जानी राखौ ..! पत्निले पतिका विषयमा खोल्नै नहुने गोप्य कुरा
शास्त्रहरुमा पति र पत्निको सम्बन्ध र उनीहरुले पालना गर्नु पर्ने अनुशासनको विषयमा चर्चा गरिएको छ ।
पति पत्निबीच अनुशासनको सम्बन्ध नभए सम्बन्ध धरापमा पर्ने र अनेक झन्झट आइलाग्ने शास्त्रमा उल्लेख छ । शिव पुराणमा पत्निले पालना गर्नु पर्ने अनुशासनको बारेमा यस्तो भनिएको छः १ पति बुढो वा रोगी भो भन्दैमा उसको साथ छोड्नु हुँदैन । जीवनमा सुख र दुःख सँगै भोग्ने कसमसहित सात फेरो लगाएर बनेको सम्बन्ध समस्या आउँदा तोड्ने पत्नि खराव भनिएको छ । २ पतिको नाम लिनु शास्त्रमा नराम्रो भनिएको छ । पति अन्यत्रै गएको समयमा श्रृंगार गर्ने महिलालाई समेत शिव पुराणमा खराव भनिएको छ । ३ पतिलाई छलेर पार्टी वा उत्सव मनाउन जाने र अवेर आउने स्त्रीलाई पनि शास्त्रमा खराव भनिएको छ । ४ रजश्वला भएको समयमा पतिसँग संसर्ग गर्न खोज्ने र गर्ने स्त्रीलाई शास्त्रमा पापीनी भनिएको छ । ५ समझदार पत्निले पतिलाई सुख पर्दा मात्र होइन दुःख पर्दा पनि उत्तिकै आदर र मायाँ गर्नु पर्छ । समस्या पर्ने वित्तिकै पतिलाई छुद्र बचन बोल्ने स्त्रीलाई खराव भनिएको छ । ६ शिव पुराणमा पतिका गोप्य कुरा अरुसँग खोल्ने स्त्रीलाई पनि खराव भनिएको छ । ७ पति र आफूबीचका यौनिक क्रिडाका ब्यवहारबारे अरुसँग चर्चा गर्नु पनि अनुशासनहिनता मानिन्छ । source taja khabar
प्रतिक्रिया दिनुहोस्...