.लादेनको डायरी सार्वजनिक
Advertisement

काठमाडौं, जेष्ठ ७ । अमेरिकाले पाकिस्तानको एवोटावादमा मारिएका ‘अल कायदा’ नाइके ओसामा बिन लादेनको डायरी सार्वजनिक गरेको छ ।

लादेनले आफ्नो डायरीमा आफ्ना समर्थकहरुलाई अमेरिकामाथिको आक्रमणमा केन्द्रित रहन आग्रह गरेका छन् । अमेरिकी अधिकारीहरुले सार्वजनिक गरेको रिपोर्टमा अमेरिकाका अलावा ब्रिटेन, फ्रान्स, जर्मनीलाई पनि आक्रमणको निशाना बनाइएको थियो ।

यस्तै, अल कायदमा भर्ना हुने आवेदन फर्ममा रहेको जनाइएको छ । लादेनसँग अंग्रेजी भाषाका आर्थिक र सैन्य सिद्धान्तका किताबहरुसमेत रहेको थियो । लादेनले आफ्नो डायरीमा मुम्बई आक्रमणको प्रशंसा गरेका छन् भने पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जर्दारीको आलोचना गरेका छन् ।

लादेन सन् २०११ को मे महिनामा अमेरिकी कारबाहीमा मारिएका थिए । लादेन मारिएपछि त्यहाँ प्राप्त केही दस्तावेजहरु अमेरिकी सैन्य प्रतिष्ठानले सन् २०१२ मा सार्वजनिक गरेको थियो । source tajakhabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.