भूकम्प प्रभावित १४ जिल्लामा तीन हजार कर्मचारी थपिने
Advertisement
२८ जेठ, काठमाडौं ।
सरकारले महाभूकम्पबाट अति प्रभावित १४ जिल्लाका पाँच सय ८० गाविसमा तीन हजारभन्दा बढी दरबन्दी थप्ने भएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सामान्य प्रशासन र अर्थ मन्त्रालयको स्वीकृतिमा तीन हजार एक सय ५१ दरबन्दी थप्ने तयारी गरेको हो। दरबन्दीमा शाखा अधिकृत, इन्जिनियर, नायबसुब्बा, लेखापाल, सबइन्जिनियर, सर्वेक्षक र कम्प्युटर सहायक रहनेछन्।
स्थानीय विकास मन्त्रालयको ग्रामीण विकास समन्वय शाखाका अनुसार गोरखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, भक्तपुर, काठमाडौं, ललितपुर, सिन्धुली, रामेछाप, रसुवा, धादिङ, नुवाकोट र मकवानपुरका पाँच सय ८० गाविसमा गरी दुई सय ५१ शाखा अधिकृत, दुई सय ५१ इन्जिनियर, पाँच सय ८० नायबसुब्बा, पाँच सय ८० लेखापाल, तीन सय २९ सबइन्जिनियर, पाँच सय ८० सर्वेक्षक र पाँच सय ८० कम्प्युटर सहायक थपिनेछन ।
vukampa pachhi sarsafai
मन्त्रालयले हजारभन्दा बढी घरधुरी भएका गाविसमा अधिकृत, इन्जिनियर र लेखापालसहितको संरचना र एक हजारभन्दा कम धुरी भएका गाविसमा नायबसुब्बा र ओभरसियरसहितको कर्मचारी खटाउने तयारी गरेको हो।
मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले महाभूकम्पपछि गाविसको विद्यमान संरचना सुदृढीकरण गर्दै स्थानीय सेवा प्रवाहलाई नियमित र प्रभावकारी बनाउन १४ जिल्लामा दक्ष कर्मचारी पठाउने तयारी भएको जानकारी दिए।
उनले भने, ‘विपद्पछिको पुनर्निर्माण र पुनस्र्थापना प्रभावकारी ढंगबाट गर्नुपर्ने साथै सरकारको दरिलो उपस्थिति र घरदैलोमा सरकारको अनुभूति दिन भूकम्प विशेष प्रभावित १४ जिल्लाका गाविसमा नयाँ र दक्ष जनशक्तिसहितको संरचना बनाउन लागेका हौं।’ आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
ग्रामीण विकास समन्वय शाखाका प्रमुख ईश्वरराज पौडेलले स्थानीय जनप्रतिनिधिहरू नहुँदागाविसको सेवा प्रवाह खुम्चिएकाले महाभूकम्पपछि ती गाविसले स्थानीय सरकारको अनुभूति जनतालाई दिन नसक्ने बताए। source nepaliheadlines
Advertisement