जानी राखौ ...दैनिक एउटा स्याउ खानुहोस्, फाइदै फाइदा लिनुहोस्
Advertisement
दैनिक एउटा स्याउ खानुहोस्, फाइदै फाइदा लिनुहोस्
मिडिया एनपी, काठमाडौं । दैनिक एउटा स्याउ खाँदा मानव स्वास्थ्यमा निकै राम्रो काम मात्रै गर्दैन स्वस्थ रहन पनि सहयोग पुर्याउँछ । र दैनिक स्याउ खानेका लागि सल्लाह लिन चिकित्सककहाँ पनि पुग्नु पर्दैन । स्याउ निकै स्वास्थ्यवद्र्धक फल हो ।
स्याउ खानले विभिन्न किसिमका रोग लाग्नबाट बचाउँछ । आउनुहोस् दैनिक स्याउ खानले के के फाइदा हुन्छ त ? पढौं ।
पार्किंसन्स रोग लाग्नबाट बचाउँछ
एक अध्ययनका अनुसार ज्यादा फाइबरयुक्त फल खाँदा दिमाख स्वस्थ रहन्छ । जसले फाइबर युक्त फल खान्छ त्यसलाई पार्किंसन्स रोग लाग्ने सम्भावना कम हुन्छ । पार्किंसन्स दिमाखको बिरामी हो । स्याउ खानाले उक्त रोग लाग्ने सम्भावना पनि कम हुन्छ ।
दाँत स्वस्थ रहन्छ
दाँतलाई सफा र स्वस्थ राख्न चाहानु हुन्छ भने दैनिक स्याउ खानुहोस् । यस्तै स्याउ खानाले दाँतमा लागेका दाग र फोहोरहरु पनि हटाएर सफा र चम्किलो बनाउने काम गर्छ । स्याउ खानाले मुखमा धेरै मात्रामा र्याल उत्पन्न गराउँछ, जसले गर्दा दाँत बलियो र सफा राख्न मद्दत गर्छ ।
क्यान्सरबाट बच्न सकिन्छ
स्याउले क्यान्सर जस्तो ज्यान लिने रोगबाट बचाउने काम गर्छ । अमेरिकामा भएको एक अनुसन्धानका अनुसार जुन फलमा एन्टीआक्सीडेन्टस हुन्छ त्यसको सेवनले क्यान्सर लाग्न सक्ने जोखिमलाई कम गर्छ । स्याउ खानाले स्तन, कलेजो जस्तामा क्यान्सर हुने सम्भावना निकै कम गर्छ ।
डायबिटीज (मधुमेह) हुँदैन
एक नयाँ अध्ययन अनुसार हर दिन एउटा स्याउ खानाले डायबिटीज बढ्ने सम्भावना २८ प्रतिशत कम हुन्छ । स्याउमा पाइने घुलनशील फाइबरले रगतमा हुने सुगरको मात्रालाई नियन्त्रण गर्छ ।
अल्जाइमरबाट बचाउँछ
एक नयाँ अध्ययन अनुसार दैनिक स्याउ वा स्याउको जूस सेवन गर्नाले अल्जाइमरबाट बचाउन सहयोग गर्छ । साथै उमेर अनुसार मस्तिष्कमा पर्ने नकारात्मक प्रभावलाई पनि कम गर्छ ।
कोलेस्ट्रोलको मात्रा कम गर्छ
स्याउमा घुलनशील फाइबर धेरै मात्रामा हुन्छ । यसले शरीरमा बोसो लाग्नबाट जोगाउँछ र रगतमा कोलेस्ट्रोलको मात्रा पनि कम गर्छ । जस कारण तपाईं निकै स्वस्थ रहन सक्नुहुन्छ ।
मुटुलाई स्वस्थ राख्छ
एक नयाँ अनुसार स्याउको सेवनले मुटुको धमनीलाई सन्तुलित रुपमा सञ्चालन गर्न सहयोग गर्छ । यसको सेवनले मुटुमा अतिरिक्त दबाब पर्न नदिने र रक्त प्रवाहलाई सुचारु गर्न मद्दत गर्छ ।
पित्तको पथरीबाट बच्न सकिन्छ
पित्तमा तरल रुपमा जम्मा हुने कोलेस्ट्रोलका कारण पित्त पथरी हुने गर्छ । पित्त पथरी हुनबाट जोगिन चिकित्सकहरुले यस्तो आहारा खान सल्लाह दिन्छन् कि जसमा फाइबर धेरैमात्रा भएको होस् । यसर्थ स्याउको सेवनले पित्त पथरी हुन बाट जोगिन सकिन्छ । साथै शरीरको तौललाई नियन्त्रण राख्ने देखि लिएर कोलेस्ट्रोलको मात्रालाई पनि सामान्य बनाउँछ ।
डायरिया र कब्जियत हुनबाट जोगाउँछ
के तपाईं डायरिया र कब्जियको बिमारी हुनुहुन्छ । यदी हो भने दुईवटै रोगको निदानका लागि स्याउमा पाइने फाइबर तपाईंको सहयोगी हुन सक्छ । फाइबरले शरीरमा पानीको प्रवाह बढाएर तपाईंको कब्जियतलाई निको पार्न सहयोग पुर्याउँछ । यस्तै स्याउ खानाले डायरिया हुनबाट पनि जोगाउँछ ।
शरीरको तौललाई नियन्त्रण गर्छ
स्वास्थ्यमा आइरहने गडबढीको कारण अधिक शारीरिक तोल पनि हुन सक्छ । मुटुको रोग, उच्च रक्तचाप, डायबिटीज, अनिन्द्रा जस्ता समस्याको कारण शरीरको मोटोपन हुन सक्छ । तपाईं आफ्नो शारीरिक तौललाई नियन्त्रणमा राखेर स्वस्थ रहन सक्नुहुन्छ । यसका लागि चिकित्सकले तपाईंलाई फाइबर युक्त आहारा खान सल्लाह दिन्छन् । फाइबर युक्त आहाराले तपाईंलाई लामो समयसम्म भोक लाग्न दिँदैन । साथै अतिरिक्त क्यालोरी पनि पाइँदैन । उक्त फाइबर स्याउमा फाइन्छ । यसर्थ दैनिक एउटा स्याउ खानाले शरीरको तौललाई पनि नियन्त्रणमा राख्न सकिन्छsource taja khabar
Advertisement