्ना समेत वितरण गरिन । उनले बुधबार आफ्नो माइती गाउँ काठमाडौंको स्युचाटार क्षेत्र वरिपरिका साढे दुई सय घरमा राहत बाँडेकी थिइन् ।

विपना थापाले २०६३ मा बिहे गरेपछि नेपाली फिल्ममा अभिनय करियर छाडेर भारतमै बसोबास गरेकी थिइन् । उनले ‘सहिद गेट’, ‘मामाभान्जा’, ‘ख्यालख्यालैमा’, ‘बरमाला’, ‘बेइमानी’, ‘रामबलराम’, ‘देवदूत’, ‘प्यारी बहिनी’, ‘जित’, ‘सगुन’, ‘अनाथ’, ‘शंकर’जस्ता चलचित्रमा अभिनय गरेकी थिइन् । उनको पहिलो चलचित्र ‘जन्मभूमि’ २०५३ सालमा सार्वजनिक भएको थियो ।source nepalpati.com
-

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.