फेसबुकमा ‘लाईक’ गर्नेहरुलाई दुःखद खबर !
Advertisement

फेसबुकमा आउने फेक लाईकबाट अब तपाईहरुले चाँडै छुटकारा पाउनुहुने भएको छ ।
फेसबुकले फेक लाइक रोक्ने अभियान अन्तिम चरणमा पुगिसकेको जनाएको छ ।

लाइकको सन्देहात्मक प्याटर्नको पहिचान गर्ने एडभान्स प्रविधिले सामाजिक सञ्जालमा हुने यस्ता क्रियाकलामलाई लगाम लगाउने विश्वास गरिएको छ ।

फेसबुक साईटका सुरक्षा इण्जिनियर केरेम जेवाहिरले एक ब्लगमा पोष्ट गर्दै आफूले फेक लाईक रोक्ने विभिन्न तरिका अपनाईरहेको जानकारी दिएका छन् ।

उनले आफूले सुरक्षाका लागि अन्तिम चरणमा पुगेको पनि दाबी गरेका छन् । फेसबुकमा यस्ता नक्कली लाईक गर्नेहरुलाई यसले रोक्नेछ ।

फेसबुकले अब पैसा तिरेर लाईक बढाउनेहरुको त्यति लाईक बढ्ने छैन जति उनीहरुले सोचेका हुन्छन् । जेवाहिरले पछिल्लो ६ महिनामा फेसबुकमा आउने यस्ता फेक लाईक तीन गुणाले ब्लक गर्न सफल भएको दावी गरेका छन् ।

फेसबुकले अब सामाजिक सञ्जालमा फेक लाईक हटाएर एकाउन्ट एडमिनिस्ट्रेटर्सको नोटिफिकेशन दिनेछ । source rochak-kura.

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.