.अमिताभलाई ‘कपिराइट‘ मुद्दा, एक करोड भारु माग
Advertisement

बलिउड सुपरस्टार अमिताभ बच्चन एक कविताको कपिराइटमा फसेका छन्। विकास दुवे नामका ब्यक्तिले अमिताभको फेसबुक पेजको कमेन्टमा लेखेको कविता ‘कोर्ट मे कुत्ता‘ अमिताभले आफ्नो फेसबुक र ट्वीटरमा राखेका थिए।


हरियाणाका कवि जगबीर राठीले सो कविता आफूले लेखेको बताउँदै फेसबुकमा अमिताभलाई जानकारी दिएका थिए। हरियाणाको महिर्षी दयानन्द विश्वविद्यालयमा  युथ वेलफेयर विभागमा निर्देशक रहेका राठीले अमिताभलाई इमेल पनि पठाएर  कविता आफ्नो भएको जानकारी दिएका थिए।  तर अमिताभले उनलाई बेवास्ता गरे। कवितामा सर्जकको नाम सच्चाएनन्।

केही उपाय नलागेपछि राठीले कानुनको साहरा लिए। अमिताभलाई  कानुनी पत्र पठाएर उनले १५ दिनमा जवाफ दिन र एक करोड भारतीय रुपैयाँको माग गरेका छन्। २७ मे मा उनले  सो पत्र पठाएका हुन। अमिताभले कविता २४ मे मा पोष्ट गरेका थिए।

एक विद्यार्थीले अमिताभको फेसबुकमा राठीको कविता हिट भएको खबर उनलाई सुनाएका थिए। राठीले  अमिताभको फेसबुक  टाइमलाईनमा कमेन्ट लेखे। अमिताभले गल्ती सुधार्नुको साटो  आफ्नो कमेन्ट हटाइदिएको राठीको आरोप छ।source tajakhabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.