.राति सानो भूकम्पले पनि काठमाडौँलाई किन हल्लायो ?
Advertisement
२०७२ जेठ १७ गते
काठमाडौँ, १७ जेठ । शनिबार राति काठमाडौँ नजिकै केन्द्रबिन्दु बनाएर गएको भूकम्पले काठमाडौँ उपत्यकालाई नराम्रोसँग हल्लायो । निकै ठूलो रेक्टर स्केलको भूकम्प गएको अनुमान गरिए पनि राष्ट्रिय भूकम्प मापन केन्द्रले ४.३ रेक्टर स्केलमात्रै मापन गरेको छ ।
गोरखा भूकम्पपछि फाटेको धाँजामा भूकम्प गएका कारण शनिबार रातिको भूकम्प पराकम्पन नै रहेकाले नआत्तिन उहाँले सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।
शनिबार राति १० बजेर १३ मिनेटमा भूकम्प गएपछि सर्वसाधारणहरु घरबाहिर निस्केका थिए । सुत्ने बेलामा गएको भूकम्पले काठमाडौँबासीलाई नराम्रोसँग त्रसित बनाइदिएको थियो । भूकम्पको धक्का झापादेखि धनगढीसम्म महसुस गरिएको थियो ।
भूकम्प मापन केन्द्रका अनुसार, ठूला भूकम्पपछि करिब ६ महिनासम्म यस्ता पराकम्पनहरु आउने सम्भावना रहन्छ । चार रेक्टरमाथिका आधा दर्जनसम्म पराकम्पनहरु जाने गरेपनि ४ रेक्टर मुनिका दैनिक ३ सय भन्दा बढी पराकम्पनहरु जाने गर्दछन् । जबकि यसअघि सामान्य अबस्थामा ६० को हाराहारीमा ४ रेक्टर मुनिका भूकम्प जाने गर्दथे ।source taja khabar
Advertisement