.४० लागिन अमिषा, जान्नुहोस् उनका रहस्य
Advertisement

ओएस् नेपाल , काठमाडौँ , जेठ २७  । बलिउड नायिका अमिषा पट्टेल ४० वर्ष लागेकी छिन् । बलिउड नायिकाहरु मध्ये सबै भन्दा धेरै पढेकी भनिएकी अमिषाको जन्म ९ जुन १९७५ मा भएको थियो ।


अमिषाले ऋतिक रोशनसँग फिल्म ‘कहो ना प्यार है’वाट करिअर सुरु गरेका थिइन् । सन्नी देवलसँग अभिनय गरेको ‘गदर एक प्रेमकथा’वाट फिल्मफेयर अवार्ड पाएकी थिईन् उनले ।

हिन्दीका साथै तमिल र तेलुगु फिल्ममा पनि काम गरेकी छिन् अमिषाले । हिन्दी फिल्म ‘आप मुझे अच्छे लगने लगे’ मा काम गर्दा उनको फिल्म निर्माता बिक्रम भट्टसँग दोस्ती भएको थियो । ५ वर्षसम्म उनीहरु रिलेशनसिपमा रहेपनि सम्बन्धलाई स्थायी बनाउन सकेनन् । ५ वर्षपछि सल्लाह गरेरै छुटि्टए ।

अर्थशास्त्रमा गोल्डमेडल पाएकी अमिषा बायोजेनेटिक इन्जिनीयर पनि हुन् । विपाशा बसु अभिनित ‘जिस्म’मा पहिला अमिषालाई अभिनय गराउने कुरा थियो । उनले नमानेपछि मात्रै विपाशाले मौका पाएकी थिईन् ।

सलमान खानको मुख्य भुमिका रहेको ‘तेरे नाम’ मा पनि अमिषालाई मुख्य भुमिकाको लागि प्रस्ताब गरिएको थियो समय अभावको कारण उनले अभिनय गर्न सकिनन् । अन्तत उनको स्थानमा भुमिका चावलाले अभिनय गरिन् ।

अमिषालाई अर्को फिल्म चमेलीवाट पनि मुख्य भुमिकाका लागि प्रस्ताब आएको थियो । त्यसको पनि उनले काम गर्ने चासो देखाईनन् । सञ्जय दत्त र मान्यता संग अमिषा नजिक छिन् । दत्त खान्दानसंग आउने जाने भईरहन्छ उनको ।
source osnepal khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.